मिति : २०८३ साउन ११ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

इटहरी स्थित कचना ग्रामथानमा थारु समुदायलाई पुजाआजा गर्नबाट बञ्चित गरायो

by By: रामधुनी खबर
बैशाख ४, २०७८
1158

सुनिल चौधरी
झुम्का, बैशाख ४ । इटहरी स्थित कचना ग्रामथानको अवशेष अस्तित्वविहिन पार्दै बर्षमा एकपटक बैशाख ३ गते पनि थारु समुदायलाई पुजाअर्चना गर्नबाट बञ्चित गराएको छ । प्रत्येक बर्ष थारु संस्कार अनुसार बिधिवत पुजाआजा गर्दै आएकोमा यस बर्ष समिति, वडा कार्यालय र प्रहरी प्रशासनले एकतर्फी रुपमा निर्णयगरी बिशेष दिनमा ग्रामथानमा तालाबन्दि गर्दै त्याहाका स्थानिय समुदायलाई पुजाआजा गर्न बञ्चित गराएको हो ।
पुजाआजाकालागी सुक्रवार तयार रहेका चौधरीटोलका थारु समुदाय यसबर्ष पुजागर्नबाट बञ्चितहुदा परम्परा र संस्कारनै हराउने चिन्ता थपेको छ । बिहान देखी पुजा सुरु गर्नु पर्नेमा ग्रामथानमा ताला लगाई थारु समुदायलाई धार्मिक अनुष्ठान गर्ने संबैधानिक अधिकार हनन् भएको छ भने धर्मनिरपेक्ष्य मान्यतालाई कुन्ठित गर्ने प्रयास गरेको छ । बिहान देखी हामि पुजा गर्न तयार थियौँ तर कोरोनाको महामारी देखाएर ग्रामथानमा ताला बन्दी गर्दा परम्परागत संस्कारलाई मास्न खोजेको स्थानीय चौधरी टोलकी सुशिला लेखीले बताईन । ग्रामथानमा पुस्तौ देखीको मान्यतालाई नामेट पार्न खोजेको आरोप रहेको छ । तथापी पनि ताला खोल्न धेरै प्रयास गर्दा पनि ५ः०० बजे बेलुका मात्रै ढोका खोल्न दिएर भाकल चढाएको लेखीले बताइन् । लेखीले आफु ग्रामथानको ताला खोल्न कार्यवाहक अध्यक्षलाई अनुरोध गर्दा समिति र वडाकार्यालयको निर्णय रहेको भन्दै साँचो दिन नमानेको लेखीले जानकारी दिईन् । यो सरासर संस्कारमाथी हमला भएको लेखी धारणा रहेको छ ।
कचना मन्दिर समितिमा गैरथारुहरुको कब्जा रहेकोले थारु समुदायको मान्यतालाई बुझन नसकेको समितिको सदस्यमा रहेकी सुशिला चौधरीले जानकारी दिईन् । बैशाख ३ गते मन्दिर बन्दगर्ने समितिको निर्णयमा म बिमति जनाए तथापी पनि कार्यवाहक अध्यक्षले एकल निर्णय गर्दै अगाडी बढ्दा आफु हस्ताक्षरनगरी बिरोध जनाएको चौधरीको भनाईरहेको छ । समयमा बिधिवत पुजागर्न नदिदा थारुले मान्दै आएको संस्कारमाथि प्रत्यक्ष आक्रमण भएको उन्को धारणा रहेको छ । समितिको अध्यक्षमा गणेश कार्की रहेको छ । कार्की बिदेश रहदा भने कार्यवाहक अध्यक्ष भट्टराई रहेको छ ।
इटहरी वडा नं. ४ मा रहेको धार्मिक मान्यता अनुसार कचना डिहवार(ग्रामथान) शक्तिशाली रहेको मानिन्छ । थारु समुदायले पुरानै कालखण्ड देखी स्थापना गरेको सो ग्रामथान हालमा आएर संकटमा परेको देखिन्छ । कचना ग्रामथानलाई गैरथारुहरु समितिमा कब्जा गरेर मन्दिरमा परिवर्तनगरी अवशेषनै नामेट पारेको छ । प्रकृतिपुजक थारु समुदाय ग्रामथानमा मुर्ति नराखी मान्दै आएकोमा गैर थारुहरुले त्याहा शिवलिङ्ग, गणेश मुर्ति राख्न लगाएको छ । ग्रामथानको नाम परिवर्तन गरी मन्दिर, कचना महादेव नामाकरण गर्न दुसप्रयास भएको छ । कचना ग्रामथाकै सांस्कृतिक भुमि क्षेत्रफल अनुसार बिगहामा रहेको थियो हालमा आएर अतिक्रमण र मिचाईको सिकारहुदै क्षेत्रफल धुरमा बाँकी रहेको छ । त्याहाका सांस्कृतिक भुमि बिकासका नाममा खानेपानि, सैनिक ब्यारेक,वडाकार्यालय बसाएर थारु समुदायको आस्थावान ग्रामथान संकट अवस्थामा पुगेको छ ।

अगाडिकाे पाेस्ट

परम्परागत महत्व दर्शाउदै थारु महिला सभा सुनसरीको सामुहिक जुर–शीतल तथा शिरुवा कार्यक्रम

अर्काे पाेस्ट

युवा सरकार स्थापना गर्दै बराहक्षेत्रमा संसद बैठक संचालन

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft