मिति : २०८३ भदौ ५ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाको पहिलो सम्बन्ध बुहसंख्यक थारु समुदायमा छ,उच्च मनोबल गर्नुस :मेयर चौधरी

by By: रामधुनी खबर
असोज २१, २०८०
398


रामधुनी खबर संवाददाता
झुम्का, असोज २१ । मौलिक कला, संस्कृतिको धनी थारु समुदाय उच्च मनोबलले आफनो परम्परागत पक्षलाई संरक्षण गर्नु पर्ने रामधुनी नगर प्रमुख शंकरलाल चौधरीले बताउनुभयो । झुम्का स्थित जित महान चौकमा आयोजित एकिकृत जितिया कार्यक्रममा सम्बोधन गर्नु हुुँदै रामधुनी नगरका ४२ प्रतिशत थारु झण्डै आधा जनसंख्या रहेको थारु समुदाय उच्च मनोबलले अग्रसरता देखाउन अनुरोध गर्नु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा आसिन मेयर चौधरीले रामधुनी नगरको बहुसंख्यक जनसंख्या थारु समुदाय प्रति रामधुनी नगरपालिकाको बढी भन्दा बढी पहिलो सम्बन्ध रहेको धारणा ब्यक्त गर्नु भएको छ । संस्कार र संस्कृतिका अथाह सागर बोकेको थारु समुदायलाई रामधुनी नगरपालिका हरेक क्षण सहयोग गर्ने उठान गर्नुभयो । उहाँले थारु समुदायमा र थारु संघ संगठनमा एकताको आवश्यक्ता औल्याउनुु भयो ।
थारु भाषामा मनतब्य दिदै मेयर चौधरीले ‘यै ठाम ब्यालिस (४२) प्रतिशत थारुके जनसंख्या छै, एक सय मे ब्यालिस प्रतिशत झण्डै झण्डै अधा अधि भेलै, तै ल्याके बढी से बढी नगरपालिका के सम्बन्ध यै जातीमै छै, उच्च मनोबल से अगा बढुु,’ भन्दै धारणा राख्नुभयो । थारु जाती प्रती नगरपालिका तथा उपमेयर तारा थापा र म मेयर संवेदनशील रहेका छौ । हरेक संस्कार साँस्कृतिक पक्षको लागि नीति र बजेट सहित संरक्षण गर्ने मेयर चौधरीले बताउनु भएको छ ।
उपमेयर तारा थापाले कार्यक्रममा मनतब्य दिदै थारु समुदायको मौलिक परमपरागत संस्कारहरुको संरक्षणगरी पहिचानलाई ऐतिहासिकता कायम गर्ने बताउनुुभयो । नगरपालिकाले ग्रामथानलाई सुचीकृतगरी ऐतिहासिक धरोहरलाई प्रवद्र्धन गर्न सहयोग गर्ने उपमेयर थापाले बताउनु भएको छ ।
थारु कल्याणकारिणी सभा नगर समितिको सभापति राजकुमार चौधरीको सभापतित्वमा आयोजित एकिकृत जितिया पावैन कार्यक्रम २०८० मा मौलिक थारु परिकार तथा भेष भाषामा कार्यक्रमले प्राथमिक्ता दिएको थियो । कार्यक्रममा थारु समुदायको ऐतिहासिक मौलिक कलाहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रम आयोजनाका लागि थारु कल्याणकारिणी सभा नगर समिति रामधुनीको मूल आयोजक रहेको थियो भने थारु महिला सभा नगर समिति रामधुनी, थारु महिला उत्थान समाज रामधुनी र थारु चलचित्र तथा साँस्कृतिक संघ सुनसरीको आयोजनमा भएको थियो । कार्यक्रम रामधुनी वडा नं. १ झुम्काको जित महान चोकमा आयोजना भएको थियो । जितमहान चोकमा जितिया पर्व प्रवद्र्धन गर्न प्रत्येक बर्ष पर्वको मौलिक र साँस्कृतिक पक्ष प्रस्तुत गरिने कार्यक्रमको आयोजना गर्दै आएको छ ।

अगाडिकाे पाेस्ट

इटहरी लविपुर जितिया कार्यक्रम,पर्वको धार्मिक आस्था र परम्परागत थारु संस्कार प्रदर्शनी

अर्काे पाेस्ट

मेलमिलापबाट विवाद समाधानका लागि रामधुनी ९ नं. वडाका टोल विकास र जनप्रतिनिधिहरुमा अभिमुखीकरण

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft