मिति : २०८३ साउन १३ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का बजारव्यवस्थापन र उपभोक्ता हितसंरक्षणमा रामधुनी नगरपालिका र झुम्का उद्योग बाणिज्य संघको अनुगमन

by By: रामधुनी खबर
असोज २४, २०८०
355


रामधुनी खबर संवाददाता
झुम्का, असोज २४ । झुम्का बजार व्यवस्थापन र उपभोक्ता हित संरक्षण गर्न बुधवार रामधुनी नगरपालिका र झुम्का उद्योग बाणिज्य संघले संयुक्त अनुगमन गरेको छ । चाडपर्वमा व्यापारी व्यवसायीहरुको सहजताका लागि बजार व्यवस्थापन र दैनिक उपभोग्य बस्तुमा हुनसक्ने असहजता प्रति चासो दिदै बजार अनुगमन गरेको हो ।
बजार अनुगमनले किराणा पसलबाट केही मात्रामा बिक्री गर्न राखिएको अखाद्य वस्तु भेटिको छ । उत्पादन मिति भन्दा म्याद नाघेको सो अखाद्य वस्तुलाई अनुगमन टोलीले नष्टगरी आगामी दिनहरुमा ध्यान दिन सुझाव दिएको छ । अनुुगमनबाट पसलमा मुल्यसुची नराखिएको भेटिएको छ । चाडपर्वमा कृतिम अभाव सिर्जनागरी मुल्य बृद्धी गर्नसक्ने भएकोले पसलमा मुल्यसुची राख्न सचेत गराएको छ ।
सडक अरुद्ध हुने गरी घर निर्माणका सामाग्रीहरु सडकमै राखिएको भेटिएको छ । बजारको हसनपूर जाने बाटोमा बाटो अबरुद्ध हुनेगरी घर निर्माणका सामाग्रीहरु राख्दा हटाउन अनुगमन समितिले निर्दैशन दिएको छ । यसैगरी मुख्य सडक राजमार्ग छेउमा फलफुलका पसल अव्यवस्थित रुपले राख्दा चाडपर्वको भिडभाडले सडक अबरुद्ध भई दुर्घटनाको सम्भावित जोखिम हुन सक्ने भएकोले व्यवस्थित रुपले राख्न निर्दैशन दिएको छ ।
झुम्का बजारका अधिकांश पसलहरु दर्ता गरे पनि नविकरण भने नगरेको पाइएको छ । दुुई बर्ष तथा सो भन्दा बढी समय सम्म नविकरण नगरेको पसलहरुलाई छिटै नविकरण गर्न सुझाव दिएको छ ।
चाडपर्वको आगमन संगै बजारमा दैनिक उपभोग्य वस्तुहरुमा कृतिम अभाव, कालोबजारी, मुल्यबृद्धी, म्यादगुज्रिएको तथा अखाद्य वस्तुको बिक्री बितरण नगर्न नगराउन सम्बन्धित सबै ब्यापारीहरुमा अनुरोध गरिएको छ । सबै पसलहरुमा आफुले बिक्री वितरण गर्ने सामाग्रीहरुको अनिवार्य रुपमा मुल्य सुची उपभोक्ता देखिने स्थानमा राख्नुपर्ने जनाएको छ ।
छाडा चौपाया वस्तुहरु छाडा नछोड्न सुचना गरिएको छ । छाडा चौपायाका कारण कुनै दुर्घटना भएमा चौपाया धनी स्वयम जिम्मेवार हुने र सो क्षति चौपाया धनीबाट व्यहोर्नु पर्ने जानकारी गराइएको छ । सिटि सफारी लगायत अन्य सवारीका साधनहरु झुम्का बजारको मुख्य चौकमै सडक अवरुद्ध हुनेगरी जथाभावी पार्किङ्ग नगरी तोकिएको स्थानमा मात्र पार्किङ्ग गर्न जानकारी गराइएको छ ।
नगरपालिका र बाणिज्य संघको संयुक्त अनुुगमनले गरिएको सचेतना र निर्दैशन अटेर गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही प्रकृया अगाडी बढाईने नगरपालिकाले जनाएको छ ।
अनुगमनमा रामधुनी नगरपालिकाका प्रशासन अधिकृत सुवोध निरौला, कृषि शाखा अधिकृत तुलसी चौधरी,स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पाैडेल,पशु सेवा शाखा अधिकृत, झुुम्का उद्योग बाणिज्य संघ अध्यक्ष नविन चौधरी, मनिष गेलाल, शुरेस चौधरी, पत्रकार लगायतका सरोकारवाला संघ संगठनको प्रतिनिधिहरुको सहभागीतामा अनुगमन गरिएको हो । अनुगमन तथा बजार व्यवस्थापन समितिको संयोजक रामधुनी १ नं. वडाका वडा सदस्य रामभरोसी साह छन् ।

अगाडिकाे पाेस्ट

मेलमिलापबाट विवाद समाधानका लागि रामधुनी ९ नं. वडाका टोल विकास र जनप्रतिनिधिहरुमा अभिमुखीकरण

अर्काे पाेस्ट

स्वर्णिम बचत तथा ऋण सहकारी संस्थाको १४ औँ बार्षिक साधारणसभा, असल बचतकर्ता तथा ऋणीलाई सम्मान

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft