मिति : २०८३ साउन ११ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

ग्रामथान नीतिगत संरक्षणकालागि विस्तृत लगत, दस्तावेज, मस्यौदा ऐन २०८१ रामधुनी नगरपालिकालाई हस्तान्तरण

by By: रामधुनी खबर
असार ५, २०८१
482

रामधुनी खबर संवाददाता
झुम्का, असार ४ । ग्रामथानको धार्मिक महत्वको प्रवद्र्धन र ग्रामथान संग जोडिएको भूमि अतिक्रमण रोक्न स्थानीय सरकार रामधुनी नगरपालिकालाई विस्तृत लगत, दस्तावेज, ऐन मस्यौदा हस्तान्तरण गरेको छ । नगरका थानपति, पूजहैर, धामी, गहदारहरुको बृहत उपस्थितीमा आइतवार ग्रामथानको विस्तृत लगत विवरणको दस्तावेज र ग्रामथान संरक्षण, सम्बद्र्धन तथा विकास सम्बन्धि मस्यौदा ऐन २०८१ हस्तान्तरण गरेको हो ।
भू–माफियाहरुले ग्रामथानको भूमि अतिक्रमणगरी संकट र विस्थापितको अवस्था सिर्जना गर्दा ग्रामथान विधिवत रुपले नीतिगत संरक्षण गर्ने उधेश्यले उपप्रमुख तारा थापा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम ढकाल, जिन्सी शाखा प्रमुख दुर्गेश बि.क.लाई हस्तान्तरणगरी आ.ब. २०८१÷८२ मा कार्यन्वयको माग गर्दै बिज्ञप्ती जारी गरेको ग्रामथान संरक्षण समिति रामधुनी नगर समितिले जनाएको छ ।
रामधुनी नगरपालिकाको सहयोगमा नगर संरक्षण समितिले लगत विवरण संकलन, थानपति, पूजहैर, धामी, गहदारहरुमा कानूनी परामर्श, दस्तावेज पुस्तिका छपाई, चर्चेको जग्गा नापी, अगुवा भेलागरी ग्रामथान दस्तावेज तथा ऐन मस्यौदा तयारगरी सम्पन्न गरेको हो । ग्रामथानको समग्र पक्ष कानुनी ऐन विधि अनुसार संरक्षणका लागि सम्पन्न ग्रामथान दस्तावेज तथा मस्यौदा ऐन २०८१ थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति सुनसरी सभापति सगेन चौधरी, रामधुनी नगर सभापति राजकुमार चौधरी, ग्रामथान संरक्षण समिति रामधुनी अध्यक्ष सिता थरुनी, ग्रामथान संरक्षण समिति सुनसरी इटहरी ८ अध्यक्ष सावित्री चौधरी लगायत थानपति, पूजहैर, धामी, गहदारहरु संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।


थारु समुदायको प्रमुख अस्तित्व, पहिचान, ऐतिहासिक महत्वको धार्मिक धरोेहर ग्रामथान हुन् । रामधुनी नगरमा जम्मा १२५ वटा ग्रामथान छन् । १११ वटामा थारु, माझी, उराँव, सरदार समुदायले पूजा गर्छन् भने १४ वटामा ऋषिदेव समुदायले मान्ने दिनाराम, भद्री ग्रामथानमा पूजा गर्ने परम्परा रहेको ग्रामथान संरक्षण समिति रामधुनीले तयार गरेको दस्तावेजबाट सार्वजानिक गरेको छ ।
ग्रामथानको विस्तृत लगत, दस्तावेज, ऐन मस्यौदा हस्तान्तरणले नगरपालिकाले ग्रामथान सूचीकृत तथा अभिलेखगरी संरक्षण गर्ने लिएको नीतिमा सहयोग हुने र धार्मिक तथा सांस्कृतिक महत्वको ग्रामथान संरक्षणमा नगरको आर्थिक, सामाजिक, पर्यटकीय क्षेत्र, पहिचानसँग प्रत्यक्ष जोडिएको हुनाले मानव सभ्यता कालदेखि नै स्थापना भएका थारु ग्रामथान पर्यटनको पाटोमा जोड्दै आर्थिक लाभको उपलब्धि हुनेछ । ग्रामथान संरक्षणका लागि वडा र नगरस्तरबाट ऐन, कार्यबिधि, योजना, नीति, निर्माणमा सहयोग हुने र जनप्रतिनिधिमा जो आए पनि ग्रामथान संरक्षण र प्रवद्र्धनमा निरन्तरता हुनेछ । ग्रामथानसँग जोडिएको साँस्कृतिक भूमि अतिक्रमण हुनबाट जोगिने छ । यस्ले राज्यको सम्पदा बिस्थापित र संकटमा पर्नबाट जोगिने संरक्षण समितिको दस्तावेजमा रहेको छ ।
दस्तावेज अनुसार रामधुनी नगरभरी ग्रामथानमा बिच्छु धामी, कनकसिंह धामी, सौन धामी, जुराई धामी, बौकाई धामी, वासु धामी, चम्पा दगरीन धमियाइन, इनरवती चनरवती धामी, जितन धामी, दलसिंह धामी, सलहेश, मुरताहा बाबा, डाकीन, चनरमैन धामी, गंगाराम धामी, दिनाराम भद्री, फरदलही दगरीन, फुलिया धमियाइन, लाटु धामी, झुविया धमियाइन, सन्दासी बाबा लगत विवरणमा रहेको छ । लगत विवरणमा ग्रामथान संरक्षणका लागि लक्षित वर्ग आदिवासी थारु समुदायको ग्रामथान, ऋषिदेव ग्रामथान, सरदार ग्रामथान, उराँव ग्रामथान, माझी ग्रामथानको लक्षित गरेको संरक्षण समितिले जानकारी दिए ।
रामधुनी नगरमा ग्रामथानको अवस्था बारेमा जानकारी दिदै नियमित पूजा भइरहेको दस्तावेजबाट सार्वजानिक गरेको छ । स्थानीय निकायको पहुँचमा नभएको । अतिक्रमणको सिकार भएको तर अतिक्रमण बिरुद्ध लड्दै गरेको र सञ्चालनमा रहेको । अतिक्रमणले उजाडिएको र बिस्थापित भएको तर ग्रामथान धरोहर अस्तित्व संकटमा रहेको । नयाँ संरचनाका ग्रामथान परम्परादेखि चिनिने ग्रामथानको संरचना परिवर्तगरी मन्दिरको स्वरुपमा बनेको र पहिचान गुमाएको अवस्था, साँस्कृतिक भूमि, पानीघट्ट, साँस्कृतिक वन, गौचरण, पोखरी, नदी, पैनी अतिक्रमणमा परी लोप भइसकेको अवस्था । यसरी थारु समुदायले जन्मदेखि मृत्युसम्म गरिने संस्कार रहेको धरोहर तथा धार्मिक धरोहर र ग्रामथानसँग जोडिएको र चर्चेको जग्गा साँस्कृतिक भूमि भू–माफियाले मुद्दा लगाएर साँस्कृतिक भूमि अतिक्रमण र विस्थापन गर्ने घटना घटिरहेको छ ।


ग्रामथानमा थप कार्यक्रम गर्न आवश्क रहेको संरक्षण समितिले जनाएको छ । आगामी योजनामा संरचनाको स्वरुप एकरुपता, चर्चेको भूमि नापी, फिल्डबुकमा चारकिल्ला सहितको देवस्थल नामाकरण, विस्थापित गर्न मुद्धा लगाइएका ग्रामथानमा कानूनी उपचार सहयोग, ग्रामथानमा गाउने धामी गीतको दस्तावेजी करण र लोप भएको बजाउने वाद्यवादन झाइल मृदंग प्रशिक्षण तथा वितरण गर्ने योजना रहेको जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख तारा थापा, थारु कल्याणकारिणी सभा जिल्ला सुनसरी सभापति सगेन चौधरी, रामधुनी नगर सभापति राजकुमार चौधरीले ग्रामथान संरक्षणका लागि धारणा ब्यक्त गरेका छन् । संरक्षण समितिका अध्यक्ष थरुनीको सभापतित्वमा आयोजित कार्यक्रममा समितिका उपाध्यक्ष तथा थारु महिला सभा रामधुनी नगर सभापति लिलि चौधरीले स्वागत मन्तब्य राखेकी थिइन् ।

अगाडिकाे पाेस्ट

नेपाल–भारत धार्मिक महत्वको शन्देस दिदै झुम्का बजार आइपुगेका पैदलयात्री पशुपतिनाथको लक्ष्य

अर्काे पाेस्ट

दुव्र्यसन विरुद्ध आमाहरु अभियानमा केही खराब आमाहरुलाई सचेतना दिन आवश्यक रहेको सुझाव

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft