मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नेपाल–भारत भूपू सैनिकहरुको पेन्सन सुविधाका लागि झुम्कामा दस्तावेज प्रयोजन क्याम्प सम्पन्न

by By: रामधुनी खबर
साउन १६, २०८१
476

रामधुनी खबर संवाददाता
झुम्का, श्रवण १६ । नेपाल–भारत भूपूगोर्खा सैनिकहरुको पेन्सन सुविधाका लागि झुम्कामा दस्तावेज प्रयोजन क्याम्प सम्पन्न भएको छ । दस्तावेज प्रयोजन क्याम्पबाट ५ सय १ जनाको प्रमाणीकरण भएको भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानले जनाएको छ ।
भारत सरकारले भूतपूर्व गोर्खा सैनिक तथा तिनका आश्रित र अन्य पेन्सनहरु वितरण गर्दै आएकोमा बार्षिक रुपमा जिवित प्रमाणपत्र प्रमाणीकरण, मरुवा केस र अन्य कागजी कारवाही गर्न दस्तावेज प्रयोजन क्याम्प राखेको हो । भूतपूर्व नेपाल–भारत गोर्खा सैनिकहरु बर्षभरी ठिकठाक रहेको, जिवितै छु भन्ने जानकारी गराउन क्याम्पको उधेश्य रहेको छ ।
पेन्सन वितरणका लागि वडा वा नगरपालिकाको सिफारिस तथा वितरण कार्यलयको फारमभरी जिवितै रहेको प्रमाण पेश गरेमात्र पेन्सन वितरण हुने गरेको छ । सैनिक स्वयम आफै वा मृत्यु भए उनको श्रीमती वा उनको छोराले पाउने पेन्सनका लागि प्रमाण दिनु पर्ने प्रावधान रहेको छ ।


भारत सरकारले भूपू सैनिकहरुलाई उपलब्ध गराउने पेन्सनले आफु धेरै खुसी भएको र सन्तुष्ट रहेको चतरा निवासी रत्नमाया भट्टराई बताउनुभयो । श्रीमानको निधन पछि पाउने पारिवारिक पेन्सनका लागि रत्नमाया भट्टराईले आफु जिवितै रहेको प्रमाण पेश गर्ने क्रम्मा भारत सरकारले दिएको पेन्सनमा पहिले थोरै थियो अहिले बढाएकोमा खुसी ब्यक्त गर्नुभयो ।
बार्षिक रुपमा जिवित प्रमाणका लागि आएका भूपू सैनिक शेरबहादुर लिम्बुले झुम्कामा राखेको क्याम्पबाट सुविधा र सहुलियत भएको बताउनु भयो । इटहरीबाट आएका लिम्बुले २६ बर्ष सेवारत रही १६ बर्ष पेन्सन लिइसकेका लिम्बुले आयोजक समितिलाई धन्यवाद ब्यक्त गर्नु भएकोछ ।
क्याम्पमा भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानको प्रमुख ओआईसी मेजर भरत कनौजियाको प्रमुख आतिथ्यतामा प्रमाण प्रमाणीकरण भएको छ । भारत सरकारले पेन्सनमा उपलब्ध गराएको प्रमुख सेवा तथा परिवर्तन भएको प्रमुख पेन्सन नीतिहरुको बारेमा मेजर कनौजियाले जनाकारी दिनुभयो । जिवित प्रमाण गराइ सकेपछि बाह्र महिना मासिक खातामा पेन्सन आईरहने छन् । क्याम्पको अवसरमा पेन्सनमा उपलब्ध गराउने विभिन्न शिर्षकमा दिइने भक्ताहरुको बारेमा मेजर कनौजियाले जानकारी दिएको छ । महँगाी भक्ता दिईरहेको बारेमा उहाँले बताउनु भयो । महँगी भक्ता ५० प्रतिशतले बृद्धिगरी भारत सरकारले उपलब्ध गराइ रहेको जानकारी दिनुभयो ।


जागिर खाएर आएका सेवारत भूतपूर्व सैनिकहरुले सर्भिस पेन्सन, सेवारतको निधनपछि उनको श्रीमती र छोराले पाउने पारिवारीक पेन्सन रहेको छ । सेवारतहरुले पाउने सर्भिस पेन्सन जिवित प्रमाणपत्रमा मात्र फारम भर्दा पेन्सन प्रमाणित हुने जनाएको छ । पारिवारिक पेन्सनका लागि सेवारतको निधनपछि श्रीमतीले पाउने पेन्सनका लागि विवाह नगरेको प्रमाणपत्रमा हस्ताक्षर गर्नु पर्ने हुन्छ । अविवाहित छोरीले विवाह नगरेको प्रमाण दिनु पर्ने हुन्छ भने छोराले जिवित प्रमाण सहित अर्को कुनै जागिर नखाएको वा रु १४ हजार भन्दा माथी तलब नखाएको प्रमाण दिनुपर्ने मेजर कनौजियाले बताउनुभयो ।
पेन्शन सहित अतिरिक्त र बृद्ध भक्ता समेत पाउने उहाँले जानकारी दिनु भयो । ९५ उमेर देखि १०० बर्ष उमेरकाले पेन्शनको ५० प्रतिशत बृद्धिगरी पाउने र एक सय भन्दा माथी उमेरकाले एक सय प्रतिशत भक्ता पाउने गरेको उहाँले जानकारी गराउनु भयो ।
पेन्सनकर्ताले बसाइँ सराई गर्न सक्ने प्रावधान, भूपूगोर्खा सैनिकहरु पुनः भारतमा जागिरका लागि दरखास्त दिन सकिने लगायतका भारत सरकारबाट पाउने प्रमुख सेवाहरुको बारेमा उहाँले जानकारी दिनु भएको छ । पेन्सनबाट उपलब्ध सेवामा देखिएको समस्या तथा गुनासाहरु समेत लिएका छन् । सहभागीहरुबाट स्वास्थ्य सुविधामा समस्या, ८० बर्ष उमेर भएपनि अतिरिक्त तथा बृद्धभक्ता पाउन नसकेको समस्याहरु उठान गरेका छन् । सहभागीबाट आएका समस्याहरु केन्द्रिय कार्यालयमा राख्ने मेजर कनौजियाले प्रतिबद्धता गर्नुभएको छ ।
भूपूगोर्खा सैनिक रामधुनी नगर समितिको अध्यक्ष क्यापटेन मिठुराज अधिकारीको सभापतित्वमा आयोजित क्याम्पमा ५ सय १ जनाले प्रमाण पेशगरी प्रमाणीकरण गरिएको छ । क्याम्पको अवसरमा गरिएको कार्यक्रममा पिपिओ धरानका एसटिओ धनबहादुर क्षेत्री लगायतका अतिथीहरुले भूपू सैनिकको अवस्थाबारेमा सचेतना गरेको रामधुनी सचिव नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल भारत गहिरो सम्बन्धको सुरुवातको रुपमा भारतीय सेनामा गोर्खाहरुको भर्ती सन् १८१५ बाट हुँदै आएको छ । सन् १९४९ सम्म भारतीय दुतावासले लगभग ८ हजारलाई पेन्सन वितरणको व्यवस्था गरेको थियो । पेन्सन भुक्तानीका लागि काठमाण्डौँ, पोखरा र धरानमा छन् ।
गोर्खा सैनिकहरुको भूमिका प्राचीनकालदेखि नै असाधारण साहस, अनुशासन, निष्ठावान सेवाका लागि प्रख्यात रहेको क्यापटेन मिठुराज अधिकारीले उठान गर्नुभयो । भारतीय गोर्खा सैनिकले भारतमा आइपरेको विभिन्न लडाइँमा मात्र नभएर भारत राष्ट्र सामु आइपरेको हरेक विपतमा अहम् भूमिका निभाएकोे बताउनुभयो । उहाँले भूपू सैनिक रामधुनीको भवनका लागि सहयोगको अपेक्षा समेत मेजर कनौजिया समक्ष राख्नु भएको छ ।

अगाडिकाे पाेस्ट

बोलबंम अभियानले रामधुनी नगरको धार्मिक महत्व उठान गर्दै नगरको विभिन्न मठमा जलअर्पण

अर्काे पाेस्ट

लायन्स क्लव अफ झुम्का सहित बराहक्षेत्र, सप्तकोशी र लियो क्लवको संयुक्त पदस्थापन

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft