मिति : २०८३ साउन १० गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

कानूनी सहायता सचेतना सहित रामधुनी नगरमा लैङ्गिकहिंसा बिरुद्धको १६ दिने अभियान सुरु

by By: रामधुनी खबर
मंसिर ९, २०८०
328

रामधुनी खबर सवाददाता
झुम्का, मंसिर ९ । नेपाल सरकारले लैङ्गिक हिंसा बिरुद्ध सचेतना अभियानका लागि प्रत्येक बर्ष १६ दिने अभियान मनाउँदै आएको छ । यस बर्ष पनि मंसिर ९ गते देखि २४ गते सम्म “लैङ्गिक हिंसा अन्तयको सुनिश्चता, महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ अभियान मनाउन लागेको हो ।
रामधुनी नगरपालिका यस अभियानलाई आत्मसाथ गर्दै शनिवार सचेतना अभियान उद्धघाटनगरी सुरु गरेको छ । रामधुनी १ नं. वडामा लैङ्गिक हिंसा र कानूनी सहायता सचेतना सहितको कार्यक्रम गर्दै सुरु गरेको हो । वडा स्तरीय महिला समिति र थारु महिला उत्थान समाजको आयोजनामा नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा सचेतना मुलक कार्यक्रमको उद्धघाटन गरेको अध्यक्ष आशा चौधरीले जानकारी दिनुभयो ।
सचेतना अभियान उद्धघाटन कार्यक्रममा उपप्रमुख तारा थापाले आफनो धारणा राख्दै महिलाहरु बैठक, सेमिनारमा मात्र सिमित नरहेर हिंसा बिरुद्ध लाग्नु पर्ने बताउनु भयो । लैङ्गिक हिंसामा बढी महिलाहरु पिडित हुने गरेकोले महिलाहरु यस प्रति सशक्त रुपले लाग्नु पर्ने अनुरोध गर्नु भयो ।
कार्यक्रममा उद्धघाटन समापन पछि लैङ्गिक हिंसाको परिचय, लैङ्गिक हिंसा कस्ता खालका हुन्छन्, लैङ्गिक हिंसामा को बढी पिडित हुने गर्छन, लैङ्गिक विभेद न्युनिकरण गर्न राज्यले गरेको कानूनी व्यवस्था, संवैधानिक व्यवस्था, कानूनी सहायता बारे सचेतनाका लागि रामधुनी नगरमा अभियान सुरु गरेको महिला बालबालिका शाखाका मोनाश्री आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रमका सहयोगी रामधुनी १ नं. वडा कार्यालय तथा वडा अध्यक्ष महेश चौधरी, प्रस्तावित इलाका प्रहरी कार्यालयका प्रमुख सुजन मुदेल, कार्यपालिका सदस्य सुशिला ढुंगाना, वडा सदस्य उमा थरुनी लगायतका सरोकारवाला तथा महिला तथा बालबालिकाहरुको सहभागिता रहेको थियो ।
सचेतना अभियान कार्यक्रममा सहजिकरण प्रस्तावित इलाका प्रहरी कार्यालयका प्रमुख मुदेल, कानूनी परामर्स दाता अमित कुमार यादव र अनवर सेखले गरेको आयोजक समितिले जानकारी दिए । कार्यक्रम प्रत्येक वडामा लैङ्गिक हिंसा र कानूनी सहायता सचेतनासहितको कार्यक्रम आयोजना हुने छन् । नगर स्तरीय कार्यक्रम अभियानमा समनव्य रामधुनी नगरपालिकाको रहेको छ भने सहयोगीहरु वडा कार्यलयहरु, सेभ द अर्थ सुनसरी, इटिसी नेपाल, आसमा नेपाल र इलाका प्रहरी कार्यालय पकली रहेको महिला बालबालिका शाखा रामधुनीले जनाएको छ ।
कार्यक्रम वडा स्तरीय महिला समिति र थारु महिला उत्थान समाजकी अध्यक्ष आशा चौधरीको सभापतित्वमा भएको थियो भने कार्यक्रम दिलकुमारी चौधरीले संचालन गरेकी थिइन् ।

अगाडिकाे पाेस्ट

झुम्का छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ, व्यवस्थित छठघाटका लागि मेयर उपमेयरको प्रतिबद्धता

अर्काे पाेस्ट

थारु महिला सभा उपमहानगर समितिद्धारा इटहरीमा समा–चकेवा प्रदर्शन तथा प्रवद्र्धन कार्यक्रम

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft