मिति : २०८३ असार २१ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

डिहवार(ग्रामथान)को प्रमुख समस्या उठान गर्दै सरकारसंग संरक्षणको ठोस नीति र योजनाको माग

by By: रामधुनी खबर
चैत्र २९, २०७७
930

सुनिल चौधरी
झुम्का, चैत्र २९ । मानव सभ्यतासंगै लोककल्याण प्रति आस्थावान स्थापना भएको डिहवार (ग्रामथान) धरोहर राज्यको ठोस नीतिगत अभावले संकटमा पर्दै गएको अवस्थामा ग्रामथान संरक्षण समिति सुनसरीले सरकारलाई ध्यानाकर्षण गरेको छ । नयाँबर्षको आगमन र सिरुवा पर्व सुरुवात हुनुपुर्व डिहवारका प्रमुख समस्याहरु उठान गर्दै नीतिगत रुपमै सामाधान गर्न सनिवार पत्रकार सम्मेलनगरी ध्यानाकर्षण गरेको हो ।
ग्रामथानले चर्चेको जग्गा अतिक्रमण लगायत बिकासका नाममा ग्रामथान भत्काउने जस्ता प्रमुख समस्याहरु रहेको ग्रामथान संरक्षण समितिका अध्यक्ष तेजनारायण चौधरीले बताए । सो समस्याले थारु समुदाय परम्परागत रुपमा मान्दै आएको संस्कार गर्नबाट पनि बञ्चित भइरहेको उल्ने जानकारी दिए । पत्रकार सम्मेलनमा इटहरीको मुख्य चौकमै रहेको बिच्छुधामी ग्रामथान सडक बनाउने नाममा कुनै बिकल्पन नदिई बिस्थापित गर्न लागेको गहदार अशोक चौधरीले समस्या राखे । त्याहा सडकको अवधारणा सम्म नभएको अवस्था पुर्वनै ग्रामथान रहेकोले सरकार बिकल्प सहितको संरक्षण योजना ल्याउनु पर्ने समितिकी अध्यक्ष सुशिला चौधरीले बताईन् । रामधुनी वडा नं. ४ का ग्रामथान हटाउन भुमाफियाले उच्च अदालत सम्म मुद्धा रिट दायर गरेको पत्रकार सम्मेलनमा समस्या आएको छ । सो ग्रामथान हटाउन जिल्ला र उच्चअदालत बिराटनगरमा ग्रामथानको नाममा घरटहरा बनाउने मुद्धा दायर भएको संरक्षक रामप्रसाद चौधरीले समस्या प्रति उठान गर्दै सामाधानकालागी पहल हुनुपर्ने बताए ।
रामधुनी वडा नं. १ स्थित जितनधामी ग्रामथानको समस्या पनि चर्चेको जग्गा अतिक्रमण र ग्रामथान जाने बाटोनै मिचेको समस्या समितिका अध्यक्ष श्रवण चौधरीले राखे । इटहरी उपमहा नगरपालिका वडा नं. २ को नरसिंह सुब्बा ग्रामथानमा पनि चर्चेको जग्गा अतिक्रमणकै समास्या उठान भएको छ । इटहरीकै वडा नं. ४ का हुदुटोल स्थित गेदुधामी ग्रामथानको समस्या जग्गाकै रहेको छ । रामधुनी वडा नं. ३ सौनधामी ग्रामथानको समस्या ब्यक्तिले जग्गा मिचेको समस्याहरु रहेको समितिका संयोजक बसन्त चौधरीले बताए ।
समस्या प्रति अबका दिनहरुमा पनि ध्यान र चासो हुन सकेन भने १० बर्ष पछि थारु समुदायको पहिचाननै समाप्त हुने निश्चितनै रहेको पत्रकार सम्मेलनमा सहभागीहरुले बताए । पहिचान संरक्षणकालागी समस्या उठान गर्दै मुद्धा सरकार सम्म पुर्याउन पत्रकारहरुमा अपिल गर्दै संरक्षणको ठोस नीति र योजना ल्याउनु पर्ने पत्रकार सम्मेलन मार्फत ग्रामथान संरक्षण समिति सुनसरीले माग गरेको छ ।

अगाडिकाे पाेस्ट

खेलकुद र पर्यटन बिकासकालागी रामधुनीमा प्रदेश स्तरीय दोस्रो मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

अर्काे पाेस्ट

परम्परागत महत्व दर्शाउदै थारु महिला सभा सुनसरीको सामुहिक जुर–शीतल तथा शिरुवा कार्यक्रम

सम्बन्धित अरु

समाचार

सुनसरी मोरङ्ग सिचाई आयोजना एस.एस.जे झुम्काको १५ औँ साधारण सभा सम्पन्न

भदौ १३, २०८२

चन्द्रकला चौधरीझुम्का, भदौ १४ । सुनसरी मोरङ्ग सिचाई आयोजना जल उपभोक्ता समन्वय समिति एस.एस.जे झुम्काको सुक्रवार साधारण सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को गतिविधिहरु सार्वजानिक गर्दै १५...

समाचार

रामधुनी नगरपालिकाको १७ औँ नगर सभाबाट संशोधन र थप कार्यक्रम पारित

पुष २९, २०८१

रामधुनी खबर संवाददाताझुम्का,पौष २८ । रामधुनी नगरपालिकाको १७ औँ नगर सभा सम्पन्न भएको छ । आ.ब.२०८१÷०८२ को बजेट रकम र योजनामा संशोधन र थप कार्यक्रम पारित गर्दै शनिवार १७ औँ...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft