मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी ४ इक्राहीको बिच्छुधामीग्रामथानले चर्चेकोजग्गा हडप्नखोज्ने बिरुद्ध नगरका गहदारजेवार एकजुट

by By: रामधुनी खबर
कार्तिक २१, २०८०
434

रामधुनी खबर संवाददाता
झुम्का, कार्तिक २० । थारु समुदायको सभ्यता विकास संगै स्थापना गरेको ग्रामथान (डिहवारथान) र थारु साँस्कृतिक भूमि अहिले अतिक्रमणमा पर्दै गएको छ । थारु समुदायको संस्कार, संस्कृति, पहिचानको रुपमा रहेको पौराणिक एवं धार्मिक धरोहर ग्रामथान संग जोडिएको साँस्कृतिक भूमि अतिक्रमणले ग्रामथान संकटकै अवस्थामा आएको छ ।
रामधुनी नगर अन्तर्गत वडा नं. ४ साविक सिंगीया गाविस वडा नं. २ इक्र्राही गाउँ पूर्व रहेको राजाजी बिच्छुधामी ग्रामथान संग जोडिएको त्याहाका साँस्कृतिक भूमि तथा चर्चेको जग्गा हड्प्ने मनसायले अदालत सम्म मुद्धा जोडेर ग्रामथान हटाउन खोजिएको छ । सम्मानित सुनसरी जिल्ला अदालतबाट शनिवार डोर खटिजाने परिपत्र आएको हुुँदा त्याहा गहदार जेवारहरुको बृहत उपस्थिती रहेको थियो । अदालतबाट भने खटिने कर्मचारी अनुपस्थित रहयो । ग्रामथान हटाउन त्यही ग्रामथान पूूर्व रहेको जग्गा धनी बेदबहादुर वस्नेत तथा उन्को छोरा रामकुमार वस्नेत ग्रामथान बिरुद्ध वादी रहेको छ ।
इक्राहीको ग्रामथान अवस्थित रहेको जग्गा साँस्कृतिक भूूमि रहेपनि सो साँस्कृतिक भूमिमा रहेको ग्रामथान हटाएर वादीलाई चलन गर्न दिनुपर्ने अदालतबाट भनिएको छ । यसो भनिए पनि ग्रामथानले न, त उस्को जग्गालाई मिचेको छ न, त निकास नै छेकिएको छ । भूमि सुधार लागु हुुनुु भन्दा पहिलेको ग्रामथान हटाएर थारुको साँस्कृतिक भूमि हड्प्न खोजेको स्थानीय तथा सो ग्रामथानका सचिव रामप्रसाद चौधरीले जानकारी दिए ।
ग्रामथान बिरुद्ध वादी रहेको वस्नेतले ग्रामथान अवस्थित रहेको जग्गा क्षेत्रफल थारु साँस्कृतिक भूूमि हत्याउन खोजेको देखिन्छ । ऐतिहासिक रुपमै रहेको त्याहाको ग्रामथान हटाउन चलखेल हुँदा सो बिरुद्ध रामधुनी नगरका गहदार, जेवार एकजुट भएका छन् । शनिवार रामधुनी नगरका गहदार जेवार सोही ठाउँमा भेलाहुँदै ग्रामथान संरक्षणका लागि एकजुट भएर लाग्ने भएका छन् ।
परापूर्वकाल देखिनै थारु समुदाय वसोवार गर्दै आएको र गाउँको पूर्व राजाजी बिच्छुुधामी ग्रामथानमा पूजापाठ गर्दै आएको हुँदा ऐतिहासिक, पौराणिक धरोहर कुनैपनि वाहानामा बिस्थापित गरे बिद्रोहमा जाने गहदार जेवारले जनाएको छ । ग्रामथान संरक्षण समिति सुनसरीका जिल्ला संयोजक तथा अभियानकर्ता महिनारायण चौधरी दासले थारु समुदायको धार्मिक साँस्कृतिक माथी हमलाको प्रतिकार गर्दै विद्रोह गर्ने चेतावनी दिएको छ ।
गहदार,जेवारको भेलामा उपस्थित रामधुनी ४ नं. वडाका वडा अध्यक्ष कमल कार्कीले थारु समुदायको ग्रामथान बिस्थापित हुन नदिने प्रतिबद्धता जनाएको छ । ग्रामथान संरक्षणको पक्षमा लाग्दा वडा सदस्य हुँदै स्वयम मेरो नाममा समेत मुद्धा लगाएको वडाअध्यक्ष कार्कीले बताउनुु भयो । तसर्थ ग्रामथान संरक्षणमा हिजो पनि लागे, आज पनि लाग्छुु, भोली पनि लागि रहने धारणा ब्यक्त गर्नुभयो । अबका दिनमा ऐतिहासिक धरोहर संरक्षणमा यहाका थारु समुदाय एकजुटताले अगाडी बढ्नुु पर्ने समेत धारणा ब्यक्त गर्नुभयो ।
ग्रामथान बिरुद्ध लाग्ने त्यसता ब्यक्तिहरुलाई थारु कल्याणकारिणी सभा रामधुनी नगर समितिले घोर बिरोध गर्ने अध्यक्ष राजकुमार चौधरीले जनाएको छ । ग्रामथानको महत्व, अस्थाका केन्द्रित, ऐतिहासिकताका बारेमा जानकारी दिदै यहाका ग्रामथान विस्थापित भए पूर्व देखि पश्चिमका थारु समुदाय माथी चोट पुुग्ने बताएको छ । थारु साँस्कृतिक, धार्मिक धरोहर माथी कोही कसैले आक्रमण गरे त्यस विरुद्ध थारु संघ संगठन सशक्त रुपले लाग्ने जनाएको छ ।
बि.सं. १७२३ ताका बाबा बनखण्डी गुुरुले रामधुनी मन्दिर स्थापना गर्न आउँदा सोही इक्राही गाउँका थारु समुदायले सहयोग गरेको र त्यो समय भन्दा अगाडी देखिको ग्रामथान रहेको स्थानीय ७५ बर्षिय वसन्त कुमार चौधरीले जानकारी दिए । इक्राही लगायतका थारु टोलमा सदियौँ देखी प्राचीन र पुरातात्विक महत्व भएको धरोहर स्थानीय सरकार, प्रदेश तथा संघिय सरकारले संरक्षण गर्ने नीति र दायित्व पुरा गर्नु पर्नेमा ग्रामथान हटाउन खोजेर थारु समुदाय माथी विभेद गरेको स्थानीय चौधरीको भनाई रहेको छ ।
इक्राही राजाजी बिच्छुधामी ग्रामथान समस्या प्रति गहदार, जेवारको भेलामा ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष सावित्री चौधरी, थारु महिला उत्थान समाजकी संस्थापक अध्यक्ष सिता थरुनी, वर्तमान कोषाध्यक्ष मन्जु चौधरी, सौनधामी ग्रामथान संरक्षण समिति अध्यक्ष सुनिल चौधरी, होहीलाल चौधरी लगायतका अभियान कर्ताहरुको उपस्थिती रहेको थियो ।
गहदार, जेवारको भेलामा स्थानीय ग्रामथान अध्यक्ष भुटाई चौधरीको सभापतित्वमा भएको थियो भने सो भेलाले नगरको ग्रामथान संरक्षणका लागि सिता थरुनीको अध्यक्षतामा ९ सदस्य समितिको “ग्रामथान संरक्षण समिति रामधुनी नगर समिति” गठन गरिएको छ । जिल्ला अध्यक्ष सावित्री चौधरी र जिल्ला संयोजक महिनारायण चौधरीको उपस्थितीमा रामधुनी नगर समिति गठन गरेको जिल्ला संयोजक चौधरीले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

उद्धोषण कला विकासका लागि रामधुनी ९ नं. वडाका बालबालिकाहरुलाई तालिम

अर्काे पाेस्ट

नेकपा एमाले रामधुनीनगर कमिटीको चाडपर्व लक्षित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft