मिति : २०८३ असोज २२ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

साँस्कृतिक कला प्रदर्शनगर्दै जितिया पर्वको महत्व दर्शाउन चलचित्र संघको जितिया महोत्सव तयारी

by By: रामधुनी खबर
असोज १०, २०७८
781

राख संवाददाता
झुम्का, असोज १० । साँस्कृतिक कला प्रदर्शनले जितिया पर्वको महत्व दर्शाउन झुम्कामा थारु चलचित्र तथा साँस्कृतिक संघले जितिया महोत्सव गर्ने तयारी गरेको छ । थारु समुदायले प्रथाजनित मान्यतालाई अंगाल्दै आएको अवमुल्य धरोहरहरु राज्यको संरक्षणमा नपरेकोले दवाव स्वरुप पर्वको समग्र महत्व उठान गर्न जितिया महोत्सवको तयारी गरेको संघकी जिल्ला अध्यक्ष जानकी चौधरीले जानकारी दिइन् ।
जितिया महोत्सव कार्यक्रम यही असोज १३ गते बुधवार झुम्कामा आयोजना गर्ने छन् । चलचित्र तथा साँस्कृतिक संघले आइतवार पत्रकार सम्मेलन गर्दै सुनसरीका थारु कलाकार तथा चलचित्र कर्मीहरुको अग्रसरतामा जितिया महोत्सव २०७८ कार्यक्रमको आयोजनागरी जितिया पर्वको ऐतिहासिक महत्व दर्शाउने जनाएको छ । कार्यक्रमले सांस्कृति सहभागीताको विकास, एकता सदभावको कायम, बहुधार्मिक, बहु सांस्कृतिक देश नेपालको संस्कार संस्कृति संरक्षणको निरन्तरता लगायत भावी पिढीलाई हस्तान्तरणकालागी कार्यक्रमको आवश्यक्ता महसुस गर्दै उत्सवको रुपमा महोत्सव कार्यक्रमको आयोजना गर्न लागेको संघका केन्द्रिय अध्यक्ष प्रशुराम चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
कार्यक्रममा जितिया महत्व बोकेको साँस्कृतिक झाँकी प्रदर्शन, लोक नृत्य, जितिया आधुनिक नृत्य, राष्ट्रिय तथा स्थानीय गायन क्षेत्रमा आबद्ध रहेका कलाकारहरुको बेजोड प्रस्तुती रहने छन् । महोत्सव कार्यक्रम रामधुनी नगरपालिका वडा नं. ५ झुम्का बजार म्याजिक सिनेमाहल अगाडी बिहान १०ः०० बजे देखी सुरुहुने चलचित्र संघ सुनसरीले जनाएको छ । महोत्सव कार्यक्रममा सहभागी भई शोभा बढाई दिनुहुन सम्पुर्ण ब्रतालु महिला, अधिकार कर्मी, बुद्धि जिवि, राजनीतिक कर्मीहरुमा पत्रकार सम्मेलन मार्फत अनुरोध गरेको छ ।
जितिया पर्व तिथिले असोज कृषण पक्ष सप्तमी देखीे नवमी सम्म मनाउने परमपरा रहेको छ । सो अनुसार २०७८ को यही असोज १३ गते परेको छ । बिशेष गरी तिन दिन मनाईने यो पर्वको पहिलो दिन नुहाएर चोखो भई खानेकुरा खाईन्छ । दोस्रो दिन उपवास बसिन्छ र तेस्रो दिन अभिष्ट पुर्तिको लागी ईश्वरको पुजागरी पारन गरीन्छ । जितिया पर्र्व बाल बच्चामा सुख, सान्ति र समृदिको कामना गर्दै महिलाहरु निराहार ब्रत लिई पर्व सिद्धगर्ने गर्छन् ।

अगाडिकाे पाेस्ट

थारु महिला संघ, संगठनले जितिया पर्व नीतिगत संरक्षणमा जोड दिदै कार्यक्रम मनाउने तयारी

अर्काे पाेस्ट

जितिया ब्रत सिद्ध र सफलता प्राप्तीकालागी पुजन विधि सहित“जितिया कथा वाचक पुस्तिका”प्रकाशन

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft