मिति : २०८३ असोज १९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

दशैमा ब्यवसाय भएन, मंसिरमा आश छ” ः रामधुनी सुन चाँदी व्यवसायी संघ

by By: रामधुनी खबर
मंसिर १६, २०७७
517

झुम्का,पछिल्लो समयमा झुम्का स्थित सुनचाँदी तथा गरगहनाको कारोवार गर्नेहरु बढे अनुसार पसल पनि उतिकै मात्रामा पनि संचलनमा रहेको छ । बिश्वासको आधारले झुम्कामा किनमेल, खरिद बिक्री गर्नेहरु बृद्धि हुनु स्वभाविकनै हो । सुनचाँदी ब्यवसाय व्यवसायीक हिसाबले कारोवार विवाह लगनको समयमा या दशै, तिहार, छठ, तिज जस्ता राष्ट्रिय चाड पर्वमा हुने गर्छन् । तिज पर्व भैसकेर दशै पर्व आइसकेको छ । दशै आउछन् ! कारोवार हुन्छन् होला ! आशै आशमा दशै पनि आयो ! सुनचाँदी ब्यवसायीहरुको ब्यापार ब्यवसाय भने आएको छैनन् । अब भने विवाह तथा लगनको समय मंसिर महिना तिरहुने भन्दै ठुलै आशमा रहेको छ झुम्का बजारका सुनचाँदी ब्यवसायीहरु ।सुन चाँदी व्यवासायी संघ रामधुनी नगरकार्य समितिले बिहिवार दशमी, दिपावली, छठ, नेपाल सम्बत, म्ःह पुजा, नेपाल सम्वतको अवसरमा अयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा नगर समितिका सह–कोषाध्यक्ष हरि कार्कीले हामी सुच चादी व्यवसायीहरु आशै आशमा रहेको बताए । कोरोना भाइरसका कारण ब्यापार ब्यवसाय ठप्प रहेको छ । दशैमा व्यसाय हुन्छन् भनेर अपेक्षा गरेका थियौँ तर महामारी झनै बृद्धि भएर चौपटै भएको भन्दै आगामी मंसिर महिना विवाहको समयमा कारोवार हुने आश गरेको सह–कोषाध्यक्ष कार्कीले बताए । व्यवसाय जे जस्तो भएपनि देश विदेशमा रहनु हुने सम्पुर्ण नेपालीहरु माता भगवतीको आर्शिवादले कोरोनाको महामारीबाट सुरक्षित हुन भन्ने कार्कीले कामना गरेका हुन् ।संघ नगर समितिका अध्यक्ष तथा प्रदेश १ महासंघका सह कोषाध्यक्ष समेत रहेका पुर्ण बहादुर श्रेष्ठको सभापतित्वमा चियापान तथा शुभकामना आदान प्रदानकार्यक्रममबाट सुनचाँदी व्यवसाय मात्र हैन सम्पुर्ण नेपालीहरु सुरक्षितकालागी सरकारले कोभिड–१९ न्युनिकणमा उचित कदम चाल्नु पर्ने संघ नगर समितिका सचिव अच्युत कृष्ण चौलागाईले धारणा ब्यक्त गरे । शुभकामना आदान प्रदान कार्यक्रममा सचिव चौलागाईले स्थानिय सरकारले बिशेष चासो हुनु पर्ने भन्दै पर्वको अवसरमा शुभकामना ब्यक्त गरेका छन् । सयैगरी सुनचाँदी व्यसाय महासंघले लगाएको कोटा प्रकृया हटाउनु पर्ने सदस्य मनोज श्रेष्ठले उठान गरे । रामधुनीका व्यापारीहरुलाई कोटा प्रकृयाबाट उपलब्ध गराएको सुन चाँदी ब्यवासयको हितमा नरहेको बताए । महासघलाई रामधुनीका ब्यापारीहरुलाई महिनामा १ किलो सुन र २० किलो चाँदी उपलब्ध गराउदै आएको छ । यसबाट कारोवारमा अपुग हुने गरेको भन्दै कोटा प्रकृया हटाउनु पर्ने श्रेष्ठको भनाइ रहेको थियो ।कार्यक्रममा शभकामनाका साथै आएको समस्याहरुको सामाधानकालागी प्रदेश देखि लिएर केन्द्रिय सम्म पहल गर्ने अध्यक्ष पुर्ण बहादुर श्रेष्ठले प्रतिबद्धता गरे । व्यवसाय सुरक्षा, कोटा प्रक्रृयाका बारेमा उठानगरी पहल रहने श्रेष्ठले बताएका हुन् । अध्यक्ष श्रेष्ठले महामारीबाट सुरक्षित हुदै व्यसाय संचालन गर्नु पर्ने सुझाव दिए । पर्वको अवसरमा सम्पुर्ण ग्राहक, ब्यवसायी, शुभ चिन्तकहरुमा स्वास्थ्य, दिर्घायु, प्रगती एवं उत्तोरोत्तरको कमना गर्दै शुभकामना ब्यक्त गरेका छन् । कार्यक्रममा सह सचिव अरुण बस्नेत, सदस्य अनिल सोनी, अनिकेत शाह लगायतका व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

अगाडिकाे पाेस्ट

घटस्थापनामा थारु समुदायको मौलिक संस्कार अनुसार कलश स्थापना

अर्काे पाेस्ट

बालबालिकाहरुको कला उजागर गर्दै रामधुनी १ नं. वडाको चित्रकला तथा निबन्ध प्रतयोगीता सम्पन्न

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft