मिति : २०८३ असोज २३ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बुद्धधर्म थारुको हो भने थारुजातिले किन पूजा गरिदैन प्रश्नमा,डा.गोपाल दहितको जबाफ

by By: रामधुनी खबर
माघ २८, २०८०
485

रामधुनी खबर संवाददाता
झुम्का,माघ २७ । बुद्ध धर्म थारुको हो भने थारु समुदायमा किन पूजा गरिदैन प्रश्नमा डा.गोपाल दहितले जवाफ दिएका छन् । हौली परिवार र थारु लेखक संघ नेपालको आयोजनामा सुनसरीको गढीथानमा भएको ८ औँ थारु साहित्य राष्ट्रिय सम्मेलन कार्यक्रममा सहभागीबाट गरिएको प्रश्नमा बुद्ध धर्म मान्न छोडेको तिन कारण रहेको डा.गोपाल दहितले जवाफ दिएका हुन् ।
डा.दहितले थरुहठ देखि पहाडी क्षेत्र हुँदै तिब्बत सम्म बुद्ध बिचारले बर्चश्व कायम गरेको बताउँदै ‘अब बुद्ध धर्म थारु समुदायबाट टुट्यो कसरी डा. दहितले पहिलो कारण बताउँदै डा.गोपाल दहितले भने, लुम्बिनी कपिलवस्तुमा तिलौराकोट सरगहवा शाक्य (बुद्ध वंश) गणराज्य थियो । त्याहा राजा बिरुढकले तिन पटक अक्रमण गरे दुई पटक गौतम बुद्धले फर्काएको थियो । तेस्रो पटकको आक्रमणमा आक्रमणकारीहरुको पकडमा परेका सबै शाक्य र कोलिय वंशलाई मारेका थिए । सरगहवामा पनि बुद्ध वंशको ७० हजारलाई नरसंहार गरेका थिए । यस घटनाले त्यहा बुद्व वंश शाक्य र कोलियहरु बस्ने अवस्था नै थिएन । त्याहा रहेका थारुहरुमा बुद्ध धर्म मान्ने हो भने बाच्न गाह्रो हुन्छ भनेर बुद्ध धर्म छोड्न थाले । त्यतिखेर देखिनै थारु जाति बुद्ध धर्म छोड्दै गएको हो ।
दोस्रो कारण भारतमा मुस्लिम सामराज्य फैलन थाल्यो त्याहा देखि बुद्ध भगवान र बुद्ध बिचार संग सम्बन्ध राख्ने सम्पूर्ण भिक्षु र दस्तावेजहरु मुस्लिम शासकहरुले जलाउने कार्य ग¥यो । भारतकाे बिहार क्षेत्रको नालापानीमा रहेको पहिलो बुद्ध दर्शन पढाउने बिश्व बिद्यालयमा मुसलमान शासकहरुले आक्रमणगरी दस्तावेजहरुलाई ६ महिना सम्म जलाएको थियो । यति सम्म ग¥यो की शाक्य बुद्ध रहुन्जेल सम्म भिक्षुलाई मारे–मारे दस्तावेजहरुलाई नामेट पारेको ईतिहास भारतमा अंग्रेजहरुले शासन गर्दा त्यति खेरको सरकारी रिपोर्टमा उल्लेख रहेको छ । त्यसरी नरसंहार गर्दा भारतमा बुद्ध बिचारका एउटा पनि धर्म रहन दिएन । त्यसको प्रभाव तराईमा प¥यो । तराई देखि लिम्बुवान र काठमाण्डौ उपत्यकामा पनि मुस्लिमहरुले आक्रमण गरिसकेपछि तराईमा बुद्ध धर्म हराउँदै गयो । थारु समुदायहरुले पहिचान पनि बिर्सिदै गयो, धर्म पनि बिर्सिदै गयो । मुस्लिमहरुको शासन करिब ६ सताब्दी गयो । ६ सताब्दी ठुलो समय हो यस बिचमा थारु समुदाय बुद्ध बिचार सबै बिर्सियो ।


तेस्रो कारण हिन्दु धर्मका मठाधिसहरु गुरु शंकाचार्य र गोरखनाथले भारतबाट नेपाल प्रवेस गर्ने क्रम्मा बुद्ध धर्ममा आक्रमण ग¥यो र बुद्ध धर्म मान्नेहरुलाई सिध्याउने र हिन्दु करण गर्ने काम ग¥यो । दाङ्गको राजा दंगीशरणलाई गोरखनाथले बुद्ध धर्मबाट हिन्दु बनाइयो । अहिले पनि घोराहीमा रत्नाथ मन्दिर छदैछ । जो दंगीशरण राजाको अन्तिम पुस्ताको राजा हो । यसरी थारुहरु हिन्दुकरण भएको हो भन्दै डा. गोपाल दहितले जवाफ दिएका हुन् ।
८ औँ थारु साहित्य राष्ट्रिय सम्मेलन कार्यक्रम संघिय सभासदस्य तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले उद्धघाटन गर्नुभयो । थारु साहित्य राष्ट्रिय सम्मेलनबाट रामसागर चौधरी र शान्ति चौधरी पुरस्कृत भएका छन् । सुनसरीको रामसागर चौधरीलाई थारु साहित्य पुरस्कार २०८० प्रदान गरेको छ । बाराकी शान्ति चौधरीलाई प्रतिभा महिला सशक्तीकरण पुरस्कार २०८० प्रदान गरिएको छ । थारु साहित्य पुरस्कारको राशी रु ३० हजार र प्रतिभा महिला सशक्तीकरण पुरस्कारको राशी रु १५ हजार रहेको आयोजक संस्थाले जानकारी दिए ।


हौली परिवारका अध्यक्ष श्रवण कुमार सुतिहारको अध्यक्षतामा आयोजित कार्यक्रम्मा सुनसरी र मोरङ्गमा थारु केन्द्रित विकासका लागि स्थानीय तहमा प्राथमिक्ता, थारु मानक लेखन शैली र कार्यान्वयनको अवस्था,थारु कविताको अवस्था, गीत गजल कविता वाचन, थारु साहित्य अनुवादको आवश्यक्ता, सुनसरी र मोरङ्गमा थारु साहित्यको अवस्था, थारु धर्म संस्कृतिको आधार, पश्चिमा थारु साहित्यको संरक्षणमा संस्थागत प्रयासहरुको बारेमा छलफल गर्दै घोषणापत्र जारी गरेको छ ।

अगाडिकाे पाेस्ट

दिगो विकास लक्ष्यको १७ वटा सुचकमा छलफल गर्दै राष्ट्रिय कार्यढाँचा र युनेस्को बिषयमा गोष्ठी सम्पन्न

अर्काे पाेस्ट

रामधुनी नगरको कृषि,संस्कृति,पर्यटन तथा औद्योगिक प्रवद्र्धनका लागि“रामधुनी एक्स्पो”को तयारी

सम्बन्धित अरु

समाचार

रामधुनी–४ मा १६० जना जेष्ठनागरिक, गरिब, दलितहरुलाई ब्ल्याङ्केट वितरण

असोज २२, २०८३

रामधुनी खबर संवाददाता झुम्का,असोज २२ । रामधुनी ४ नं. वडा कार्यालयले वडाका जेष्ठनागरिक, गरिब, दलितहरुमा मंगलवार ब्ल्याङ्केट वितरण गरेका छन् । जाडो मौसमको सुरुवात संगै चिसो मौसममा हुन सक्ने जोखिम...

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft