मिति : २०८३ कार्तिक ७ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

by By: रामधुनी खबर
भदौ २०, २०८३
195

रामधुनी खबर संवाददाता
झुम्का, भदौ २० । श्रीकृष्ण जन्माष्टमीको अवसरमा सुनसरीको रामधुनी नगरपालिकाको झुम्का बजारमा शनिवार २२औँ श्रीकृष्ण रथयात्रा सम्पन्न भएको छ । झुम्का बजारमा प्रत्येक बर्ष झै यस बर्ष पनि झुम्का उद्योग वाणिज्य संघ रामधुनीको आयोजनामा धार्मिक तथा सांस्कृतिक उत्साहका साथ रथयात्रा सम्पन्न गरिएको हो ।
“सबै मिलेर समृद्ध, शान्त र एकताबद्ध नेपाल निर्माण गरौँ” भन्ने सन्देशसहित “एकता हाम्रो शक्ति, शान्ति हाम्रो पहिचान, मानवता हाम्रो धर्म” भन्ने नाराका साथ रथयात्रा आयोजना गरिएको थियो । रथयात्रामा लाखे नाच, स्थानीय व्यवसायी, भक्तजन तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

झुम्केश्वर मन्दिरबाट सुरु भएको रथयात्रा झुम्का बजार परिक्रमा गर्दै लगुना चोक र शिव चोकसम्म पुगेको आयोजक समितिले जनाएको छ । रथयात्राका क्रममा भक्तजनहरूले भगवान् श्रीकृष्णको पूजा–आराधना तथा जयजयकार गर्दै धार्मिक उत्सव मनाएका छन् ।
यस वर्ष देशको वर्तमान परिस्थितिले सबैलाई संवेदनशील, संयमित र एकताबद्ध हुन आह्वान गरिरहेको भन्दै आयोजकले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण ज्यान गुमाएका सम्पूर्ण नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको आयोजकले जनाएको छ ।

रथयात्रामार्फत द्वेष होइन सद्भाव, अशान्ति होइन शान्ति, विभाजन होइन एकता र निराशा होइन आशाको बाटो रोजौँ भन्ने सन्देशसमेत प्रवाह गरिएको थियो।
भगवान् श्रीकृष्णको जन्मोत्सवका अवसरमा आयोजना गरिएको २२औँ श्रीकृष्ण जन्माष्टमी रथयात्रा केवल धार्मिक उत्सवमा सीमित नभई धार्मिक आस्था, सामाजिक सद्भाव, शान्ति, एकता र मानवताको साझा सन्देश प्रवाह गर्ने माध्यम बनेको झुम्का उद्योग वाणिज्य संघ रामधुनीले जनाएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

अर्काे पाेस्ट

विनाशकारी बाढीको १३औँ दिन : ज्यान गुमाएका प्रति झुम्कामा शोक सभा र श्रदान्जली अर्पण सहित दिप प्रज्वलन

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft