मिति : २०८३ असोज ७ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

भासि स्वास्थ्य चौकीमा प्रत्येक दिन थप निशुल्क आँखा, कान जाँच तथा उपचार सेवा विस्तार

by By: रामधुनी खबर
पुष १३, २०७९
411

राख संवाददाता
झुम्का,पौष १३ । रामधुनी नगरपालिका र १ नं. वडा कार्यालयले भासि स्वास्थ्य चौकीमा निशुल्क आँखा, कानको जाँच तथा उपचार सेवा विस्तार गर्दै सचालन गर्न सफल भएको छ । नेपाल नेत्र ज्योती संघ पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रम अन्तर्गत विराटनगर आँखा अस्पताल रानी लहानवालाको प्राविधिक सहयोगमा बुधवार उद्धघाटनगरी संचालनमा ल्याएको हो
नगर प्रमुख शंकरलाल चौधरी र नेत्र ज्योती संघका अध्यक्ष पदमनारायण चौधरीले आँखा तथा कान जाँच सेवा उद्धघाटन गर्नु भयो । आँखा र कानको जाँच तथा उपचार प्रत्येक दिन सेवा प्रवाह हुने जनाएको छ । अपरेशन गर्ने खालका अवस्था भए विराटनगर रानीमा रेफरगरी थप उपचार र सेवा प्रदान गर्ने बताएको छ । यस बाहेक महिनाको चौथो सुक्रवार विपि स्वास्थ्य प्रतिष्ठानको डक्टरहरुबाट जाँच तथा उपचार सेवा समेत संचालनमा ल्याएको छ ।
आँखा जाँचका लागि जर्मनी प्रविधिको प्रविधिबाट जाँच परिक्षण हुने नेपाल नेत्र ज्योती संघका अध्यक्ष पदमनारायण चौधरीले जानकारी दिनु भयो । उहाँले सेवा प्रवाहका लागि सुरुवात ग¥यौं, संचालन ग¥यौं, अबका दिनमा यसलाई व्यस्थापन, निरन्तरता, प्रभावकारिता र प्रवद्र्धन गर्न नगरपालिका र वडा कार्यालयको स्रोतमा रहने बताउँनु भयो ।
आँखा र कानको जाँच तथा उपचार सेवा सञ्चालन गर्न पूर्व मेयर जयप्रकाश चौधरीको पहलमा समझौता भएको थियो । प्रविधि र प्राविधिक व्यवस्थापनले ढिलाई भएपनि नगवासीहरुलाई थप स्वास्थ्य सेवा प्रदान गरेको छ । पूर्व मेयर चौधरी, १ नं. वडा कार्यालय, स्वास्थ्य शाखा रामधुनी लगायतका सरोकारवालाहरुको सहकार्य र समन्वयमा स्वास्थ्य सेवा संचालन साकारहुँदा आर्थिक कमजोर परिवारलाई स्वास्थ्य पहुचमा ल्याउँन प्रयास साकारात्म भएको हो ।
परम्पराले स्वास्थ्य पहुच स्वास्थ्य शिविर सम्म सिमितलाई अन्तयगरी विरामीलाई जाँच र परिक्षण गर्न विराटनगर नै धाउँनु पर्ने अवस्थालाई झुम्कामै स्थयीगरी आर्थिक भारलाई समेत कम गर्न उपलब्धि पाएको वर्तमान मेयर चौधरीले धारणा ब्यक्त गर्नु भयो । यस उपलब्धिलाई सबैले मौकाको फाईदा लिन मेयर चौधरीले अनुरोध गर्नु भयो ।
सेवा क्षेत्रको विस्तार हुँदै पछि अस्पतालकै रुप लिने अवस्थामा आउँन सक्छ, त्यसले गर्दा यसलाई थप ब्यवस्थित गर्न अस्पतालनै बनाउँनु पर्ने हुँदा अहिले देखिनै लाग्नुपर्ने प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापाले सुझाव दिनु भयो । अस्पतालका लागि १ नं. वडा कार्यालयले अग्रिम रुपमै तयारी रहेको वडाअध्यक्ष महेश चौधरीले जानकारी दिनु भयो । उद्धघाटन कार्यक्रमका सभापतित्वको मन्तब्य राख्दै वडा अध्यक्ष चौधरीले अस्पतालका लागि जग्गा समेतको व्यवस्थापन भै सकेकोले अस्पतालकै रुप दिन तयार रहेको प्रतिबद्धता गर्नु भएको हो ।
कार्यक्रममा स्वास्थ्य शाखाका नगेन्द्र पौडेल, नेत्र ज्योती संघका सदस्य सुनिल ठाकुर,झुम्का उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष सुजित रायले मन्तब्य राखेको थिए भने भासि स्वाथ्य चौकी प्रमुख चकेन्द्र थापाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम वडा सचिव सत्यनारायण चौधरीले संचालन गरेको थियो ।

अगाडिकाे पाेस्ट

रामधुनी २ नं. वडाका जेष्ठनागरिकहरुलाई न्यानो कपडा,स्वास्थ्य परिक्षण र योग शिविर

अर्काे पाेस्ट

जल उपभोक्ता समिति एस.एस.जे.झुम्काको १२ औ साधारण सभा सम्पन्न

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft