मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

by By: रामधुनी खबर
भदौ २३, २०८३
289

रामधुनी खबर संवाददाता
झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
‘सहिदको सपना, सफा, सुन्दर, शान्त नेपालको परिकल्पना’ भन्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा पूर्वविद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालय परिसर तथा आसपासको क्षेत्रमा सामूहिक रूपमा सरसफाइ गर्दै स्वच्छ वातावरण निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिइएको छ ।
जेनजी शहीदहरूको सम्झनामा भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’का रूपमा स्मरण गर्दै विभिन्न कार्यक्रम आयोजना भइरहेका बेला भासि माध्यमिक विद्यालयमा भने आन्दोलनको सकारात्मक र रचनात्मक पक्षलाई जोड दिँदै सरसफाइ कार्यक्रम आयोजना गरिएको हो ।


कार्यक्रममार्फत जेनजी पुस्तालाई आगजनी, तोडफोड र विध्वंसात्मक गतिविधि भन्दा पनि समाज परिवर्तनका लागि रचनात्मक तथा सकारात्मक काममा अग्रसर हुन प्रेरित गरिएको आयोजकले जनाएको छ ।
रामधुनी नगरपालिका–१ नं. वडा कार्यालय र श्री भासि माध्यमिक विद्यालयको आयोजनामा भएको कार्यक्रममा सामूहिक सरसफाइको महत्वबारे विद्यार्थीहरूलाई जानकारी गराइएको थियो । सार्वजनिक स्थल, गाउँ–टोल, विद्यालय, बाटो तथा सडकको सरसफाइले समुदायको स्वास्थ्य, वातावरण र सभ्यतालाई प्रतिबिम्बित गर्ने भएकाले सरसफाइलाई सबैको साझा जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा विद्यालयका नेपाली विषयका शिक्षक जनक कोइरालाले सामूहिक सरसफाइको महत्वबारे जानकारी दिँदै अभिभावकसहितको सहभागितामा गरिने यस्ता कार्यक्रमले विद्यार्थीमा सरसफाइ प्रतिको व्यवहारिक ज्ञान र जिम्मेवारीको भावना विकास गर्ने बताउनुभयो । उहाँले विद्यालयमा मात्र नभई घर, टोल तथा सार्वजनिक स्थानको सरसफाइमा समेत विद्यार्थी आफैं अग्रसर हुन सक्ने क्षमता विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने धारणा व्यक्त गर्नुभयो ।
यसैगरी कार्यक्रमका संयोजक तथा रामधुनी नगरपालिका–१ का वडाध्यक्ष महेश कुमार चौधरीले जेनजी आन्दोलनलाई रचनात्मक दिशातर्फ लैजानुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले आन्दोलनका क्रममा सरकारी कार्यालयलगायतका संरचनामा आगजनी र विध्वंसका घटना देखिए पनि समाज परिवर्तनका लागि रचनात्मक काम पनि गर्न सकिन्छ भन्ने अवधारणा विकास गर्न सरसफाइ कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।


“आन्दोलन भनेको आगजनी र विध्वंस मात्र होइन, समाजमा सकारात्मक परिवर्तन ल्याउने रचनात्मक काम पनि हो भन्ने अवधारणा जेनजी पुस्तामा विकास गर्न आवश्यक छ,” उहाँले भन्नुभयो, “त्यसैलाई व्यवहारमा देखाउन सामूहिक सरसफाइ कार्यक्रम आयोजना गरेका हौँ ।”
कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थी तथा सामाजिक अभियन्ताहरूको समेत सहभागिता रहेको थियो । नयाँ पुस्ता तथा जेनजी युवालाई सरसफाइसँगै व्यवहारिक र सामाजिक शिक्षातर्फ प्रेरित गर्ने उद्देश्यले पूर्वविद्यार्थीहरू सहभागी भएका हुन् ।
पूर्वविद्यार्थी तथा सामाजिक अभियन्ता अनिश चौधरीले विद्यार्थीलाई आधारभूत तहदेखि नै व्यवहारिक र सामाजिक जिम्मेवारीसहितको शिक्षातर्फ प्रेरित गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनु भयो । उहाँले विद्यालयमा प्रदान गरिने शिक्षालाई व्यवहारसँग जोड्दै सामाजिक उत्तरदायित्व, सरसफाइ र सामूहिक कार्यप्रतिको भावना विकास गराउन कार्यक्रमले सकारात्मक सन्देश दिएको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक, अभिभावक तथा पूर्वविद्यार्थीहरूले विद्यालय परिसरमा सामूहिक रूपमा सरसफाइ गर्दै स्वच्छ, सफा र हराभरा वातावरण निर्माणका लागि आफूहरूबाटै सुरुवात गर्ने प्रतिबद्धता जनाएका छन् ।

अगाडिकाे पाेस्ट

विनाशकारी बाढीको १३औँ दिन : ज्यान गुमाएका प्रति झुम्कामा शोक सभा र श्रदान्जली अर्पण सहित दिप प्रज्वलन

अर्काे पाेस्ट

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft