मिति : २०८२ फागुन २९ गते (शुक्रवार)
मौसम : 24.41°C(moderate rain)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

आज मंसिर पूर्णिमा, धुनी जगाई नयाँ अन्नबाली भोग लगाएर “नेमान” पूजा गर्दै थारु समुदाय

by By: रामधुनी खबर
पुष १०, २०८०
476

सुनिल चौधरी
झुम्का,पौष १० । आदिवासी तथा थारु जातिमा मंसिर पूर्णिमा (अगहनी पूर्णिमा ) धार्मिक रुपले महत्वपूर्ण मानिन्छ । थारु समुदाय मंसिर पूर्णिमामा कुलदेवता र ग्रामथानमा विधिवत पूजा अर्चनागरी परम्परगत रुपले मौलिक “नेमान” पूजा मनाउँदै आएका छन् । मंसिर पूर्णिमाको अवसरमा आज थारु जातिले “नेमान” पूजा मनाइँदै छ ।
खेतीपातीबाट उत्पादित अन्नबाली घर भित्र्याए पछि धुनी जगाई नयाँ अन्नबाली अग्निमा चढाउने पौराणिक तथा मौलिक परम्पराको रुपमा “नेमान” पूजा थारु समुदाय मान्दै आएको छ । बिशेषगरी खेतमा नयाँ उब्जाएको प्रमुख अन्न धान र धानबालीलाई समेत जगाएको धुनीमा चढाउने पूजालाई “नेमान” अर्थात “नेमानी” पूजा पनि भनिन्छ । “नेमान” पूजा मंसिर पूर्णिमा लगायत मंसिरको चन्द्रमा देखिए पछि पनि पूजा गर्ने चलन रहेको छ ।


नयाँ उब्जाएको अन्न धान ओखरीमा च्युरा कुटेर च्युरालाई भूजा बनाई र भूजालाई ओखरीमै कुटेर सख्खर (गूर) मिश्रितगरी बनाएको गूरा र लड्डु को प्रसाद चढाउँने चलन रहेको छ । धार्मिक मान्यता अनुसार यस दिन स्नानगरी नयाँ अन्न र बालीलाई धुनी जगाएको अग्निमा आहुति स्वाहाको उच्चारणगरी अर्पित गर्नाले कुलदेवता तथा ग्रामथान देवता प्रसन्न हुने सुनसरी रामधुनी १ नं. वडा भादगाउँटोल निवासी ८९ बर्षिय कुलाइ चौधरीले बताए । “नेमान” पूजाले दुःख, सत्रु नाश र खेती किसानका लागि उत्पादन बृद्धि, अन्न बृद्धि, घरमा धन्य–धान्य वास हुने चौधरीको भनाई रहेको छ । चौधरी ग्रामथानमा भजनका लागि ४० बर्ष देखि प्रमूख भूमिका गर्दै आएका छन् ।


थारु जातिले मनाउने “नेमान” लगायतका पूजा, चाडपर्वहरु प्राकृतिक संरक्षणका मौलिक पर्वहरु रहेको थारु कल्याणकारिणी सभा जिल्ला सुनसरीका नव निर्वाचित सभापति सगेन चौधरीले बताउनुभयो । थारु परम्पराका पौराणिक संस्कार, पूजा, पर्वहरु प्रकृति मैत्री रहेको छ र यसले सबै प्राणीको प्रकृति रुपलेनै संरक्षणको विधि अपनाउने भएकोले सबै पक्षबाट संरक्षण र निरन्तरता हुनु पर्ने भन्दै जिल्ला सभापति चौधरीले थारु समुदायको “नेमान” पूजा लगायत आदिवासीहरुले यस पूर्णिमामा मनाउने सबै पर्वकोे अवसरमा शुभकामना ब्यक्त गर्नुभयो ।
मंसिर पूर्णिमा धार्मिक रुपले आदिवासी थारु जातिहरुको लागि महत्वपूर्ण रहेको थारु महिला सभा जिल्ला सभापति सुशिला लेखिले बताउनुभयो । नयाँ अन्नबाली भित्र्याएर बर्षभरी पुग्ने अन्न जोहो गरेको अवसरमा हर्षित भई मंसिर महिनाको अन्तिम पूर्णिमामा कुल देवताको धजा फेर्ने, “नेमानी” गर्ने, मुण्डन गर्ने लगायत कार्य गर्दै आएकोले मंसिर अगहनी पूर्णिमा महत्वपूर्ण रहेको बताउनुभयो । “नेमानी” पर्व प्रचार प्रसार हुन नसक्दा राष्ट्रिय रुपमा बाहिर आउन नसकेको समेत उठान गर्नुभयो । यस पुर्णिमामा सरकारले अन्य चाडपर्वको बिदा दिए पनि यस पर्वलाई उपेक्षा गरेकाले थारु समुदाय पहिचानका लागि सशक्त रुपले लाग्नु पर्ने भन्दै “नेमानी” पूजाको अवसरमा जिल्ला सभापति लेखीले शुभकामना ब्यक्त गर्नुभयो ।
ग्रामथान संरक्षण समिति सुनसरी जिल्ला अध्यक्ष सावित्री चौधरीले “नेमानी” कृषि संग आधारित पूजा रहेको बताउनुभयो । “कृषिमा पूर्ण आश्रित थारु जाति नेपाली सम्पूर्णमा अन्न पुर्याउदै आएको छ,”“राज्यमा कुनै किसिमको भोकमरी नआओस, उत्पादन नघटोस, सबैका घरमा अन्नको बृद्धिको कामना गर्दै मनाउने “नेमानी” पूजाको महत्व रहेको छ,” जिल्ला अध्यक्ष चौधरीले बताउनुभयो ।
यसैगरी मंसिर पूर्णिमामा आज किरात समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली आज देशैभरी हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि शुरू हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ ।

अगाडिकाे पाेस्ट

थारु अस्तित्व जोगाउन राजनीतिक र सामाजिक चेतनाले अगाडी बढ्नुपर्ने था.क.स.सुनसरीलाई मार्गदर्शन

अर्काे पाेस्ट

था.क.स.सुनसरीको नव निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदस्थापन

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft