मिति : २०८३ भदौ ३ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बालबालिकाहरुको कला उजागर गर्दै रामधुनी १ नं. वडाको चित्रकला तथा निबन्ध प्रतयोगीता सम्पन्न

by By: रामधुनी खबर
मंसिर १६, २०७७
461

झुम्का, कोरोना प्रभावित समय अवधिलाई उपलब्धि मुलक बनाउन रामधुनी १ नं. वडा कार्यालयले बालबालिका लक्षित कार्यक्रम आयोजना गरेको छ । शैक्षिक संस्था बन्द छन् भने बिध्यालय तथा अध्यनअध्यापन पुर्ण ठप्प रहेको अवस्थामा बालबालिकाहरुमा बौद्धिक र अध्यन बिकासकालागी खुल्ला चित्रकला र लेखनबृति प्रतियोगिता संचालन गरेको हो ।वडाकार्यालयको सहयोगमा वडा वाल संजालले सुक्रवार वडाअध्यक्ष महेश चौधरीको प्रमुख आतिथ्यतामा सो प्रतियोगीता सम्मपन्न गरेको छ । निबन्ध तर्फको प्रतियोगितामा जानुका चौधरी प्रथम भएकी छन् । “बिपदमा बालकालिकाको अधिकार शुनिश्चिता, हामी सबैको साझा प्रतिबद्धता” बिषयक निबन्ध प्रतियोगीतामा चौधरीले शसक्त रुपमा लेख प्रयोग गरेका थिए । बिपद शब्दको समेत परिभाषित गर्दै कोरोना र अधिकारको सुनिश्चिताको साथसाथै बालअधिकारका बारेमा प्रष्टरुपले उठान गरेकी थिइन् । यसैगरी निबन्ध तर्फकै दृतिय पृथ्वी गोश्वामी र तृतिय बिजय गुरागाई भएका हुन् । तिनै जनालाई पुरस्कृत गरेका थिए भने प्रतियोगितामा ७ जना सहभागी जनाएका थिए । चित्रकला प्रतियोगितामा ८ देखि १२ बर्ष उमेर समुह भित्र सुवेसा चौधरी र १३ बर्ष देखी १८ बर्ष उमेर समुहकामा भोले सरदार प्रथम भए । ८ देखि १२ बर्ष उमेर समुह भित्र दृतिय स्नेहा लोहार र तृतिय सृष्टि प्याकुरेल भए । १३ बर्ष देखी १८ बर्ष उमेर समुहकाको चित्रकलामा दृतिय नंदिता चौधरी र तृतिय अमित शर्मा भएको हो । प्रतियोगितामा प्रथम, दृतिय र तृतियलाई पुरस्कारले सम्मान गरेको आयोजक वडा वाल संजालले जानकारी दिए । निर्णायकमा निबन्ध तर्फ शिक्षा शाखा अधिकृत राजन गेलाल र चित्रकला प्रतियोगितामा वडा वाल संजालका प्रतिनिधि, वडा सम्पर्क ब्यक्ति रबिन ठाकुर रहेका थिए । वडा स्तरीय प्रतियोगिता वडावाल संजालकी अध्यक्ष प्रिति चौधरीको सभापतित्वमा भएको हो । प्रतियोगितामा स्थान आएकाहरु मंसिर ४ गते अन्तरराष्ट्रि बालदिवसको अवसरमा हुन गइरहेको नगरस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने छन् । महामारीले सात महिनाको बन्दाबन्दीले बालबालिकाहरुमा भएको मानसिक तनाव तथा नैराश्यताको मध्यनजर गर्दै न्युनिकरण गर्ने हेतुले प्रतियोगिता आयोजना गर्न लागेको नगर सम्पर्क ब्यक्ति हर्षलाल चौधरीले बताए । यस बर्षको बाल दिवसको अवसरमा फरक शैलिमा स्वस्थ्य सुरक्षाको मापदण्ड अपनाउदै प्रतियोगिता आयोजना गर्ने र यसबाट बालबालिकाहरुमा बौद्धिक स्तर बृद्धि भई ब्यवहारिक बन्ने लगायत भावि दिनमा नेतृत्व गर्न सक्ने क्षमता बिकास हुने सम्पर्क ब्यक्ति हर्षलाल चौधरीले जानकारी दिए । वडालाई हतारले होइन दिर्घकालिन सोचले बालमैत्रि स्थानिय शासन धोषणा गर्नेमा जुटेको वडाअध्यक्ष महेश चौधरीले बताए । धोषणाकालागी तत्पर छौ वडा अध्यक्ष चौधरीले भने तथापी पनि बालमैत्रि स्थानिय शासनको पुर्ण पालना गर्दै कमि कमजोरीलाई सुधारगरी घोषणा गर्नेमा वडाको योजना रहेको बताए । सो प्रतियोगिता कार्यक्रममा वडा सचिव सत्यनारायण चौधरी, वडा वाल संजालका प्रतिनिधि, वडाकाका बालबालिकाहरुको सहभागीतामा प्रतियोगीता सम्पन्न गरेको हो ।

अगाडिकाे पाेस्ट

दशैमा ब्यवसाय भएन, मंसिरमा आश छ” ः रामधुनी सुन चाँदी व्यवसायी संघ

अर्काे पाेस्ट

मनोसामाजिक परामर्श सहित बालअकिारको क्षेत्रमा योजना अगाडी बढाउदै रामधुनी नगरपालिका

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft