मिति : २०८३ कार्तिक १० गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

डेंगीबाट बच्न झुम्का बजार क्षेत्र र समुदायमा पुगेर सचेतना

by By: रामधुनी खबर
साउन १५, २०८०
391

राख संवाददाता
झुम्का,श्रावण १५ । लामखुट्टेको टोकाइबाट हुने डेंगीबाट बच्न रामधुनीको झुम्का बजार क्षेत्र र समुदायमा पुुगेर सचेतना गरेको छ । रामधुनी नगरपालिकाले सोमवार डेंगीबाट बच्ने उपायहरुको पर्चा, पम्प्लेट वितरण तथा ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको हो ।
नगरका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरेको छ । नगरप्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा लगायत वडा नं. १ र ५ का जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, झुम्का उद्योग बाणिज्य संघ, सेभ द अर्थ सुनसरी र स्थानीयवासी अभियानमा सहभागी भएका थिए ।
बजारमा जनचेतना अभियान गर्दै गर्दा होटल तथा चिसो बिक्री गर्ने पसलमा चिसो पेय पदार्थका शिशाका बोतलहरुमा पानी जमेको, भाडा, टायरमा पानी जमेको पाएको थियो । सो को सरसफाई तथा पसल धनीलाई सतर्कता अपनाउँन सचेतना गरेको थियो ।
अभियानको अवसरमा नगरप्रमुख चौधरीले अभियानलाई निरन्तरता दिने जनाउँदै सबै स्वास्थ्यका सवालमा नागरिक सचेत बन्नुपर्ने बताउँनुुभयो । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन निरन्तर सरसफाइको लागि जनचेतनामूलक अभियान अगाडि बढाइएको उहाँले जानकारी दिनुुभयो ।


नगरपालिकाको वडा नम्बर १ र ५ मा अभियान सञ्चालन गरिएको रामधुनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेलले बताए । उनले बजार क्षेत्रमा अभियान सञ्चालन गरिएको जनाउँदै सबै वडामा यो अभियान सञ्चालन हुने जानकारी दिए । डेंगीको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम गरिएको उनको भनाइ छ ।
विशेषगरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्यांकी आदिमा यो लामखुट्टेले फूल पार्छ । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगीको सङ्क्रमण फैलिने गर्छ ।


उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगीका लक्षण हुन्। जटिल प्रकृतिको डेंगीको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् ।

अगाडिकाे पाेस्ट

दादुरा–रुबेला रोग बिरुद्ध रामधुनी नगरमा श्रावण २२ देखि २६गते सम्म खोप संचालन गर्ने

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाले १० महिने निःशुल्क पेशागत बिल्डिङ्ग ईलेक्ट्रिसियन सिप विकास तालिम दिदै

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft