मिति : २०८३ भदौ ५ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी १ नं.वडा महिला समिति र थारु महिला उत्थानको दर खाने तथा तिज बिशेष कार्यक्रम सम्पन्न

by By: रामधुनी खबर
भदौ २३, २०८०
339

चन्द्रकला चौधरी
झुुम्का,भदौ २३ । महिलाहरुको महान् चाड हरितालिका तिज निजिकिएसँगै गाउँ र शहरमा महिला दिदि बहिनिको चहल पहल बढेको छ । पायक पर्ने बजारमा किनमेल गर्न महिला अग्रसर देखिन्छन् । सुख दुःख बिसाउँन एक ठाउँमा जम्मा हुने महिला दर खाने सँगै कार्यक्रम आयोजनागरी मनाउने गरिन्छ ।
यसैक्रम्मा तिजको अवसरमा रामधुनी वडा नं. १ का वडा महिला समिति तथा थारु महिला उत्थान समाजले संयुक्त रुपमा शनिवार दर खाने तथा तिज बिशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका लागि रामधुनी १ नं. वडा कार्यालयले सहयोग गरेको आयोजक संस्थाले जानकारी दिए ।


नगर उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा महिला दिदि बहिनिहरु भेला भएर सामुहिक रुपमा दर खाएर नाचगान, रमाइलो, खेल तथा आत्मियता र सुख, दुख साटासाटगरी मनाएको छ । १ नं. वडा कार्यालयको सभाहलमा आयोजित तिज बिशेष कार्यक्रममा उपप्रमुख तारा थापाले तिज तथा जितियाको शुभकामना दिदै पर्व धार्मिक परमपरा हाम्रो पहिचान रहेको बताउनुभयो ।
दर तथा तिज कार्यक्रम तडकभडक तथा उशृखल गतिबिधि गरेर समाजमा नकारात्मक छाप नदिन हुने उहाँले तर्क गर्नुभयो । महिलाहरु नेतृत्वका लागि अग्रसर हुनुु पर्ने बताउनु भयो । आत्म सम्मान र समाजिक विकृतिलाई न्युनिकरणगरी साकारात्मक पक्षलाई उजागर गर्न महिलाहरुमा क्षमता रहेकोले राजनीतिक, सामाजिक रुपले अग्रसर हुनुुपर्ने धारणा ब्यक्त गर्नु भयो ।
वडा महिला समिति अध्यक्ष आशा चौधरीको सभापतित्वमा आयोजित तिज बिशेष कार्यक्रममा रामधुनी १ नं. वडाका वडा सदस्य पार्वती सरदार, थारु कल्याणकारिणी सभा रामधुनी नगर समिति सभापति राजकुुमार चौधरी, थारु महिला सभा नगर सभापति लिलि चौधरी, थारु चलचित्र तथा साँस्कृतिक संघ सुनसरी अध्यक्ष जानकी चौधरी लगायतका अतिथीहरुले तिज पर्वको बारेमा आफनो धारणा ब्यक्त गरेका हुन् ।


कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी अतिथिहरुमा वडा महिला समिति उपाध्यक्ष तथा थारु महिला उत्थान समाजकी संस्थापक अध्यक्ष सिता थरुनीले स्वागत मन्तब्यले सम्मान गरेको आयोजक संस्थाले जानकारी दिए । कार्यक्रम दिलकुमारी चौधरीले संचालन गरेकी थिइन् ।
रामधुनी नगरका प्रत्येक वडा कार्यालयले तिज कार्यक्रमलाई बिशेष महत्व दिईरहेका छन् । नगर र वडामा महिलाको नेतृत्वमा भएकाले बिशेष प्राथामिकतामा राखेर दर कार्यक्रम आयोजना गरिरहेका छन् ।

अगाडिकाे पाेस्ट

झुम्का बजारमा भगवान श्रीकृष्णको भक्तिभाव रथयात्रा तथा साँस्कृतिक भक्तिसंगीत कार्यक्रम

अर्काे पाेस्ट

रामधुनी १ नं. वडा बालमैत्री वडा घोषणाको दोस्रो वार्षिक उत्सव मनाए सृजनशील बाल संजाल

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft