मिति : २०८३ कार्तिक ७ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

दिगो विकास लक्ष्य खोज्दै रामधुनीमा ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस सम्पन्न

by By: रामधुनी खबर
मंसिर १७, २०८०
337

रामधुनी खबर संवाददाता
झुम्का, मंसिर १७ । ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आइतवार अपाङ्गता उत्थान केन्द्र नगर स्तरीय अपाङ्गता समिति रामधुनीले एक कार्यक्रमगरी मनाएको छ । दिगो विकास लक्ष्य खोज्दै अपनत्व र नेतृत्व सहितको एक्यबद्धताका लागि प्रदेश सभा सदस्य रेवतीरमण भणडारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो ।
“दिगो विकास लक्ष्य प्राप्तीको प्रतिबद्धताः अपाङ्गता भएका ब्यक्तिको अपनत्व र नेतृत्व सहितको एक्यबद्धता” भन्ने मुलनारा सहितको कार्यक्रम आयोजना गरेको आयोजक समिति नगर स्तरीय अपाङ्गता समिति रामधुनीले जनाएको छ । नगरपालिका परिसरमा प्रदेश सभा सदस्यबाट अपाङ्गता उत्थान केन्द्रको उद्धघाटन गरिएको छ । रामधुनी नगरका एक सय भन्दा बढी अपाङ्गता भएका ब्यक्तिमा सहयोगी सामाग्रीको अभाव रहेको आयोजक समितिले समस्या प्रस्तुत गरेका छन् । जसको लागत रु ३० लाख सम्म पर्ने बताएको छ । कार्यक्रमबाट अपाङ्गता भएका ब्यक्ति बिरुद्ध हुने भेदभाव अन्तयगरी नागरिक, राजनीतिक, आर्थिक, रोजगार, सामाजिक तथा साँस्कृतिक अधिकारको सम्मान, अपनत्व र नेतृत्व हुनेपर्ने आवश्यक्तामा जोड दिएका थिए ।


अपाङ्गता भएका ब्यक्तिको दिगो विकास गर्न अहिलेको सरकार असक्षम रहेको प्रदेश सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी भणरीले आरोप लगाउनु भयो । आर्थिक संकटले डुब्दै गएको अवस्थामा सरकारले हेर्ने काम मात्र गर्ने गरेकोले सबै नेपालीमा आर्थिक संकट थुपार्दै गएको बताउनु भयो । यस आर्थिक संकटले अपाङ्गता भएका ब्यक्तिलाई चिन्नै छोडेकोले दिगो विकासमा सम्भवनै नरहेको उठान गर्नुभयो । सरकारले सन् २०३० सम्म दिगो विकास लक्ष्यका लागि भनिएको छ । यसका लागि एक सय बिस खर्ब खर्चिनु पर्ने हुन्छ । तर यो रवैयाले गर्न नसक्ने भन्दै प्रदेश सभा सदस्य भण्डारीले सरकारले सबै नेपालीहरुमा अर्थिक संकट मात्र थोपार्न खोजेको अरोप लगाउनुभयो ।
कार्यक्रममा उपप्रमुख तारा थापाले नगरका अपाङ्गता भएका ब्यक्तिको लागि नीति, योजनाहरु बनाएको बताउनुभयो । नगरबाट स्वास्थ्य विमा, सहयोगी सामाग्री बितरण लगायतका नगरपालिकाबाट अपाङ्गता भएका ब्यक्तिको हरेक क्षेत्रका लागि सहयोग गर्न तयार रहेको धारणा ब्यक्त गर्नुभयो ।


नगर स्तरीय अपाङ्गता समितिको अध्यक्ष डिल्ली चौलागाईको सभापतित्वमा आयोजित कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिको कलाहरु समेत प्रस्तुत गरिएको छ । उनीहरुमा सार्वजानिक तथा सामाजिक रुपले गर्ने विभेदको बारेमा मार्मिक रुपले कविता, लेख, रचना प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा उपस्थित अतिथी तथा बक्ताहरुले अपाङ्गता भएका ब्यक्तिमा उद्यमशिल बनाई स्वरोजगार बनाउन अति आवश्यक रहेको जोड दिए । शिक्षा शाखा राजन गेलाल, कार्यपालिका सदस्य शुसिला ढुंगाना, वडा अध्यक्ष घनश्याम चौधरी, शुरेन्द्र सिंह, प्रदिप खनाल लगायतले आफनो धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रममा महिला बालबालिका शाखाका प्रमुख मोनाश्री आचार्यले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम संचालन नगर सचिव गोविन्द विष्टले गरेका थिए भने सांकेतिक भाषाबाट बुझाउन कार्यक्रममा आशिष काफ्लेले सांकेतिक भाषा प्रयोग गरेका थिए ।

अगाडिकाे पाेस्ट

महिला जनप्रतिनिधिहरुले भोगेको समस्या र चुनौतीले राजनीतिक पार्टी र स्थानीयतहमानै लैङ्गिक विभेद

अर्काे पाेस्ट

आदिवासी वाम्बुले राई समाजको २६ औँ स्थापना दिवसको अवसरमा भाषा प्रवद्र्धन कविता प्रतियोगिता

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft