मिति : २०८३ कार्तिक ९ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाको पहिलो सम्बन्ध बुहसंख्यक थारु समुदायमा छ,उच्च मनोबल गर्नुस :मेयर चौधरी

by By: रामधुनी खबर
असोज २१, २०८०
423


रामधुनी खबर संवाददाता
झुम्का, असोज २१ । मौलिक कला, संस्कृतिको धनी थारु समुदाय उच्च मनोबलले आफनो परम्परागत पक्षलाई संरक्षण गर्नु पर्ने रामधुनी नगर प्रमुख शंकरलाल चौधरीले बताउनुभयो । झुम्का स्थित जित महान चौकमा आयोजित एकिकृत जितिया कार्यक्रममा सम्बोधन गर्नु हुुँदै रामधुनी नगरका ४२ प्रतिशत थारु झण्डै आधा जनसंख्या रहेको थारु समुदाय उच्च मनोबलले अग्रसरता देखाउन अनुरोध गर्नु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा आसिन मेयर चौधरीले रामधुनी नगरको बहुसंख्यक जनसंख्या थारु समुदाय प्रति रामधुनी नगरपालिकाको बढी भन्दा बढी पहिलो सम्बन्ध रहेको धारणा ब्यक्त गर्नु भएको छ । संस्कार र संस्कृतिका अथाह सागर बोकेको थारु समुदायलाई रामधुनी नगरपालिका हरेक क्षण सहयोग गर्ने उठान गर्नुभयो । उहाँले थारु समुदायमा र थारु संघ संगठनमा एकताको आवश्यक्ता औल्याउनुु भयो ।
थारु भाषामा मनतब्य दिदै मेयर चौधरीले ‘यै ठाम ब्यालिस (४२) प्रतिशत थारुके जनसंख्या छै, एक सय मे ब्यालिस प्रतिशत झण्डै झण्डै अधा अधि भेलै, तै ल्याके बढी से बढी नगरपालिका के सम्बन्ध यै जातीमै छै, उच्च मनोबल से अगा बढुु,’ भन्दै धारणा राख्नुभयो । थारु जाती प्रती नगरपालिका तथा उपमेयर तारा थापा र म मेयर संवेदनशील रहेका छौ । हरेक संस्कार साँस्कृतिक पक्षको लागि नीति र बजेट सहित संरक्षण गर्ने मेयर चौधरीले बताउनु भएको छ ।
उपमेयर तारा थापाले कार्यक्रममा मनतब्य दिदै थारु समुदायको मौलिक परमपरागत संस्कारहरुको संरक्षणगरी पहिचानलाई ऐतिहासिकता कायम गर्ने बताउनुुभयो । नगरपालिकाले ग्रामथानलाई सुचीकृतगरी ऐतिहासिक धरोहरलाई प्रवद्र्धन गर्न सहयोग गर्ने उपमेयर थापाले बताउनु भएको छ ।
थारु कल्याणकारिणी सभा नगर समितिको सभापति राजकुमार चौधरीको सभापतित्वमा आयोजित एकिकृत जितिया पावैन कार्यक्रम २०८० मा मौलिक थारु परिकार तथा भेष भाषामा कार्यक्रमले प्राथमिक्ता दिएको थियो । कार्यक्रममा थारु समुदायको ऐतिहासिक मौलिक कलाहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रम आयोजनाका लागि थारु कल्याणकारिणी सभा नगर समिति रामधुनीको मूल आयोजक रहेको थियो भने थारु महिला सभा नगर समिति रामधुनी, थारु महिला उत्थान समाज रामधुनी र थारु चलचित्र तथा साँस्कृतिक संघ सुनसरीको आयोजनमा भएको थियो । कार्यक्रम रामधुनी वडा नं. १ झुम्काको जित महान चोकमा आयोजना भएको थियो । जितमहान चोकमा जितिया पर्व प्रवद्र्धन गर्न प्रत्येक बर्ष पर्वको मौलिक र साँस्कृतिक पक्ष प्रस्तुत गरिने कार्यक्रमको आयोजना गर्दै आएको छ ।

अगाडिकाे पाेस्ट

इटहरी लविपुर जितिया कार्यक्रम,पर्वको धार्मिक आस्था र परम्परागत थारु संस्कार प्रदर्शनी

अर्काे पाेस्ट

मेलमिलापबाट विवाद समाधानका लागि रामधुनी ९ नं. वडाका टोल विकास र जनप्रतिनिधिहरुमा अभिमुखीकरण

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft