मिति : २०८३ कार्तिक ९ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

शैक्षिक रोजगार सिर्जना गर्न रामधुनी ९ नं. वडा कार्यालयद्धारा लोकसेवा तयारी कक्षा संचालन

by By: रामधुनी खबर
कार्तिक १, २०८०
355

रामधुनी खबर संवाददाता
झुम्का,कार्तिक १ । रामधुनी ९ नं. वडा कार्यालयले बुधवार देखि लोक सेवा तयारी कक्षा संचालन तथा शैक्षिक सामाग्री वितरण कार्यक्रमको आयोजना गरेको छ । शैक्षिक बेरोजगार कम गर्दै शैक्षिक रोजगार सिर्जनाका लागि २१ दिने लोक सेवा तयारी कक्षा संचालन सुरु गरेको हो ।
रामधुनी नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा कक्षा संचालनको समुद्धघाटन भएको छ । कार्यक्रममा बिद्यार्थीहरुमा हौसला तथा प्रोत्साहन गर्न प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, रामधुनी नगर उपप्रमुख तारा थापा, बिद्यालयका प्रद्यानाध्यापक, शिक्षक, अधिकृतहरुको उपस्थिती रहेको थियो । रामधुनी वडा नं. ९ का वडा अध्यक्ष घनश्याम चौधरीको सभापतित्वमा आयोजित लोकसेवा तयारी कक्षा संचालन कार्यक्रममा उपस्थित बक्ताहरुले लगनशिल र धैर्यताले लोकसेवा उत्तिर्ण गर्न सक्ने सुझाव दिनुभएको छ ।
सरकारी सेवामा प्रवेस गर्न लोकसेवा पास गर्नै पर्ने भएकोले सहभागी बिद्यार्थीहरुलाई आँट र साहसले अध्ययन गर्न जिल्ला प्रमुख अधिकारी हुमकला पाण्डेले बताउनु भयो । लोकसेवा तयारी गरिरहेका बिद्यार्थीहरुले नयाँ–नयाँ कुराहरुमा अपडेट हुनुपर्ने लगायत संविधान, कार्यविधि कानून, ऐन, नियम, नियमावली बारेमा जानकार हुँदै लक्ष्य लिएर अध्ययन गर्नुपर्ने बताउनुु भयो ।
बिद्यार्थी तथा कुनै ब्यक्ति सफल हुन अभ्यास र प्रयास तथा अडिग हुनुपर्ने नगर प्रमुख शंकरलाल चौधरीले बताउनु भएको छ । आफुले लिएको उधेश्यमा कतै विचलित नभइकन निरन्तर लागि रहनुपर्ने मेयर चौधरीले धारणा राख्नुभयो ।
‘असफलता नै सफलताको प्रतिक हो, सोही अनुसार चल्नुपर्ने हुन्छ, हरेस नमानी दृढताले बस्नुपर्छ’ भन्दै उपप्रमुख तारा थापाले बिद्यार्थीहरुमा प्रेरणादायी भावहरु उठान गर्नुभयो । उपप्रमुख थापाले ‘म, आफै पार्टीमा लागे पनि पार्टीमा मेरो कुनै मुुल्याङ्क थिएन, तथापी पनि म, धैर्यताले बसे पार्टीको नीति नियमले काम गर्दै गए, अहिले उपमेयरको भूुमिकामा छुु, यो सफलता धैर्यताले नै हो’ भन्दै बताउनु भयो । लोकसेवामा एक पटकमा भएन भने धैर्यताले पुनः प्रयास गर्दै जाँदा अवश्य सफलहुने उपप्रमुख थापाले सुुझाव दिनुु भएको छ ।
कार्यक्रममा सहजिकरण रामधुनी नगरपालिकाका अधिकृत सुवोध निरौलाले गरिरहेको छ । कक्षाका लागि २५ जना बिद्यार्थीहरुको सहभागीता रहेको छ । कक्षा संचालन सहित लोकसेवा तयारीका लागि शैक्षिक सामाग्री समेत वितरण गर्ने बिजय चौधरीले जानकारी दिए ।
कक्षा संचालन उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य लालकुमारी चौधरी, डिभिजन वन कार्यालयका रेन्जर रमेश रेग्मी, वडाका सचिव जयराम चौधरी, चन्द्रकमल माबि मर्चियाका प्रद्यानाध्यापक मायाराम चौधरी, शनिचरे माबिका प्रद्यानाध्यापक शंकर चौधरी, त्रिभुवन माबि इनरुवाका जागेश्वर साह, चन्द्रकमल माबि मर्चियाका पूर्व प्रद्यानाध्यापक विश्व कार्की, वडा सदस्य सरिता सदाको उपस्थिती रहेको थियो । कार्यक्रममा अतिथी तथा बिद्यार्थीहरुमा वडा सदस्य विमा थापाले मन्तब्यबाट स्वागत गर्नु भयो ।

अगाडिकाे पाेस्ट

स्वर्णिम बचत तथा ऋण सहकारी संस्थाको १४ औँ बार्षिक साधारणसभा, असल बचतकर्ता तथा ऋणीलाई सम्मान

अर्काे पाेस्ट

उद्धोषण कला विकासका लागि रामधुनी ९ नं. वडाका बालबालिकाहरुलाई तालिम

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft