मिति : २०८३ असार २२ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

गुट र उपगुट निरुत्साहितगरी ठुलो दल स्थापितको प्राथमिक्ता दिदै सभापति उमेदवार चौधरीको प्यानल घोषणा

by By: रामधुनी खबर
असोज ६, २०७८
1150

राख संवाददता
झुम्का, अशोज ६ । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत रामधुनी नगरमा नेतृत्व चयनका लागि सभापति उमेदवार सगेन चौधरीको प्यानल घोषणा भएको छ । राजनीतिक गुट र उपगुट निरुत्साहित र स्थानीयतहको चुनावमा ठुलो दल स्थापितको प्राथमिक्ता दिदै बुधवार सभापति उमेदवार चौधरीले आफ्नो प्यानल घोषणा गरेको हो ।
प्यानलमा दुई पद उप–सभापतिकालागी रामधुनी ३ नं. वडाका नारायण कोइराला र रामधुनी वडा नं. ६ का बिजय चौधरीलाई अघि सारेको छ । दुई सचिव पदमा रामधुनी ९ नं. वडाका नगेन्द्र चौधरी र रामधुनी ४ का अशोक बहादुर भण्डारीले उमेदवारी रहेको छ । सह–सचिव पदमा रामधुनी वडा नं. ४ का निष्मा काफ्ले र रामधुनी ५ नं. वडाबाट विषणु लिम्बुलाई अघि सारेको छ ।
प्यानल घोषणा गर्दै गुट र उपगुटले जुन सुकै क्षेत्रमा कमजोर बनाउने भएकोले रामधुनी नगर समितिमा मौलाएको गुट र उपगुट राजनीतिकबाट निरुत्साहित गर्ने सभापति उमेदवार सगेन चौधरीले बताए । “पार्टीलाई बाधा पुग्नेगरी रामधुनीमा गुटबन्दिको यथार्थता छ, राजनीतिक गुटबन्दि अन्त्यकालागी नेतृत्व परिवर्तको आवश्यक छ” भन्दै सभापति उमेदवार चौधरीले उठान गरेका छन् । “कांग्रेस नगर समिति र वडा समितिको समन्व्यमा पनि अभाव देखिदै आएको छ, समन्वय अभावले स्थानीयतहको चुनावमा रामधुनी १ नं. वडा बाहेक अन्य वडामा प्यानलै ल्याउन सकेनौ तसर्थ जसरी १ नं. वडामा प्यनलै ल्याउन भुमिका खेल्यौ त्यसरीनै नौ वटै वडामा रणनीति योजनाका साथ बिपक्षि दललाई कमजोर बनाई स्थानीय तहको चुनावमा ठुलो दल स्थापित गर्ने छौँ” भन्दै सभापति उमेदवार चौधरीले प्रतिबद्धता गरेका छन् ।
सभापति उमेदवार चौधरीले प्यानल घोषणा सहित पार्टीको हक हितमा ठोस कार्यहरु गर्ने घोषणा पत्र जारी गरेको छ । प्रतिबद्धता घोषणा पत्रमा उल्लेख अनुसार प्रत्येक बर्ष शुभेच्छुक तथा क्रियाशिल सदस्यहरुको नगर भेला गराई राय सल्लाह लिने कार्य गर्ने तथा नगर समितिले गर्ने कार्यको बार्षिक प्रतिवेदन पेश गर्ने जनाएको छ । नगर स्तरीय जेष्ठ सम्मान कार्यक्रम गर्ने, भातृ संस्थाहरुको तुरन्त गठन र जिमेवारी बाँड फाड गरी क्रिाशिल बनाउने, लक्षित बर्गलाई मुल प्रवाहमा ल्याउने, स्थानीय चुनावमा हाम्रो भन्दा राम्रो उमेदवारमा जोड दिने, कांग्रेसबाट जननिर्वाचित पदाधिकारीहरु संग नगरको रोहवरमा जन गुनासो, राय सल्लाहकालागी बर्षमा दुई पटक अन्तरक्रिया समिक्षा गर्ने, हालको नगर समितिले गरेका तथा बाँकी रहेको कार्यहरुलाई निरन्तरता र विधान बमोजिमका कार्यहरु गर्ने घोषणा पत्र मार्फत समितिका उमेदवारहरुले प्रतिबद्धता जनाएको छ ।
सभापति उमेदवार चौधरीले नगर समितिको चयन सहमतिमा हुनु पर्ने बिचार समेत अगाडी सारेको छ । पार्टीको हितकालागी सर्व पक्षिय बनाउन सहमति आवश्यक रहेकोले सहमतिको कुरामा जोड दिने बताए । घोषणा कार्यक्रममा पत्रकारहरु संग कुराकानी गर्दै समिति चयनमा अन्तिम सम्म सहमतिको प्रयास गरिरहने बताएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकामा प्रमुख प्रशासकियको अब्यवहारिक अडानले करारका कर्मचारीहरुमा नीतिगत बिभेद

अर्काे पाेस्ट

थारु महिला संघ, संगठनले जितिया पर्व नीतिगत संरक्षणमा जोड दिदै कार्यक्रम मनाउने तयारी

सम्बन्धित अरु

समाचार

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

असार २१, २०८३

चन्द्रकला चौधरी झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले...

समाचार

सुनसरी मोरङ्ग सिचाई आयोजना एस.एस.जे झुम्काको १५ औँ साधारण सभा सम्पन्न

भदौ १३, २०८२

चन्द्रकला चौधरी झुम्का, भदौ १४ । सुनसरी मोरङ्ग सिचाई आयोजना जल उपभोक्ता समन्वय समिति एस.एस.जे झुम्काको सुक्रवार साधारण सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को गतिविधिहरु सार्वजानिक गर्दै...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft