मिति : २०८३ असोज २३ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनीमन्दिरमा कार्कीले गैरकानूनी कार्यगरेको अदालतको फैसलामा महन्तद्धारा न्याय कार्यन्वयनको माग

by By: रामधुनी खबर
फागुन ६, २०८०
1015

रामधुनी खबर संवाददाता
झुम्का, फागुन ६ । रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले ऐतिहासिक धार्मिक धरोहर रामधुनी मन्दिरमा गैरकानूनी कार्यगरेको सम्मानित सुनसरी जिल्ला अदालतले ठहर गरेको छ । अध्यक्ष कार्कीलाई बिना इजाजत वन पैदावार कटानी तथा चोरी निकासी दोषी करार र बलजफती पूजा बन्द गराएको ठहर गर्दै गैरकानूनी रुपले कार्य गर्न नहुने भन्दै आदालतको निर्णय र फैसला सहित पूजारी महन्त कासी दास उदासीले शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
पूजारी महन्त उदासीले अदालतको फैसला सार्वजानिक गर्दै ऐतिहासिक फलफुलका रुख कटानी तथा चोरी निकासीमा जरिवना गरी समेत सम्मानित जिल्ला अदालतबाट अन्तिम फैसला भई आएको जानकारी दिएको छ । धर्मलोपगरी रामधुनी गुठी मन्दिरको हानी नोकसानी गरेको र संस्था तथा संस्थाको कार्की अध्यक्षले संस्थाको विधान उधेश्य विपरित कार्य गरेको सम्मानित जिल्ला अदालतले निर्णय गरेको महन्त उदासीले जानकारी दिएको छ । अदालतबाट दोषी ठहर गरेपनि अदालतको अपहेलना र पुनः पूजारी महन्त र साधुसन्तहरुलाई पिडित गर्नेगरी गैरकानूनी रुपले कार्य गरिरहेकोले पत्रकार सम्मेलन मार्फत पूजारी महन्त कासी उदासीले सम्बन्धीत सरोकारवालाहरुबाट न्याय कार्यन्वयनको माग गरेका छन् ।


नेपाल सरकारले रामधुनी मन्दिरको २२ हेक्टर क्षेत्रफल रहनेगरी धार्मिक वन भनिएको छ । सो रामधुनी मन्दिर गुठी धार्मिक वन र मन्दिरको महन्तमा गुठी संस्थानले संरक्षणका लागि कासीदास उदासीलाई महन्त पदमा मिति २०८०÷०१÷३१ गते पाँच बर्षका लागि नियुक्त र नविकरण गरिएको छ भने रामधुनी मन्दिर महन्त कासीदास उदासी २०२५ साल देखि निरन्तर रामको अमर आगो धुनी पूजा गर्दै आएको महन्तले प्रमाण र कागजातहरु देखाएका छन् । प्रमाणले पूजारी महन्त उदासी गुठी संस्थानले दिएको काम कर्तव्य अधिकारले बैधानिक देखिन्छ ।
सम्मानित जिल्ला अदालत निर्णय फैसला अनुसार रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कार्कीलाई बिना इजाजत वन पैदावार कटानी तथा चोरी निकासी मुद्धामा रु १४ हजार रुपैया जरिवना गरेको छ । मिति २०७८ साल भदौ १६ गतेको फैसलामा जिल्ला वन डिभिजन कार्यालयको बिना इजाजत रामुधनी गुठी मन्दिर परिसर भित्र ऐतिहासिक कालदेखि रहेको काँचो जामुन, आँप, कटहर, अमलाको रुख काटी कटाई चोरी निकासी गरेको ठहर गर्दै जरिवना गरेको हो ।
गुठी संस्थानबाट पनि संस्थानको काम कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था २०७३ को विपरित कार्य गरेकोले गुठी संस्थान प्रधान कार्यालय काठमाण्डौँबाट समेत त्यस्तो कार्य नगर्न निर्दैशन दिई कारवाही गरेको कागजात प्रमाणहरु देखाउँदै पूजारी उदासीले जानकारी दिए ।


महन्त कासीदास उदासीको अर्को निवेदनमा माथी सम्मानित उच्च अदालत विराटनगरबाट परम्परादेखि चलि आएको नित्य पूजा आजा गर्न र धुनी बाल्नका लागि काठ उपलब्ध गराउने कार्यमा अबरोध नगर्नु भनि डिल्ली कार्की र कार्कीको संस्था रामधुनी बाबा बनखण्डी मन्दिर व्यवस्थापन समितिको नाममा अन्तरिम आदेश जारी भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । सम्मानित जिल्ला अदातबाट संस्थाको अध्यक्ष कार्कीलाई बिधान विपरित कार्य गरेको ठहराएको भन्दै संस्था खारेज हनुपर्ने र अदालतको निर्णय विपरित यहा कार्य गर्न नपाउने हुँदाहुँदै पनि डिल्ली कार्की र अध्यक्ष रहेको संस्थाबाट बलजफती आएर गैरकानूनी कार्य गरिरहेको कासीदास उदासीले दावी गरेका छन् ।
“रामधुनी मन्दिरमा कार्कीले २०७७ श्रावण देखि २०७८ भदौ सम्म धुनी बाल्न दाउरा समेत नदिएर हारगुहार गर्न बाध्य पारेको थियो” कासीदास उदासीले भने, “तथापी पनि रामधुनीलाई जसोतसो निरन्तरता दिएका थियौँ”। पूजारी उदासीका अनुसार अन्नभण्डार गृहमा अनाधिकृत कब्जा गरिएको, बाबा पूजारीहरुलाई गालीगलौज धम्की दिने गरेको बताए ।


गएको बिवाह पञ्चमी मेला पछि तिन दिन डिल्ली कार्की र कार्कीको संस्थाका समितिका पदाधिकारीहरुले धुनी मन्दिरमा ताल्चा लगाएर पूजा समेत गर्न नदिएकोले उल्टै दानपेटिकाबाट पैसा चोरीको आरोप लगाई प्रहरी सम्म लगेको भन्दै पूजारी उदासी साधुसन्तहरुलाई अपमान गर्दै आएको बताए । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा पटक पटक निवेदन दिदा समेत कुनै कारवाही नगरेकोले पत्रकार सम्मेलन मार्फत सरोकारवालाहरुबाट न्याय कार्यन्वयन र न्यायका लागि पूजारी महन्त कासी दास उदासीले अपिल र अनुरोध गरेका छन् ।
गुठी संस्थानले डिल्ली कार्कीको अध्यक्षतामा समितिको अधिकार २०७९÷०१÷०४ गते उपलब्ध गराएको छ । समितिको पदावधि गठन भएको तिन बर्ष सम्म रहने जनाएको छ । कार्कीको अध्यक्षतामा समितिले अधिकार पाएपनि अदालतबाट चोरी निकासी ठहर भएपछि गुठी संस्थानले संस्थानको कामकर्तव्य र अधिकार सम्बन्धी व्यवस्था २०७३ को विपरित कार्य गरेकोले गुठी संस्थान प्रधान कार्यालय काठमाण्डौँबाट त्यस्तो कार्य नगर्न निर्दैशन दिदै कारवाही गरिएको छ भने महन्त कासीदास उदासीलाई मिति २०८०÷०१÷३१ गते पाँच बर्षका लागि महन्त पदमा नियुक्त र नविकरण गरेको देखिन्छ ।
गुठी संस्थानले महन्त पदमा नियुक्त र नविकरण गर्दै अधिकार पनि कबुलियतनामा गरेको छ । गुठी संस्थानको कबुलियतनामा अनुसार महन्तले रामधुनी मन्दिरमा दानपत्र, लिखत परम्परा, रीतिथिती वमोजिम पर्व, पूजा, जात्रा, आदि चलाउने, चलाउन लगाउने, मठको सम्पतिको संरक्षण गर्ने, मठ अनुकुलको धार्मिक आचरण गर्ने गराउने, मठ मन्दिरमा चढ्ने भेटीघाटीको व्यवस्था गर्ने लगायतका १२ बुद्धे कबुलियत नामा गरिएको छ ।

अगाडिकाे पाेस्ट

प्रदेश मुख्यमन्त्री कार्कीबाट रामधुनी एक्स्पो २०८० उद्धघाटन, एक्स्पोले जनजिविकामा परिवर्तन ल्याउने अपेक्षा

अर्काे पाेस्ट

बिजय गच्छदारलाई लगाएको आरोपमा न्यायलयले गरेको फैसलामा था.क.स.सुनसरीद्धारा स्वागत

सम्बन्धित अरु

समाचार

रामधुनी–४ मा १६० जना जेष्ठनागरिक, गरिब, दलितहरुलाई ब्ल्याङ्केट वितरण

असोज २२, २०८३

रामधुनी खबर संवाददाता झुम्का,असोज २२ । रामधुनी ४ नं. वडा कार्यालयले वडाका जेष्ठनागरिक, गरिब, दलितहरुमा मंगलवार ब्ल्याङ्केट वितरण गरेका छन् । जाडो मौसमको सुरुवात संगै चिसो मौसममा हुन सक्ने जोखिम...

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft