मिति : २०८३ कार्तिक ७ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

‘प्रदेशस्तरिय कृषि विकासलागि झुम्का क्षेत्रीय कृषितालिम केन्द्रको स्तरबृद्धि आश्यक’:कृषिमन्त्रालय अधिकृत पोख्रेल

by By: रामधुनी खबर
मंसिर ११, २०८०
338

रामुधनी खबर संवाददाता
झुम्का,मंसिर ११ । कृषकहरुमा व्यवसायिक र कृषि उत्पादनमा आत्मनिर्भरताका लागि प्रादेशिक प्रयोगशालाहरुलाई स्तरबृद्धिगरि थप गुणस्तरीय सेवा उपलब्ध गराउनु पर्ने प्रदेश कृषि मन्त्रालय अधिकृत पशुपती पोख्रेले बताउनु भयो । कृषि क्षेत्र विकासको आधार तथा प्राविधिक सहयोगीहरु प्रादेशिक प्रयोगशाला लगायत झुम्का क्षेत्रीय कृषि तालिम केन्द्रको स्तरबृद्धि गर्न आवश्यक रहेको प्रदेश कृषि मन्त्रालय अधिकृत पोख्रेलले बताउनु भएको हो ।
बदलिदो समय र मौसम अनुसार माटो परिक्षण र बीउ बिजनमा नश्लिय सुधार गर्दै प्रदेश स्तरिय कृषिमा विकासका लागि झुम्का क्षेत्रीय कृषि तालिम केन्द्र तथा बीउ बिजन माटो परिक्षण प्रयोगशालालाई स्तरबृद्धि गर्न उहाँले अतिआवश्यक रहेको उठान गर्नुभयो । कोशी प्रदेशका संचारकर्मीहरुका लागि कृषि सामाचार सम्प्रेषण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा कोशी प्रदेश सरकारको कृषि विकास सम्बद्ध प्रमुख कार्यक्रमहरुको बारेमा जानकारी दिदै सो कुरा बताउनु भएको हो ।
कृषि उत्पादनमा बृद्धिका लागि खाद्यान्न उत्पादन प्रवद्र्धनमा उन्नत बीउ उत्पादन, प्रयोगशाला सेवा तथा बाली संरक्षण, माटो तथा मल बीउ बिजन, फलफुल क्षेत्र विस्तार तथा सुदृढिकरण, चिया अलैची तथा अदुवा उत्पादनमा बृद्धि, मुल्य श्रृखला विकास तथा उत्पादित वस्तुको भण्डारण, प्रशोधन र बजारीकरण गर्न रहेको कोशी प्रदेश सरकारको कृषि विकास सम्बद्ध प्रमुख कार्यक्रमहरु रहेको बताउनु भयो ।
व्यवसायिक कृषि उत्पादन सम्बद्ध तालिमहरु, कृषि सम्बद्ध प्रदेशिक कानूनहरुको निर्माण तथा कार्यान्वयन , कार्यालय र स्थलगतरुपमा प्राविधिक सेवाहरु तथा महामारी नियन्त्रणका लागि प्रदेश सरकारको कृषि विकास सम्बद्ध प्रमुख कार्यक्रमहरु रहेको प्रदेश कृषि मन्त्रालय अधिकृत पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार तथा आगामि सोच बताउदै नेपालको स्थानीय साधन स्रोत कृषि रहेकोले कृषिमा सुधारगर्न अनुदानमा आधारित कार्यक्रमहरु हटाई सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने भन्दै आगामि दिनको योजनाहरु बताउनु भयो । उत्पादन सम्बद्ध कार्यक्रमहरु स्थानीयतहहरुलाई आयोजना बैंक मार्फत उत्पादन कार्य अघि बढाउन प्रोत्साहन गर्ने, आवश्यक नीति नियम र कानूनको निर्माण तथा जनशक्ति व्यवस्थापन गर्दै कृषि उपजमा ध्यान दिन जरुरीरहेको बताउनु भयो ।
नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिको आयोजनामा सोमवार विराटनगर स्थित अभिमुखिकरण कार्यक्रमको भएको थियो । अभिमुखिकरणमा महासंघका अध्यक्ष राजेन्द्र राउतको सभापतित्वमा प्रदेश कृषि मन्त्रालय अधिकृत पशुपती पोख्रेल र बरिष्ठ पत्रकार महाप्रसाद खतिवडाले सहजिकरण गरेका थिए ।

अगाडिकाे पाेस्ट

थारु महिला सभा उपमहानगर समितिद्धारा इटहरीमा समा–चकेवा प्रदर्शन तथा प्रवद्र्धन कार्यक्रम

अर्काे पाेस्ट

रामधुनी ८ र ९ नं. वडावासीहरुमा स्वाथ्य परामर्श सहित मुटु तथा स्त्रीरोग सम्बन्धि शिविर सम्पन्न

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft