मिति : २०८३ साउन १४ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाको आ.ब.२०८०÷०८१ को खर्च विवरण सार्वजानिक,सुशासन र पारदर्शितामा जोड

by By: रामधुनी खबर
साउन ६, २०८१
430

रामधुनी खबर संवाददाता
झुम्का, श्रावण ६ । रामधुनी नगरपालिकाले आ.ब.२०८०÷०८१ को खर्च विवरण सहित प्रतिवेदन सार्वजानिक गरेको छ । आर्थिक बर्षको समाप्ति संगै समग्र नगरको बार्षिक गतिविधिहरुमा सुशासन र पारदर्शितामा जोड दिदै नगरपालिकाले सुक्रवार खर्च विवरण सार्वजानिक गरेको हो ।
आर्थिक बर्ष समाप्ति लगतै नगरपालिकाको गतिविधिमा विश्वनिय र पारदर्शिता बनाउन पालिका मध्ये अग्रसर हुँदै खर्च सार्वजानिक गरेको देखिन्छ । नगरपालिकाको आ.ब.२०८०÷०८१ मा कुल बजेटको ७४.८३ प्रतिशत खर्च भएको बिवरण सहित सार्वजानिक गरेको छ । चालु तथा पंजीगतको कुल बजेट रु ८१ करोड ५ लाख ६ हजार ४३८ रुपैयामा ७४.८३ प्रतिशत रु ६० करोड ६५ लाख ८० हजार ८३१ रुपैयाको कार्यक्रम योजना कार्यन्वयन गर्दै विकास कार्यमा खर्च भएको छ ।
लेखा अधिकृत विरेन्द्र सिग्देलले सो खर्च विवरण प्रतिवेदन प्रस्तुत गर्दै सार्वजानिक गरेका छन् । बजेटको चालु खर्च तर्फ रु ४९ करोड १९ लाख ६६ हजार ४२१ रुपैयामा रु ३९ करोड २७ लाख ५२ हजार ७६६ रुपैया ७९.८३ प्रतिशत खर्च रहेको छ भने पूंजीगत तर्फ रु ३१ करोड ८५ लाख ४० हजार १७ रुपैयामा २१ करोड ३८ लाख ६४ रुपैया ६७.१३ प्रतिशत खर्च भएको विवरण सार्वजानिक गरेको छ ।

नागरवासी प्रतिको जनउत्तरदायित्व पुरा गर्न, खुल्ला सरकारको अवधारणालाई आत्मसाथ र सुशासन र पारदर्शिता सहितको स्थानीय सरकारको प्रत्याभूुति दिन प्रतिबद्ध रहेको र खर्च सार्वजानिक गरेको नगर प्रमुख शंकरलाल चौधरीले बताउनु भयो । उहाँले खर्च सार्वजानिकीकरणमा नगरको समृदि र विकास एकिकृत प्रयासबाट सम्भव रहेको उठान गर्नुभयो । नगरको हित अभिबृद्धि तपाई हाम्रो सबैको अभीष्ट रहेकोले उधेश्य हासिल गर्न हातेमालो गर्दै हिडनुको बिकल्प नरहेको बताउनुहुँदै नगरको हित र समन्वयका लागि सबै संग सहकार्य गर्ने आव्हवान गर्नुभयो ।
खर्च विवरण वडागत रुपमा समेत सार्वजानिक गरेको छ । वडा नं. ४ ले सबभन्दा बढी योजना कार्यक्रम कार्यन्वयनगरी सम्पन्न गरेको छ । चालु र पंूजीगतको कुलबजेट रु ७८ लाख २४ हजार ८०१ रुयैयामा ९७.१७ प्रतिशत खर्च गर्दै योजना तथा कार्यक्रमको कार्यन्वयन गरेको छ । यसैगरी वडा नं. ८ ले कुल बजेट ५५ लाख २६ हजार ८०८ रुपैयामा ९४.७२ प्रतिशत योजना तथा कार्यक्रमको कार्यन्वयन गर्दै खर्च गरेको छ । सो वडा पछि वडा नं. ७ ले कुलबजेट ८६ लाख २२ हजार ४९ रुपैयामा ९२.८८ प्रतिशत खर्च गरेको छ । वडा नं. १ ले कुलबजेट रु ७० लाख ६४ हजार ८४६ रुपैयामा ८८.४० प्रतिशत खर्च गरेको छ । वडा नं. ३ को कुलबजेट रु ८३ लाख ८१ हजार ८०५ रुपैयामा ८७.९७ रुपैया बजेट कार्यन्वयन गर्दै विकासका कार्यहरु सम्पन्न गरेको छ ।

वडा नं. ९ को कुलबजेट रु ६८ लाख ८५ हजार २६२ रुपैयामा ८७.८९ प्रतिशत खर्च गर्दै वडामा विकासको काम सम्पन्न गरेको छ । वडा नं. ६ को रु ७७ लाख ७८ हजार ६७६ रुपैयामा ८६.३४ प्रतिशत खर्च गरेको छ । वडा नं. ५ ले ८५.६ प्रतिशत खर्च गरेको छ । कुल बजेट रु ७९ लाख ५३ हजार ८५७ रुपैयामा सो प्रतिशतले खर्चगरी विकासको कार्य सम्पन्न गरेको छ ।
सोही आर्थिक बर्षमा वडा नं. २ ले सबभन्दा कम कार्यक्रम योजना सम्पन्न गरेको छ । रु ७९ लाख ९७ हजार ३६ रुपैया वडाको कुल बजेटको ७९.२६ प्रतिशत खर्च गरेको छ ।
आ.ब.२०८०÷८१ को अवधिमा नगर योजना रकमबाट ८.५ किलोमिटर बाटो कालोपत्रे निर्माण भएको प्रगती प्रतिवेदनमा उल्लेख गरेको छ । प्रवक्ता केशब गौतमले प्रस्तुत गरेको प्रगती प्रतिवेदनबाट रामधुनी ९ नं. वडाको छप्की पोखरीलाई पार्कको रुपमा विकास गरिएको, रामधुनी मन्दिर भित्र विवाह मण्डप निर्माण कार्य जारी रहेको, भा.सि. बहुमुखि क्याम्पसको भवन निर्माण कार्य जारी रहेको, विभिन्न वडाका बाटोहरुमा ड्रेन निर्माण तथा ग्राभेल गर्ने कार्यहरु सम्पन्न गरेको जानकारी दिनुभयो । सामाजिक एकिकरण र बहुलवादी समाजको संरक्षणमा प्राथमिक्ता र चासो रहेको छ, सामाजिक इन्जिनियरीङ मार्फत आर्थिक विकास र सामाजिक उन्नयनलाई संगसंगै अगाडि भएको बताउनुभयो ।
नगर तथा वडाको योजना, बजेट, कार्यक्रम अनुसार खर्च गरेको विवरण सहित नगरपालिकाको वेबसाइड ramdhunimun.gov.np मा समेत राखिएको लेखा अधिकृत सिग्देलले जानकारी दिनुभयो ।

अगाडिकाे पाेस्ट

ग्रामथानमा अखारी पूजा मनाइँदै, अन्नबाली गाउँटोल शान्तीको कामनागर्दै खिर चढाउने पूजाविधि

अर्काे पाेस्ट

बीपी कोइरालाको ४२ औँ स्मृति दिवसमा नेपाली काग्रेस रामधुनीको रक्तदान कार्यक्रम

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft