मिति : २०८३ असोज २३ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बिजय गच्छदारलाई लगाएको आरोपमा न्यायलयले गरेको फैसलामा था.क.स.सुनसरीद्धारा स्वागत

by By: रामधुनी खबर
फागुन ६, २०८०
440

रामधुनी खबर संवाददाता
झुम्का, फागुन ६ । राजनीतिककर्मी तथा थारु धरोहर बिजयकुमार गच्छदारलाई चरित्रहत्या गर्न लगाएको ओरोपमा न्यायलयले गरेको निर्णय तथा फैसलालाई थारु कल्याणकारिणी सभा (था.क.स.) सुनससरीले स्वागत गरेका छन् । देश र जनता प्रति वफादार भएर सेवा प्रति निःस्वार्थ भावले समर्पित गर्नु भएका एक कुशल राजनीतिककर्मी गच्छदारलाई राजनीतिक जिवन समाप्त गर्न लगाएको झुठा आरोप बिरुद्ध स्वतन्त्र न्यायलयले स्वतन्त्र रुपले निर्णय गरेको प्रति विज्ञप्ती जारीगरी स्वागत गरेको था.क.स.सुनसरी सभापति सगेन चौधरीले जानकारी दिएका हुन् ।
“बिजयकुमार गच्छदार ज्यु नेपाली राजनीतिकको बलियो पात्र हुनुका साथै थारुहरुको धरोहर पनि हुन्,” था.क.स.सुनसरी सभापति सगेन चौधरीले भने, “नेपालको पूर्व देखि पश्चिम सम्मको विकासमा उहाँको अहम भुमिका छ, नेपाली राजनीतिमा समय–समयमा देश र जनताका लागि बलियो पक्ष बन्ने क्षमता राख्दछ, उहाँले देशमा आएको संक्रमणकालमा राजनीतिक दलका प्रमुख नेताहरुलाई एकै ठाउँमा उभ्याएर नेपालको संविधान स्थापित गर्न र लोकतन्त्र, गणतन्त्रका लागि उहाँको अहम भूमिका रहेको छ, यसले आज नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानका लागि संविधान सुरक्षित र जनताको सार्वभौम अधिकार, स्वायतता र स्वशानको अधिकार स्थापित भएको छ, उहाँको यति ठुलो देन रहेकोले देश र जनता बिरुद्ध जानै सक्नु हुन्न तसर्थ थारुहरुको मात्र हैन नेपालकै धरोहर हुन् तर राजनीतिक पूर्वाग्रह राखि चरित्रहत्या गर्न खोजिएकोले त्यसलाई निस्तेज पार्दै आज न्यायलयबाट गच्छदार ज्युले न्याय पाउनुभएको छ, सत्यको जित भएकोले सम्मानित न्यायलयको फैसलालाई सम्मान गर्दै स्वागत गरेका छौँ” भन्दै था.क.स.सुनसरी सभापति चौधरीले स्वागत बिज्ञप्ती जारी गरेको बताए ।
बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको भ्रष्टाचार मुद्दा तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार आरोपित थिए । २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्दा तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदारलाई अभियोग लगाएको थियो । सो अभियोगमा बिशेष अदालतले फैसला गर्दै गच्छदारले न्याय पाएका छन् । विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले मन्त्रीहरुलाई दोषी ठहर गर्न नमिल्ने फैसला गरेको हो ।
प्रेस विज्ञप्ती
सुनसरी जिल्लाबाट राजनीतिक रुपमा अगाडी बढ्दै देश र जनता प्रति वफादार भएर सेवा प्रति निःस्वार्थ भावले समर्पित गर्नु भएका एक कुशल राजनीतिककर्मी बिजय कुमार गच्छदार ज्यु विगतमा पनि देश प्रति निःस्वार्थ सेवा भावमा रहनु भयो र आज पनि देश प्रति सेवा भावमा नै हुनुहुन्छ । उहाँ नेपाल र नेपाली प्रति आफनो जिवन राजनीतिकमा समर्पित गर्नुभयो । यहि सेवा भावको मुल्याङ्कन गर्दै सम्मानित स्वतन्त्र न्यायलयले स्वतन्त्र रुपले न्याय गर्दै नेता बिजय कुमार गच्छदार ज्यु लाई लगाएको आरोपमा निर्दोष ठहर गरेको छ । सम्मानित स्वतन्त्र न्यायलयलाई सम्मान गर्दछौँ ।
बिजय कुमार गच्छदार ज्यु नेपाली राजनीतिकको बलियो पात्र हुनुका साथै थारुहरुको धरोहर पनि हुन् । नेपालको पूर्व देखि पश्चिम सम्मको विकासमा उहाँको अहम भुमिका छ । नेपाली राजनीतिमा समय– समयमा देश र जनताका लागि बलियो पक्ष बन्ने क्षमता राख्दछ । उहाँले देशमा आएको संक्रमणकालमा राजनीतिक दलका प्रमुख नेताहरुलाई एकै ठाउँमा उभ्याएर नेपालको संविधान स्थापित गर्न र लोकतन्त्र, गणतन्त्रका लागि उहाँको अहम भूमिका रहेको छ । यसले आज नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानका लागि संविधान सुरक्षित र जनताको सार्वभौम अधिकार, स्वायतता र स्वशानको अधिकार स्थापित भएको छ ।
देश र जनताका लागि सदैव चिन्तित रहनुहुने गच्छदार ज्यु को राजनीतिक जिवन समाप्त गर्न झुठा आरोप लगाएको हो । ललिता निवास जग्गा प्रकरणमा फसाउनु राजनीति पुर्वाग्रह पनि हो । यस प्रकरणमा मुख्य योजनाकार गच्छदारलाई चिनाउनु र राजनीतिक चरित्रहत्या गर्न प्रपञ्च गरिएको हो । तथापी पनि उहाँ अडिग रहनु भयो । गल्ती नगरेकोले सत्यताले उहाँ अडिगता कायम राख्नु भयो । यस खतरनाक प्रपञ्च, छल, कपट देशका लागि अहित, नश्लिय र निन्दनीय रहेको थारुकल्याणकारिणी सभा जिल्ला सुनसरीले ठहर गरेको छ ।
अन्ततः देशहितमा काम गर्दै आएको नेता बिजय कुमार गच्छदार ज्यु लाई राजनीतिक पूर्वाग्रह राखि लगाएको झुठा आरोप आज निस्तेज भएको छ । असत्य माथी सत्यको बिजय भएको छ । उहाँलाई आगामी दिनमा अडिग र निडर भएर देश सेवा भावमा लाग्दै नेपाल र नेपालीलाई सबै पक्षको विकासको बाटोमा डोर्याउनु हुन्छ भन्दै कार्यसफलताको कामना सहित थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति सुनसरी परिवारबाट हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
सगेन चौधरी
सभापति
थारु कल्याणकारिणी सभा,सुनसरी

अगाडिकाे पाेस्ट

रामधुनीमन्दिरमा कार्कीले गैरकानूनी कार्यगरेको अदालतको फैसलामा महन्तद्धारा न्याय कार्यन्वयनको माग

अर्काे पाेस्ट

बिद्यार्थीहरुमा नेतृत्व र व्यवहारिक क्षमतालाई प्रोत्साहन गर्दै लर्डबुद्ध इन्टरनेशनल स्कुलको दोस्रो वसन्त उत्सव

सम्बन्धित अरु

समाचार

रामधुनी–४ मा १६० जना जेष्ठनागरिक, गरिब, दलितहरुलाई ब्ल्याङ्केट वितरण

असोज २२, २०८३

रामधुनी खबर संवाददाता झुम्का,असोज २२ । रामधुनी ४ नं. वडा कार्यालयले वडाका जेष्ठनागरिक, गरिब, दलितहरुमा मंगलवार ब्ल्याङ्केट वितरण गरेका छन् । जाडो मौसमको सुरुवात संगै चिसो मौसममा हुन सक्ने जोखिम...

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft