मिति : २०८३ साउन ११ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

भबिषयका उत्तराधिकारीहरुमा हौसला प्रदान गर्नुहुँदै निवर्तमान रामधुनी नगर पिता जयप्रकाश चौधरी

by By: रामधुनी खबर
भदौ २८, २०८०
426

सुनिल चौधरी
झुम्का, भदौ २८ । साहस, हिम्मत, उत्साह हुनुनै आगामी कार्य सफल गर्न सकिन्छ र गर्नु हो । समस्या कठिननै हुन्छ, कठिन समस्यालाई सहज पार गर्नु पकै हिम्मत र साहसले सहयोग गर्छन् । खुसीको बखत नमातिने र दुख परेको बखत नआतिने व्यवहारका छन् भने उ, सफल हुन्छ । यि सफलता पाउनु नै हौसलाले हो । यो बैज्ञानिक तर्क पनि हो र समाजिक अनुभवले पनि हो ।
हौसला ले मानवमा सामर्थय र शक्ति अनुभवता हुन्छ । सामर्थय र शक्तिले साकारात्मक उर्जा पैदाभई अनुशासित समाज निर्माणमा सहयोग पुग्दछ । यसका लागि सुरुवात देखिनै सुझाव सल्लाह दियौ भने भबिषयको उत्तराधिकारीहरु असल समाज निर्माण गर्न सक्षम हुन्छन् भन्ने उद्येश्यले रामधुनी नगरपालिका निर्वतमान नगर पिता जयप्रकाश चौधरीले हौसला प्रदान गर्न बालमैत्री वडा घोषणा कार्यक्रममा उपस्थित हुनु भयो ।
रामधुनी १ नं. वडा २०७८ भदौ २५ गते बालमैत्रि स्थानीय शासन वडा घोषणाको दुई बर्ष आइपुुग्दाको अवसरमा आयोजित कार्यक्रमा निर्वतमान नगर पिता चौधरीले बालबालिकाहरुलाई धर्म र संस्कृतिको ज्ञान दिनुपर्ने बताउनुभयो । धर्म र संस्कृतिले असर व्यवहार, असल कर्म, असल चित्रण गरिने र सो बाटोमा डोर्याउने सिप विकास गर्ने भएकोले अभिभावकहरु यसमा ध्यान दिन आवश्यक रहेको बताउँनु भयो ।
निर्वतमान नगर पिता जयप्रकाश चौधरीले कार्यक्रममा धारणा राख्दै भन्नुभयो ‘समयले जुराएको कर्मले मनेको अवस्थामा म, यहा उपस्थित भएको छु’ भन्दै आफनो मन्तब्य सुरु गर्नुभयो । उहाँको तात्पर्य प्रष्ट थियो, बालबालिकाहरुको सबै प्रकारका विभेद अन्तय गर्न सजिलो छैन् । बालमैत्री नगर घोषणा सहजताले घोषणा भएको छैन् । हुन पनि हो, किन भने सुनसरी जिल्लाको पहिलो, प्रदेशको दोस्रो र नेपालको १० औं बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा हुनु युद्ध जिते सरहनै संघर्ष गरेको निवर्तमान नगर प्रमुख चौधरीलाई त्यतिखेरको अवस्था रहेको थियो ।


निवर्तमान नगर प्रमुख चौधरीको नगर प्रमुख मेयरको कार्यकालमा बालमैत्रीका लागि अभिभावकमा सचेतना, निक्रिष्ट बालश्रम, बालविवाह, गरिबि, शिक्षा, बिपन्नता, आर्थिक व्यवस्थापन चुनौती बिद्यमानता नै थियो । तथापी पनि नगर पिताको हैसियतमा अठोटले २०७८ भदौ २९ गते उहाँ आफनो कार्यकालमा ऐतिहासिक बालमैत्री स्थानीय शासन (बालमैत्री नगर) घोषणा गर्नु भयो ।
घोषणाले बालबालिकाहरुका लागि सुनौलो अवसर रह्यो । यसले बालबालिका हकहितमा नीति, ऐन निर्माण, बजेट विनियोजन, बालबालिका लक्षित कार्यक्रम आवश्यक्ता हुन थाल्यो । हालमा बालबालिकाहरु संगठित भएका छन् । आफै पनि उद्द्योषक भएर कार्यक्रम गर्न सक्ने भएका छन् । बालबालिकामा परेका समस्या उनीहरु आफै पनि उपाय खोज्दै गईरहेका छन् । हिंसा, दुव्र्यवहार, विभेद गर्ने मनसाय पलाएकाहरुलाई सोच्न बाध्य बनाएको छ । संविधानको संबैधानिकवाद अनुसार रामधुनी नगरपालिकाले कार्यन्वय गरिएको छ । मोलिक हक र कर्तव्य अन्तर्गत संविधानको धारा ३९ अनुसार बालबालिकाको हक सुरक्षित गरेको छ । नगरका १६ हजार ४०० बालबालिका सुरक्षित महसुस गरिएको छ ।
बालमैत्री स्थानीय शासन घोषाणाले उपलब्धि भएपनि बाल हकहितमा चुनौती निरन्तर आइरहने समस्या हुन् । हालमा पनि रामधुनी नगरमा बालविवाह, बालश्रम, बिद्यालय बाहिर बालबालिका लगायतका समस्याहरु छन् । यी समस्याहरुको सामाधानमा निरन्तर लाग्नु पर्ने र बालमैत्रीको दिगोपन दिनुु पर्ने निवर्तमान नगर पिता चौधरीले उठान गरिरहनु भएको छ ।


रामधुनी १ नं. वडाको बालमैत्री घोषणा कार्यक्रमको दोस्रो बार्षिक उत्सवमा निवर्तमान नगर पिता चौधरीले बालबालिकाको लागि गरेको कर्मको थप शसक्त तुल्याउन सुुझावहरु बर्षा गरिरहनुभयो । कार्यक्रममा बालअधिकार तथा सुचकहरुको बारेमा सचेतना मुलक शन्देस दिइयो । कला प्रर्दशनी संगै कार्यक्रमा अभिभावकहरुलाई सम्मान समेतले बालमैत्री घोषाणा उत्सवको रौनक बढ्यो ।
सृजनशिल बाल संजालकी अध्यक्ष प्रिति चौधरीको सभापतित्वमा आयोजित कार्यक्रमा निवर्तमान नगर पिता चौधरी, वडा अध्यक्ष महेश चौधरी लगायतका संघसंस्था तथा संगठनका प्रतिनिधित्वले बालबालिकामा थप हौसला बढाएको छ ।
कुशे औंसी, बुवाको मुख हेर्ने औंसीको अवसरमा समर्पित । हामी आफ्ना बुवाआमाका भौतिक, भावनात्मक, जैविक अनि सपनाका अंशहरुका शिवाय अरुकेही पनि हैनौँ, हामीमा वगेको रगत, अडेको सँस्कार र गढेका सपनाहरु हाम्रा मातापितवाट धेरैनै नजिक हुन्छ, ति सपना र संभावनाका प्रदायक, जिवन श्रृष्टीकर्ता चराचर जगतका सम्पूर्ण आदर्श वूवाहरुलाई समर्पित ।

अगाडिकाे पाेस्ट

रामधुनी १ नं. वडा बालमैत्री वडा घोषणाको दोस्रो वार्षिक उत्सव मनाए सृजनशील बाल संजाल

अर्काे पाेस्ट

भारतीय आर्मी भरत कनौजियाले ‘जय गोर्खा’ भन्दै झुम्का स्थित भू.पू.आर्मी जिवित प्रमाणपत्र शिविरमा सहभागी

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft