मिति : २०८३ साउन ११ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरका उद्यमी, व्यवासायी, समाजसेवीमा महिला नेतृत्वको अग्रसरमा प्रोत्साहन सम्मान

by By: रामधुनी खबर
फागुन २४, २०८०
603

रामधुनी खबर संवाददाता
झुम्का,फागुन २४ । रामधुनी वडा नं. ३ निवासी उद्यमी व्यवसायी बिमला दर्जीले पाथिभरा नुडल्स उद्योग दर्तागरी नुडल्स तथा थुपा उत्पादन गर्दै आएकी छिन् । पाँच परिवार सदस्य रहेको दर्जी परिवारको एउटै आम्दानीको स्रोत रहेको थुपा उत्पादनबाट पारिवारिक व्यवहार चलाउँदै आएकी छिन् । मासिक रु १ लाख १५ हजार सम्मको आम्दानी गर्दै तिन छोराछारीको भविष्यका लागि यसै व्यवसायबाट शिक्षामा लगानी गरिरहेकी छिन् । अन्य आम्दानीको स्रोत नभएपछि सबै परिवारका सदस्य यसै व्यवसायमा केन्द्रित रहेर उद्यम संचालन गर्दै आएकी हुन् । ११४ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बिहिवार महिला उद्यमी, व्यवसायी नेतृत्वको अग्रसर सम्मानले सम्मानित हुँदा हर्षित हुँदै उद्यमी व्यवसायी दर्जीले भनिन् “हामीलाई पनि हेर्ने सहयोगी, सरोकारवालाहरु छन्, यो सम्मानले अहिले व्यवसायमा थप आत्मविश्वास भयो बाबु, हामीलाई फेरी–फेरी सम्झिनु होला” भन्दै उद्यमी दर्जीले बताइन् ।
रामधुनी वडा नं. ७ निवासी चिजा माझी टेलर संचालनगरी सिलाई कटाई व्यवसाय गर्दै आएकी छिन् । टेलर संचालन गर्दै आएकी माझीले उद्यमी नेतृत्व गरेकोमा सम्मान पाउँदा खुसी भइन् । उन्ले भनिन् “आफुलाई महिला भएकै कारण सिप र क्षमतालाई सम्मान गर्न यसरी खोज्दै आउँछन् र प्रोत्साहन गर्छन भन्ने बिश्वासनै लागेको थिएन, आफुमा भएको सिप, क्षमताले सम्मान पाएकी छु, यो मेरो पहिलो सम्मान हो, सम्मान पत्रलाई पसलमा राख्ने र यसबाट टेलर पेसामा थप विश्वसनियता बनाउने छु,” भन्दै सम्मान गर्ने संघ संस्थालार्ई टेलर संचालिका माझीले धन्यवाद ब्यक्त गरेकी छिन् ।
११४ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा “महिलामा लगानीः सभ्य समुन्नत समाजको थालनी” भन्ने नारा सहित आयोजित कार्यक्रमबाट उद्यमी, व्यवसायी, शैक्षिक, प्रशासनिक तथा समाज सेवामा महिला नेतृत्व तथा अग्रसर र योगदान दिएका महिलाहरुलाई बिहिवार सम्मान गरेको छ । रामधुनी नगरपालिकाको सहयोगमा थारु महिला सभा रामधुनीको आयोजना र सेभ द अर्थ सुनसरीको समन्वयमा नगरका १२ जना अग्रसर, नेतृत्वकर्ता महिलाहरुलाई सम्मान गरेको हो ।
आर्थिक उपार्जन र सामाजिक अभियान्तामा अग्रसर भएका नेतृत्वकर्ता महिलाहरुले महिला नेतृत्वको अग्रसर प्रोत्साहन सम्मान ग्रहण गर्दै सम्मान गर्ने आयोजक कर्ताहरुलाई धन्यवाद ब्यक्त गरेका छन् ।


रामधुनी नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा दोसल्लाह र सम्मान पत्रले सम्मान गरेको आयोजक संस्थाले जानकारी दिए । सम्मानित हुने महिला उद्यमी व्यवसायीहरुलाई नगर प्रमुख चौधरी, उपप्रमुख तारा थापा, महिला बालबालिका रामधुनी शाखा प्रमुख मोनाश्री आचार्य, सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराई, इटिसी नेपालका प्रतिनिधि आकास साह लगायतका अतिथीहरुले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
रामधुनी नगरका उद्यमी र व्यवसायी क्षेत्रमा महिला नेतृत्वको अग्रसर, प्रोत्साहन र योगदान गरेको मुल्याङ्कन गर्दै रामधुनी वडा नं. १ निवासी मणी टेलर व्यवसाय दर्तागरी बिगत १८ बर्ष देखि सिलाई कटाई उद्यमी तथा व्यवसायीको रुपमा निरन्तरता दिईरहेकी चुडामणी कुमारी चौधरीलाई सम्मान गरेको छ । रामधुनी वडा नं. २ निवासी तुलसा तयारी ड्रेस गारमेन्ट व्यवसाय दर्तागरी गारमेन्ट उद्योग संचालन गर्दै आएकी नितु कुमारी चौधरीलाई सम्मान गरेको छ । रामधुनी वडा नं. ३ निवासी यमुना श्रेष्ठले पिएन बेकरी उद्योग संचालनगरी बिस्कुट, पाउरोटी उत्पादन गर्दै आएकी बिमला दर्जी, रामधुनी वडा नं. ४ निवासी कल्पना चौधरीले रामधुनी समुदायिक होमस्टे व्यवसाय दर्तागरी जातजातीको परमपरागत साँस्कृतिक जर्गेना तथा पर्यटन विकासको उधेश्य राखि होमस्टे संचालिका चौधरीलाई सम्मान गरेको छ ।


दुर्गा कृषि फर्म व्यवसाय दर्तागरी बाख्रा, कुखुरा पालन गर्दै आएकी रामधुनी ५ निवासी कमला ढकाललाई सम्मान गरेको छ । सदिक्षा सप्लायर्स सेन्टर दर्तागरी होटेल, टेलर संचालिका रामधुनी ६ निवासी सिता चौधरी, रामधुनी ७ निवासी टेलर व्यवसाय दर्तागरी सिलाई कटाई उद्यमी चिजा माझी, रामधुनी ८ की सर्मिला दर्जी बंगुर फार्म व्यवसाय दर्तागरी बंगुर पालन, मासु पसल व्यवसाय दर्तागरी मासु बिक्रि वितरण गर्दै आएकी रामधुनी ९ निवासी गीता चौधरीलाई सम्मान गरेको छ ।
त्यसैगरी शैक्षिक तथा समाजिक सेवामा योगदान दिने महिला नेतृत्वको अग्रसर कर्ता रामधुनी ३ निवासी हिरा रिजाल, प्रशासनिक र समाजिक क्षेत्रमा योगदानकर्ता रामधुनी १ निवासी अम्बिका रिजाललाई महिला नेतृत्वको अग्रसर प्रोत्साहन सम्मानले सम्मान गरेको आयोजक संस्था थारु महिला सभा रामधुनी नगर सभापति लिलि चौधरीले जानकारी दिइन् ।
सोही कार्यक्रममाबाट थारु महिला सभा रामधुनी नगर समितिले थारु कल्याणकारिणी सभा जिल्ला अध्यक्ष सगेन चौधरी र रामधुनी नगर सभापति राजकुमार चौधरीलाई सर्वसहमतिले अध्यक्ष जस्तो गरिमामय पदमा चयन भएको र समितिका सम्पूर्ण परिवारलाई कार्यकाल सफलताको शुभकामना दिदै सम्मान गरेको आयोजक समिति महिला सभा रामधुनीले जानकारी दिए ।
११४ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित उद्यमी, व्यवसायी, शैक्षिक, प्रशासनिक तथा समाज सेवामा महिला नेतृत्व तथा अग्रसर सम्मान कार्यक्रममा जिल्ला समनव्य समिति सदस्य लाल कुमारी चौधरी, न्यायिक समिति रामधुनीका कर्मचारी, उत्थान नेपाल संस्था अध्यक्ष सिर्जना सुन्दास, थारु महिला सभा जिल्ला सभापति शुसिला लेखी, झुम्का जेसिज अध्यक्ष आशा चौधरी, प्रस्तावित इलाका रामधुनी प्रहरीका सुजन मुदेल, थारु महिला उत्थान समाज रामधुनी अध्यक्ष आशा चौधरी लागयतका महिला शसक्तिकरण अभियान्ताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम संचालन तथा उद्घोषण महिला अधिकार कर्मी तथा साँस्कृतिक संरक्षक अभियान्ता सिता थरुनीले संचालन तथा सहजिकरण गरेको आयोजक समिति महिला सभा रामधुनीले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

रामधुनी ९ नं. वडाको छप्की पोखरीमा बालमैत्री पूर्वाधार विकास निर्माणको शिलान्यास

अर्काे पाेस्ट

इटहरी मेट्रिक्समा १४७ जना सर्जकहरुको ५ सय बढी रैथाने ललितकला प्रदर्शनीको तयारी

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft