मिति : २०८३ कार्तिक ९ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी २ नं. वडाका जेष्ठनागरिकहरुलाई न्यानो कपडा,स्वास्थ्य परिक्षण र योग शिविर

by By: रामधुनी खबर
पुष ११, २०७९
444

चन्द्रकला चौधरी
झुम्का,पौष ११ । चिसो बढेसँगै जेष्ठनागरिकहरुमा हुने स्वास्थ्य समस्याको ध्यान राख्दै रामधुनी वडा नं. २ का जेष्ठनागरिक समितिले न्यानो कपडा वितरण गरेको छ । जाडोमा चिसोबाट बच्न र स्वस्थ्य सुरक्षाका लागि समितिले वडा अन्तर्गतका २२ जना जेष्ठनागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
नगर प्रमुख शंकरलाल चौधरीले न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले जेष्ठनागरिकहरुको लागि नौ वटै वडामा कार्यक्रम रहेको जानकारी दिनुभयो । वडाहरुमा कार्यक्रमहरु फरकफरक गरेपनि जेष्ठनागरिकहरुका लागि नै रकम खर्च तथा कार्यक्रमहरु संचालन गरिरहेको बताउँनु भयो । राज्य सरकारले जेष्ठनागरिकहरुमा लिएको नीतिले परिवार र समाजवाट हुने अपहेलित र तिरस्कार जस्ता घटना कम भएको भन्दै रामधुनी नगरपालिकाले यस प्रति ध्यान र चासो निरन्तर दिइरहने मेयर चौधरीले धारणा ब्यक्त गर्नु भयो ।
जेष्ठनागरिक वडा समितिको आयोजनामा मंगलवारबाट जेष्ठनागरिक लक्षित निशुल्क एक हप्ते योग शिविर र स्वास्थ्य शिविर समेत गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा सामाजिक अभियान्ता पुष्प भट्टराईले जेष्ठनागरिकहरुमा हौसला प्रदान गर्दै सम्मानजनक रुपमा बाच्न प्रेरित गर्नु भयो । जेष्ठनागरिकहरुको लामो आन्दोलन र मागलाई राज्यले उपेक्षित गर्न नहुने धारणा राख्नु भयो । राज्य सरकारले जेष्ठनागरिकहरुलाई सम्मान, स्वाभिमान, सहभागीता, मनोरंजन, स्वास्थ्य सुरक्षाको नीतिगत सम्बोधन हुनुपर्ने भन्दै तिनै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यक्ताका बारेमा सामाजिक अभियान्ता भट्टराईले बताउँनु भयो ।
कार्यक्रममा रामधुनी वडा नं. २ का वडा सदस्य शसिला ढुंगाना,कमलि मोची, जेष्ठनागरिक नगर समिति सदस्य मानिकचन चौधरी,बिद्यालय व्यवस्थापन समितिका फागुलाल चौधरी,योग प्रशिक्षक देवनारायण साहले जेष्ठनागरिकहरुको अधिकार र सहयोगको बारेमा धारणा ब्यक्त गर्नु भयो ।
जेष्ठनागरिक वडा समितिका कोषाध्यक्ष तुलसा कट्टेलको सभापतित्वमा न्यानो कपडा वितरण कार्यक्रम शिवनगरको थारु संग्राहलयको सभाहलमा भएको आयोजकले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

झुम्का बजारमा मापदण्ड विपरीतका संरचना तथा फुटपाथ पसल हटाउँन सूचना जारी

अर्काे पाेस्ट

भासि स्वास्थ्य चौकीमा प्रत्येक दिन थप निशुल्क आँखा, कान जाँच तथा उपचार सेवा विस्तार

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft