मिति : २०८३ कार्तिक ७ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्कामा आदिवासी समुदायहरुको एकता, पहिचान र अधिकार सुनिश्चितताको झाँकी ¥याली

by By: रामधुनी खबर
साउन २६, २०८१
520

रामधुनी खबर संवाददाता
झुम्का,श्रावण २६ । रामधुनीको झुम्का बजार स्थित आदिवासी समुदायहरुले एकता, पहिचान र अधिकार सुनिश्चितताको झाँकी र्याली सम्पन्न गरेको छ । ३० औँ विश्व आदिवासी दिवसको अवसरमा आदिवासीहरुकोे विभिन्न संघसंगठनहरुको नेतृत्वमा आफ्नो कला प्रदर्शन गर्दै झाँकी र्याली सम्पन्न गरेको हो ।
“पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाती एक हौँ, परम्परागत ज्ञान र सीपको प्रवद्र्धन गर्दै पुख्र्यौली भूमी, भाषा र संस्कृतिको संरक्षण गरौँ” नारा लगाउँदै झुम्का बजार परिक्रममा गरेका छन् । विश्व आदिवासी दिवसको अवसरमा रामधुनी नगरमा आदिवासी पहिचान र अधिकारको संरक्षण र सम्बवद्र्धन गर्न अदिवासीहरुको एकताको शन्देसका लागि कार्यक्रमको आयोजना गरेको जनाकारी दिएका छन् ।


यस बर्षको ३० औँ विश्व आदिवासी दिवसबाट संविधानले दिएको संरक्षित कुरा राज्यले नदिएका कारण राज्यलाई घचघच्याउन केन्द्रित रहेको छ । संविधानले दिएको अधिकार कार्यान्वयन गराउनेतर्फ केन्द्रित रहदै संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर्नुपर्ने, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर्नु पर्ने विश्व आदिवासी दिवसको शन्देस रहेको छ ।
विश्व आदिवासी दिवस संगै आज नाग पंचमीको दिन देखि नेवा द्ेय दबु रामधुनीले यस बर्ष लाखे नाचको सुरुवात समेत गरेको छ । यस दिन देखि लाखे नाच सुरुवात गरी कृष्ण जन्म अष्टमीको दिन समापन गर्ने परमपरा रहेको जानकारी दिएका छन् ।
आदिवासीहरुको एकताले पहिचान र अधिकार स्थापितका लागि बिशेष यो आदिवासी दिवसको अवसरमा शन्देसको सचेतनाका लागि नेवा देय् दवु रामधुनी नगर समितिका संस्थापक अध्यक्ष श्याम श्रेष्ठले बताउनु भयो । एक नं. प्रदेश पहिचानको आधारमा नामाकरण हुनुपर्नेमा सहमति र सहकार्य हुनु पर्ने उहाँले धारणा ब्यक्त गर्नु भएको छ ।
रामधुनी नगरका सम्पूर्ण आदिवासी समुदायहरु अधिकारका सवालमा एक जुट हुनुपर्ने शन्देसका लागि आज झुम्कामा बृहत झाँकी र्याली गरेको नेवा देय् दवु जिल्ला उपाध्यक्ष केदार श्रेष्ठले बताउनु भयो ।
नेवा देय् दवु रामधुनी नगर समितिका वर्तमान अध्यक्ष चन्द्र श्रेष्ठले ३० औँ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ । आदिवासीहरुको कला, संस्कृतिहरु प्रमुख र महत्वको साथ सरकारले संरक्षण गर्ने नीति लिनु पर्ने बताउनु भएको छ ।
आदिवासी जनजाती महासंघ रामधुनी नगर समिति कार्यवाहक सचिव डम्बर बहादुर लिम्बुले आगामी दिनमा पनि यसरीनै एकबद्धता र सकृय भएर आ–आफनो संस्कृतिलाई सम्मा गरौँ भन्दै शुभकामना ब्यक्त गर्नु भएको छ ।
आदिवासी जनजाती महासंघ रामधुनी नगर समिति कार्यवाहक कोषाध्यक्ष शान्तकुमार श्रेष्ठले विश्व आदिवासी दिवस आइएलओ १६९ ले स्थापित अधिकारहरु स्थानीय तह देखि लिएर संघिय सरकार सम्म अधिकार सुनिश्चितता हुनु पर्ने धारणा राख्नु भयो । उहाँले अब छिटै आदिवासी जनजाती महासंघ रामधुनी नगर समिति गठन हुने समेत जानकारी दिनु भएको छ ।
नेवा देय् दवु रामधुनी नगर समिति, किराँत सुनुवार सेवा समाज रामधुनी, किरात याथुङ्ग चुम्लुङ्ग, राई याक्खा, माझी समुदाय संघ, भुजेल संघ, मगर संघ रामधुनी नगर समितिको मौलिक संस्कृतिहरुको प्रदर्शन गर्दै सहभागी भएका छन् ।
नेवा देय् दवु रामधुनी नगर समितिको भवनबाट झाँकी र्याली सुरुगरी झुम्का बजारको शिव चोक हुँदै लगुना चोकमा कोण सभा गर्दै समापन गरेको छ । नेवा देय् दवु जिल्ला उपाध्यक्ष केदार श्रेष्ठले सहभागी सबैमा धन्यवाद ब्यक्त गर्दै समापन गर्नुभयो ।

अगाडिकाे पाेस्ट

लायन्स क्लव अफ झुम्का सहित बराहक्षेत्र, सप्तकोशी र लियो क्लवको संयुक्त पदस्थापन

अर्काे पाेस्ट

पहिचानको आन्दोलनलाई सम्बोधनको मागगर्दै फोनिजको स्थापना दिवसबाट सहिद लाजेहाङ प्रति उच्चसम्मान

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft