मिति : २०८३ कार्तिक ९ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी १ नं.वडा महिला समिति र थारु महिला उत्थानको दर खाने तथा तिज बिशेष कार्यक्रम सम्पन्न

by By: रामधुनी खबर
भदौ २३, २०८०
361

चन्द्रकला चौधरी
झुुम्का,भदौ २३ । महिलाहरुको महान् चाड हरितालिका तिज निजिकिएसँगै गाउँ र शहरमा महिला दिदि बहिनिको चहल पहल बढेको छ । पायक पर्ने बजारमा किनमेल गर्न महिला अग्रसर देखिन्छन् । सुख दुःख बिसाउँन एक ठाउँमा जम्मा हुने महिला दर खाने सँगै कार्यक्रम आयोजनागरी मनाउने गरिन्छ ।
यसैक्रम्मा तिजको अवसरमा रामधुनी वडा नं. १ का वडा महिला समिति तथा थारु महिला उत्थान समाजले संयुक्त रुपमा शनिवार दर खाने तथा तिज बिशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका लागि रामधुनी १ नं. वडा कार्यालयले सहयोग गरेको आयोजक संस्थाले जानकारी दिए ।


नगर उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा महिला दिदि बहिनिहरु भेला भएर सामुहिक रुपमा दर खाएर नाचगान, रमाइलो, खेल तथा आत्मियता र सुख, दुख साटासाटगरी मनाएको छ । १ नं. वडा कार्यालयको सभाहलमा आयोजित तिज बिशेष कार्यक्रममा उपप्रमुख तारा थापाले तिज तथा जितियाको शुभकामना दिदै पर्व धार्मिक परमपरा हाम्रो पहिचान रहेको बताउनुभयो ।
दर तथा तिज कार्यक्रम तडकभडक तथा उशृखल गतिबिधि गरेर समाजमा नकारात्मक छाप नदिन हुने उहाँले तर्क गर्नुभयो । महिलाहरु नेतृत्वका लागि अग्रसर हुनुु पर्ने बताउनु भयो । आत्म सम्मान र समाजिक विकृतिलाई न्युनिकरणगरी साकारात्मक पक्षलाई उजागर गर्न महिलाहरुमा क्षमता रहेकोले राजनीतिक, सामाजिक रुपले अग्रसर हुनुुपर्ने धारणा ब्यक्त गर्नु भयो ।
वडा महिला समिति अध्यक्ष आशा चौधरीको सभापतित्वमा आयोजित तिज बिशेष कार्यक्रममा रामधुनी १ नं. वडाका वडा सदस्य पार्वती सरदार, थारु कल्याणकारिणी सभा रामधुनी नगर समिति सभापति राजकुुमार चौधरी, थारु महिला सभा नगर सभापति लिलि चौधरी, थारु चलचित्र तथा साँस्कृतिक संघ सुनसरी अध्यक्ष जानकी चौधरी लगायतका अतिथीहरुले तिज पर्वको बारेमा आफनो धारणा ब्यक्त गरेका हुन् ।


कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी अतिथिहरुमा वडा महिला समिति उपाध्यक्ष तथा थारु महिला उत्थान समाजकी संस्थापक अध्यक्ष सिता थरुनीले स्वागत मन्तब्यले सम्मान गरेको आयोजक संस्थाले जानकारी दिए । कार्यक्रम दिलकुमारी चौधरीले संचालन गरेकी थिइन् ।
रामधुनी नगरका प्रत्येक वडा कार्यालयले तिज कार्यक्रमलाई बिशेष महत्व दिईरहेका छन् । नगर र वडामा महिलाको नेतृत्वमा भएकाले बिशेष प्राथामिकतामा राखेर दर कार्यक्रम आयोजना गरिरहेका छन् ।

अगाडिकाे पाेस्ट

झुम्का बजारमा भगवान श्रीकृष्णको भक्तिभाव रथयात्रा तथा साँस्कृतिक भक्तिसंगीत कार्यक्रम

अर्काे पाेस्ट

रामधुनी १ नं. वडा बालमैत्री वडा घोषणाको दोस्रो वार्षिक उत्सव मनाए सृजनशील बाल संजाल

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft