मिति : २०८३ साउन ११ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सुनसरी मोरङ्ग सिंचाई आयोजना जलउपभोक्ता समन्वय समिति झुम्काको १३ औँ बार्षिक साधारणसभा

by By: रामधुनी खबर
मंसिर २२, २०८०
327

रामधुनी खबर संवाददाता
झुम्का, मंसिर २२ । सुनसरी मोरङ्ग सिंचाई आयोजना अन्तर्गत रहेको जल उपभोक्ता समन्वय समिति एस.एस.जे.झुम्का उपशाखाको सुक्रवार साधारणसभा सम्पन्न भएको छ । प्रदेश सभा सदस्य तथा प्रदेश पूर्व कृषि मन्त्रि रामप्रसाद मेहताको प्रमुख आतिथ्यतामा उपशाखाको गतिविधि प्रस्तुत गर्दै १३ औँ बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाको प्रमुख अतिथी प्रदेश सभा सदस्य मेहताले किसानको समस्या प्रति चिन्ता ब्यक्त गर्नु भयो । सुनसरी मोरङ्ग सिंचाई आयोजनाबाट कृषकले सिंचाई सेवा लिइरहेपनि अबको १०–१५ बर्षमा समस्या हुने चेतावनी दिनुभयो । कोशी ब्यारेजको तुलनामा सुनसरी मोरङ्ग सिंचाई नहरको सतह माथी उठ्दै गएकोले बर्षेनी पानीको मात्रा कम हुँदै गएको बताउनु भयो ।
सुनकोशीमा निर्माण भैरहेको हाइड्रोपावरले पनि आधा सिंचित पानीलाई ब्लक गर्ने हुँदा भदौमा समेत पानीको अभाव सिर्जना हुने भएकोले त्याहाबाट किसानका लागि थप समस्या सिर्जनाहुने बताउनुभयो । यसका लागि जल उपभोत्ता समिति तथा किसानहरु समयमै सचेत भएर सम्बन्धित ठाउँमा आन्दोलन गर्नु परे पछि नहट्न सुझाव दिदै हरेक समस्यामा साथ र सहयोग रहने प्रदेश सभा सदस्य मेहताले प्रतिबद्धता गर्नुभयो ।
जल उपभोक्ता समन्वय समिति झुम्का उपशाखाको भवन हाल सम्म निर्माण अधुरै रहदा सांसद मेहताले आगामी साधारणसभा सम्ममा पूर्णता दिनु पर्ने भन्दै यसका लागि जल उपभोक्ता समन्वय समितिको मुल केन्द्रिय समितिबाट सहयोग लिन आग्रह गर्नुभयो । किसानका लागि सिंचाई सहित डिएपी, युरिया, पोटास जस्ता खाद्यमलहरु समेतको सहज उपलब्धताका लागि निरन्तर सहयोग रहने जानकारी दिनुभयो ।
उपशाखा एस.एस.जे.झुम्काको अध्यक्ष डुनारायण चौधरीको सभापतित्वमा आयोजित साधारणसभामा मुल समिति केन्द्रिय उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष फुदनलाल चौधरीले किसानको समस्या प्रति प्रदेश सभासदस्य गम्भिरहुनु पर्ने बताउनुभयो । दिनप्रतिदिन सिंचाईको समस्या बढ्दै गईरहेकोले अग्रज ब्यक्ति ध्यान नदिए किसानको उत्पादन घट्ने र यसले भबिषयमा गम्भिर चुनौती खडा गर्न सकने भन्दै किसान र प्रमुख ब्यक्तिहरु सचेतहुनु पर्ने बताउनुभयो ।
बार्षिक साधारण सभामा उपशाखा एस.एस.जे.झुम्काको अध्यक्ष चौधरीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रगती प्रतिवेदनमा नहरनहरीबाट सहज सिंचाई बितरणका लागि सरसफाई कार्य गरिएको जानकारी दिनुभयो । टर्सरी र मुलनहर सर्भिस रोड ग्राभेल मर्मत कार्य गरेको प्रतिवेदन विवरणमा जनाएको छ ।
यसैगरी आगामी योजनामा कार्यालय भवन निर्माण गर्ने प्रतिवेदनमा उल्लेख रहेको छ । नहरनहरीहरुमा सरसफाई, स्ट्रक्चर प्रोटेक्सन तथा मर्मत कार्य गर्ने, टर्सरीहरुमा लाइनिङ्ग तथा बैंक मर्मत गर्ने,पदाधिकारीहरुमा तालिम, असल अभ्यासका लागि अध्ययन अवलोकन गर्ने अगामी योजनाको बारेमा जानकारी दिएको छ ।
आगामी आर्थिक बर्षबाट सिंचाई सेवा शुल्क कठ्ठाको रु २० रुपैया बृद्धि गर्ने जनाएको छ । नहरनहरीलाई क्षति पुर्याउनेलाई कारवाही गर्ने, नहरको डिलमा बोट बिरुवा लगाउने, वाटरकोर्सको अतिक्रमण गरेको जग्गाको सिमाङ्क गर्ने लगायतका किसानलाई सहज र सुविधाले सिंचाईका लागि कार्यगर्ने प्रगति प्रतिवेदनमा जनाएको छ । साधारण सभामा स्वागत मन्तब्य केशिलाल चौधरीले गरेको आयोजक समितिले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

आदिवासी वाम्बुले राई समाजको २६ औँ स्थापना दिवसको अवसरमा भाषा प्रवद्र्धन कविता प्रतियोगिता

अर्काे पाेस्ट

रामधुनी मन्दिरमा शतबीज छर्न भक्तजनको घुइँचो, मन्दिरमा थारु परम्पराका संस्कार समेत प्रदर्शनी

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft