मिति : २०८३ कार्तिक ७ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

लैङ्गिक हिंसाको समस्या पहिचान, कानूनी परामर्श सहित रामधुनी २ र ४ नं. वडामा सचेतना कार्यक्रम

by By: रामधुनी खबर
मंसिर १३, २०८०
338

रामधुनी खबर संवाददाता
झुम्का, मंसिर १३ । नेपाल सरकारबाट यस बर्ष यहि मंसिर ९ गते देखि २४ गते सम्म “लैङ्गिक हिंसा अन्तयको सुनिश्चता, महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ अभियान मनाउन लागेको छ । सरकारबाट सामाजिक सचेतना सहित लैङ्गिक हिंसा बिरुद्धको अभियान संचालन गर्न आव्हान गरेको कार्यक्रम रामधुनी नगरपालिकाको वडा नं. २ र ४ नं. मा पनि सम्पन्न भएको छ । लैङ्गिक हिंसाको समस्या पहिचान, कानूनी परामर्श सहित सचेतना कार्यक्रम समपन्न गरेको हो ।
रामधुनी २ नं. वडामा आयोजित सचेतना कार्यक्रमबाट लैङ्गिक हिंसा के हो, हिंसा हुने अवस्था तथा कारण र यसका कानूनी उपचार गर्न सक्ने अवस्थाको बारेमा जानकारी दिएको कार्यपालिका सदस्य सुशिला ढुंगानाले जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा वडा नं. २ का गर्भवती महिलाहरुलाई पोषण खानेकुरा समेत बितरण गरिएको छ ।


यसैगरी वडा नं. ४ मा थारु महिला सभा वडा समितिबाट लैङ्गिक हिंसा बिरुद्धको कार्यक्रम आयोजना गरेको छ । वडा कार्यालयको सहयोगमा सबै समुदायका महिला तथा पुरुषहरुको सहभागीता गराई सचेतना कार्यक्रम संचालन गरेको छ । सचेतना कार्यक्रमबाट वडाका जेष्ठ नागरिक तथा एकल महिला तथा पुरुषहरुलाई सम्मान गरेको छ ।
सचेतना कार्यक्रममा उपस्थित वडा अध्यक्ष कमल कार्कीले बिशेषगरी समाजमा हुने लैंगिक हिंसा हुनु मानव अधिकारको हनन् भएको बताउनु भयो । नेपालमा लैंगिक हिंसाबाट बढी प्रभावित महलिाहरु हुने गरेका छन् । यो लैंगिक असमानताको सबैभन्दा चरम रूप हो र यसले सबैका लागि दिगो विकास सुनिश्चित गर्ने समाजको क्षमतालाई कमजोर तुल्याएको छ । त्यसैले सचेतना अभियानको सही प्रयोग गर्न सकेमा यसप्रकारका सामाजिक कमजोरीहरु क्रमश हटेर जाने वडा अध्यक्ष कार्कीले बताउनु भयो ।


रामधुनी नगरमा लैङ्गिक हिंसा बिरुद्ध अभियान प्रभावकारीताका लागि रामधुनी नगरपालिकाको समनव्य रहेको छ भने सहयोगीहरु वडा कार्यलयहरु, सेभ द अर्थ सुनसरी, इटिसी नेपाल, आसमा नेपाल र इलाका प्रहरी कार्यालय पकली रहेको महिला बालबालिका शाखा रामधुनीले जनाएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी ८ र ९ नं. वडावासीहरुमा स्वाथ्य परामर्श सहित मुटु तथा स्त्रीरोग सम्बन्धि शिविर सम्पन्न

अर्काे पाेस्ट

रामधुनी ८ र ९ नं. वडावासीहरुमा स्वाथ्य परामर्श सहित मुटु तथा स्त्रीरोग सम्बन्धि शिविर सम्पन्न

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft