मिति : २०८३ कार्तिक ७ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

by By: रामधुनी खबर
भदौ ८, २०८३
333

रामधुनी खबर संवाददाता
झुम्का, भदौ ७ । थरुहट पहिचानको आन्दोलनको क्रममा भएको कैलाली टीकापुर घटना ११ औँ वर्ष पार गरेको छ । घटनाको ११ बर्ष भएपनि राज्यले लाल आयोग सार्वजानिक नगरी सत्य–तथ्य लुकाएकोले थारु समुदाय थप भिवेदमा परेको भन्दै थारु कल्याणकारिणी सभाले सुनसरीमा विद्रोह दिवस सहित राज्यको दमन विरुद्ध सदरमुकाम इनरुवामा विद्रोह र्याली प्रदर्शन गरेका छन् । ¥यालीका सहभागीहरूले राज्यको दमनविरुद्ध चर्को नाराबाजी गर्दै ‘थारु एकता जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।
प्रदर्शनका क्रममा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, टीकापुर घटनासँग सम्बन्धित झुठा मुद्दा फिर्ता लिनुपर्ने तथा सर्वोच्च अदालतका फैसला कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । त्यसैगरी, बारा जिल्लाको जितपुर–सिमराकी बालिका गरिमा चौधरीको हत्यामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्दै मृत्युदण्डको व्यवस्था गर्नुपर्ने मागसमेत प्रदर्शनकारीहरूले गरेका छन् ।
२०७२ साल भदौ ७ गते थारु अधिकार, थरुहट पहिचानका लागि गरेको आन्दोलनमा घटित घटनाबाट ८ जनाको मृत्यु भएको थियो भने थारु समुदाय माथी झुठा मुद्धा लगाई राजबन्दी बनाइएको थियो । घटनाक संग सम्बन्धित लाल आयोगको प्रतिवेदन हाल सम्म सार्वजानिक गरिएको छैन् । सो घटनाको वास्तविक्ता नल्याई थारु समुदाय माथी टिकापुर घटनाको विभेद कायमै राखेको छ ।
राज्यको विभेद बिरुद्ध थारु कल्याणकारिणी सभा इनरुवा नगर समितिको संयोजकत्वमा इनरुवाको सोमवारे हटिया देखि जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला प्रहरी कार्यालय सहितको विद्रोह र्याली लोकतान्त्रिक चोकमा कोण सभामा परिनत गरिएको थियो ।

कोण सभामा बक्ताहरुले बोल्दै थारु समुदायको अधिकार, पहिचान र न्यायका लागि संघर्ष जारी राख्ने उनीहरूले बताएका छन् । थारु कल्याणकारिणी सभाका केन्द्रिय पार्षद रमेश चौधरीले घटनाको यथार्थता पुराना पार्टीले ल्याउन चाहेन न्या पार्टी र नयाँ सरकारले पनि किन आनाकानी गरिरहेको भन्दै विरोध जताएका छन् । यसैगरी उहाँले प्रधान मन्त्रि बालेन साहले आफनो छोरीका लागि सिंहदरवार जलाउछु भनेर स्टाटस लेखेका थिए भने गरिमा चौधरी प्रति किन कन्जुस्याई यो स्वार्थका राजनीतिक नेपाली जनताको लागि खतरा रहेको सचेत गराउनु भएको छ ।
कोण सभामा थारु कल्याणकारिणी सभा (था.क.स.) रामधुनी नगर सभापति राजकुमार चौधरीले टिकापुर घटनामा थारु माथी लगाएको झुठा मुद्धा विभेद विरुद्ध सुनसरीका थारु कल्याणकारिणी सभा पालिका स्तरीय भेला भई थरुहट विद्रोह दिवस सम्पन्न गरेको बताउनु भयो ।
थारु कल्याण्कारिणी सभा (था.क.स.) इनरुवा नगर समितिका सभापति रोहित चौधरीको सभाध्यक्षतामा आयोजित कोण सभामा सुनसरी उपाध्यक्ष जानकी चौधरी, थारु महिला सभा जिल्ला सभापति पार्वती चौधरी, था.क.स. इटहरी उपमहानगर समिति सभापति लक्ष्मि नारायण चौधरी, दुहवी कार्यवाहक सभापति विवेक चौधरीले आफनो धारणा राख्नु हुँदै लालआयोग प्रतिवेदनको तथ्य सार्वजानिकीकरण, झुठा मुद्धा फिर्ता, बालिका गरिमा चौधरीको हत्यारालाई फाँसीको सजाय, सर्वोच्च अदालतको फैसला कार्यन्वयनको माग गरेका छन् ।

थारु अगुवाहरूले राज्यले थारु समुदायका माग, आन्दोलन र अधिकारका विषयलाई गम्भीरतापूर्वक सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । टीकापुर घटनाको ११ औँ वर्षमा आयोजित उक्त ¥यालीले थारु समुदायको पहिचान, अधिकार, न्याय र राज्यबाट विगतमा भएका दमनको विषय पुनः बहसमा ल्याएको सहभागीहरूको भनाइ छ । उहाँहरुले विगतका घटनाको सत्य–तथ्य सार्वजनिक गरी पीडितलाई न्याय र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।

अगाडिकाे पाेस्ट

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

अर्काे पाेस्ट

रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft