झुम्का,पछिल्लो समयमा झुम्का स्थित सुनचाँदी तथा गरगहनाको कारोवार गर्नेहरु बढे अनुसार पसल पनि उतिकै मात्रामा पनि संचलनमा रहेको छ । बिश्वासको आधारले झुम्कामा किनमेल, खरिद बिक्री गर्नेहरु बृद्धि हुनु स्वभाविकनै हो । सुनचाँदी ब्यवसाय व्यवसायीक हिसाबले कारोवार विवाह लगनको समयमा या दशै, तिहार, छठ, तिज जस्ता राष्ट्रिय चाड पर्वमा हुने गर्छन् । तिज पर्व भैसकेर दशै पर्व आइसकेको छ । दशै आउछन् ! कारोवार हुन्छन् होला ! आशै आशमा दशै पनि आयो ! सुनचाँदी ब्यवसायीहरुको ब्यापार ब्यवसाय भने आएको छैनन् । अब भने विवाह तथा लगनको समय मंसिर महिना तिरहुने भन्दै ठुलै आशमा रहेको छ झुम्का बजारका सुनचाँदी ब्यवसायीहरु ।सुन चाँदी व्यवासायी संघ रामधुनी नगरकार्य समितिले बिहिवार दशमी, दिपावली, छठ, नेपाल सम्बत, म्ःह पुजा, नेपाल सम्वतको अवसरमा अयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा नगर समितिका सह–कोषाध्यक्ष हरि कार्कीले हामी सुच चादी व्यवसायीहरु आशै आशमा रहेको बताए । कोरोना भाइरसका कारण ब्यापार ब्यवसाय ठप्प रहेको छ । दशैमा व्यसाय हुन्छन् भनेर अपेक्षा गरेका थियौँ तर महामारी झनै बृद्धि भएर चौपटै भएको भन्दै आगामी मंसिर महिना विवाहको समयमा कारोवार हुने आश गरेको सह–कोषाध्यक्ष कार्कीले बताए । व्यवसाय जे जस्तो भएपनि देश विदेशमा रहनु हुने सम्पुर्ण नेपालीहरु माता भगवतीको आर्शिवादले कोरोनाको महामारीबाट सुरक्षित हुन भन्ने कार्कीले कामना गरेका हुन् ।संघ नगर समितिका अध्यक्ष तथा प्रदेश १ महासंघका सह कोषाध्यक्ष समेत रहेका पुर्ण बहादुर श्रेष्ठको सभापतित्वमा चियापान तथा शुभकामना आदान प्रदानकार्यक्रममबाट सुनचाँदी व्यवसाय मात्र हैन सम्पुर्ण नेपालीहरु सुरक्षितकालागी सरकारले कोभिड–१९ न्युनिकणमा उचित कदम चाल्नु पर्ने संघ नगर समितिका सचिव अच्युत कृष्ण चौलागाईले धारणा ब्यक्त गरे । शुभकामना आदान प्रदान कार्यक्रममा सचिव चौलागाईले स्थानिय सरकारले बिशेष चासो हुनु पर्ने भन्दै पर्वको अवसरमा शुभकामना ब्यक्त गरेका छन् । सयैगरी सुनचाँदी व्यसाय महासंघले लगाएको कोटा प्रकृया हटाउनु पर्ने सदस्य मनोज श्रेष्ठले उठान गरे । रामधुनीका व्यापारीहरुलाई कोटा प्रकृयाबाट उपलब्ध गराएको सुन चाँदी ब्यवासयको हितमा नरहेको बताए । महासघलाई रामधुनीका ब्यापारीहरुलाई महिनामा १ किलो सुन र २० किलो चाँदी उपलब्ध गराउदै आएको छ । यसबाट कारोवारमा अपुग हुने गरेको भन्दै कोटा प्रकृया हटाउनु पर्ने श्रेष्ठको भनाइ रहेको थियो ।कार्यक्रममा शभकामनाका साथै आएको समस्याहरुको सामाधानकालागी प्रदेश देखि लिएर केन्द्रिय सम्म पहल गर्ने अध्यक्ष पुर्ण बहादुर श्रेष्ठले प्रतिबद्धता गरे । व्यवसाय सुरक्षा, कोटा प्रक्रृयाका बारेमा उठानगरी पहल रहने श्रेष्ठले बताएका हुन् । अध्यक्ष श्रेष्ठले महामारीबाट सुरक्षित हुदै व्यसाय संचालन गर्नु पर्ने सुझाव दिए । पर्वको अवसरमा सम्पुर्ण ग्राहक, ब्यवसायी, शुभ चिन्तकहरुमा स्वास्थ्य, दिर्घायु, प्रगती एवं उत्तोरोत्तरको कमना गर्दै शुभकामना ब्यक्त गरेका छन् । कार्यक्रममा सह सचिव अरुण बस्नेत, सदस्य अनिल सोनी, अनिकेत शाह लगायतका व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
