मिति : २०८३ साउन ११ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नेपाल अण्डा उत्पादक संघ केन्द्रियको इटहरीमा १६ औ साधारण सभा सम्पन्न

by By: रामधुनी खबर
माघ १७, २०७७
763

चन्द्रकला चौधरी
झुम्का, माघ १७ । नेपाल अण्डा उत्पादक संघको १६ औं केन्द्रिय साधारण सभा सुक्रवार इटहरीमा सम्पन्न भएको छ । देश भरिका अण्डा उत्पादक ब्यवसायीको उपस्थितीमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा जिल्ला प्रमुख अधिकारी फनिन्द्र मणी पोखरेल रहनु भएको थियो ।
उहांले कार्यक्रममा खुल्ला सिमानाका काराण अबैध अण्डा ओसार पोसार भैरहेकोले नियन्त्रणकालागी आवश्यक कदमहरु चाल्ने प्रतिबद्धता जनाउनु भयो । महामारीले थलिएको अण्डा बजारीकरण प्रवद्र्धनकालागी अण्डा उपभोगलाई संस्कार बसाल्नु पर्ने भन्दै सचेतनाहरु प्रवाह गर्नु पर्ने बताउनु भयो । यसले खबपतमा बृद्धि भई ब्यवसायमा लाग्नेहरु बिस्थापित कम हुने सम्भावनाका बारेमा बताउनु भयो । सिमा क्षेत्रमा कुखुरा फर्महरु संचालनले किसानहरु मारमा परेकोले सिमाका पालिका प्रमुखहरु संग समन्व्य गरीनु पर्नेमा सुझाव समेत दिनु भयो ।
कार्यक्रममा प्रस्तुत प्रतिवेदनबाट संस्थाले अण्डा उपभोग बृद्धी गर्नकालागी सचेतना कार्यक्रम संचालन, अण्डाको उचित मुल्य निर्धारणकालागी किसानहरुको तर्फबाट संघर्षका कार्यक्रम, बागमति स्तरीय सहकारी संस्था दर्तागरी अण्डा बजारब्यवस्थापन गर्ने, अवैधानिक बिदेशी अण्डा आयातमा रोक लगाउन नेपाल सरकार तथा अन्य निकायलाई पत्रचार तथा ध्यानआकर्षण गरेको प्रतिवेदनमा उल्लेख रहेको छ । आर्थिक तर्फ आ.ब. २०७६÷७७ मा रु ३२ लाख ४६ हजार ३ सय ८८ रुपैयाको आय पार्दशिता गरेको छ ।
कार्यक्रममा किसानका तर्फबाट बोल्ने बिभिन्न क्षेत्रका प्रतिनिधीले आफ्नो समस्याहरु प्रस्तुत गर्दै अण्डा उत्पादकलाई प्रवद्र्धन गर्न प्रदेश सरकारबाट निति ल्याई बजेट बिनियोजन गर्नु पर्ने बताए । सरकारले देशको आर्थीक मेरुदण्डकोरुममा पोल्ट्री क्षेत्रलाई मानेता पनि महामारीले थला परेको अवस्थामा पनि कुनै वास्था नगरेको, दाना तथा चल्लाको मुल्य उच्च भएको तर उत्पादीत अण्डाले भने उचित मुल्य नपाएको गुनासो गरेका थिए । अण्डा उत्पादनमा बिदेशी लगानी भित्रिए यहाका साना किसान बिस्थापित हुने सम्भावना रहेकोले यसकलागी सरकारले बिचार गर्नु पर्ने संघका केन्द्रिय सदस्य भरत कार्कीले जानकारी दिए । कार्यक्रममा पशुपंक्षि तथा मत्यस्य बिकास केन्द्रका डा. लेखराज दाहाल, सुनसरी सिमा सुरक्षाबल प्रमुख माधव पौडेल, संघ सुनसरीका प्रतिनिधि धनसेर राई, संघ ंझापा अध्यक्ष डम्बर बिष्ट, मोरंगका टेकबहादुर खनालले समस्या र चुनौतीका बारेमा बोलेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष शिवराम के.सीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अगाडिकाे पाेस्ट

झुम्कामा थप रु ६० करोडको खानेपानी आयोजना अनुदान ः आयोजना ६ हजार घरधुरी क्षमताको रहने

अर्काे पाेस्ट

रामधुनीको १८ बर्षीय विश्वकर्माको अन्तरजातिय प्रेम विवाहको कारण बन्यो आत्महत्या

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft