मिति : २०८३ असोज २३ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

प्रदेश मुख्यमन्त्री कार्कीबाट रामधुनी एक्स्पो २०८० उद्धघाटन, एक्स्पोले जनजिविकामा परिवर्तन ल्याउने अपेक्षा

by By: रामधुनी खबर
फागुन ४, २०८०
447

रामधुनी खबर संवाददाता
झुम्का, फागुन ४ । रामधुनी नगरको कृषि, संस्कृति, पर्यटन तथा औद्योगिक प्रवद्र्धनका लागि आज सुक्रवारबाट रामधुनी एक्स्पो सुरु गरिएको छ । प्रदेश मुख्मन्त्री केदार कार्कीले उद्धघाटन गर्दै रामधुनी एक्स्पो २०८० सुरु गरेको हो ।
प्रदेश मुख्मन्त्री कार्कीले एक्सपोबाट रामधुनी नगरको नगरवासीहरुमा जनजिविकामा परिवर्तन ल्याउने अपेक्षा गरेको बताउनु भयो । उहाँले “एक्स्पोले रामधुनीलाई चिनाउने छ, एक्स्पोले सबै क्षेत्रलाई समेटेर विकासमा झुम्कालाई तताउने छ, यस कार्यलाई निरन्तरता दिन आवश्क छ, झुम्कामा एकादशीमा मेला हेर्न आउथ्यौँ हामी , ६ दिन सात दिन सम्म चल्थ्यो, त्यो मेलालाई कन्र्भट गरेर यो मेलामा आइसक्यौँ, विकासलाई फरक तरिकारलाई हेर्दै छौँ, अहिलेको मेला आर्थिक गतितिविधि संग पनि छ, मानिसको जनजिविका संग पनि जोडिएको छ, यसलाई कृषिको क्षेत्रमा फड्कोको रुपमा पनि अगाडि बढाउने खालको एक्स्पोले काम गर्ने छ” भन्दै अपेक्षा गर्नु भयाे ।


“उहाँले छिट्टै प्रदेश सरकारले बर्जु, कोशीको रिफ्रेस सेन्टर हुँदै कोशीटपु र रामधुनी, चतरा, बराहक्षेत्र संगै हलेसी सम्म जोडेर धार्मिक, जैविक र प्राकतिक पर्यटनको रुपमा विकास गर्ने सुरु गरिसकेको बताउनु भयो, यो रामधुनी नगरको गिफ्ट हो, पर्यटन विकासले आर्थिक समृद्धि हुने बिश्वास गरेको बताउनु भयो । “स्थानीय सरकारले रणनीतिक कुराको विकास छन् भने प्रदेश लिएर आउनु होला, जस्ले जनतालाई छुन्छ यसका लागि सहयोग गर्छौँ ,” मुख्य मन्त्री कार्कीले बताउनु भयो ।
प्रदेश सरकार कृषि र उद्योग मैत्रि रहेको मुख्यमन्त्री कार्कीले जाेड दिनुभयो । “उद्योगी व्यवसायीहरु सरकारको अंग हुन्, सरकारले उद्योगी व्यासायीहरुलाई संरक्षण र प्रोत्साहन गर्ने प्रदेश सरकारको पहिलो प्राथमिक्ता हो, उद्योगी व्यवसायीहरुलाई सम्र्वदन गर्दै जाने छ, ” भन्दै उद्योगी मैत्री, व्यवसायी मैत्री, किसान मैत्री शासनको चाहना रहेको बताउनु भयो ।
मुख्य मन्त्री कार्कीले दिगो विकासको लक्ष्य परिकल्पनामा छौँ भनेर बताउँनु भयो । उहाँले “बिद्यार्थीलाई अभ्यासात्मक शिक्षालाई जोड दिनु पर्ने जरुरीर छ, प्रदेश सरकारले शिक्षामा निशुल्क अध्ययन गर्ने जोड दिएको छ, विपन्नले पनि पढ्न पाउनका लागि पैसा दिएर पढाउँछ, घर बेच्नु पर्दैन, कोशी सरकारले निशुल्क छात्रबृतिमा पढाउने छ” बताउनु भयो ।


एक्सोपोमा प्रदेश कृषि उद्योग, सहरकारीमन्त्री रामकुमार खत्रीले रामधुनी नगरपालिका पौराणिक दृष्टिले पनि, भौगौलिक दृष्टिकोणले पनि गौरवशाली इतिहास बोकेको प्राकृतिक स्रोत र साधनले समपन्न यो ठाउँ अत्यन्तै महत्वपूर्ण ठाउँले हेरिएको छु, उहाँले धार्मिक पर्यटन, साँस्कृतिक पर्यटन, कृषि विकासको रुपमा सहयोग रहने छ, भन्दै प्रतिबद्धता गर्नुभयो ।
रामधुनी नगरप्रमुख शंकरलाल चौधरीले रामधुनी नगरलाई कस्तो बनाउने हो भन्नेमा मिहिन ढंगले अगाडी बढिरहेको बताउनुभयो । विकासका लागि झुम्का बजार प्रवद्र्धमा झुम्का बजार संग जोडिने सबै मुख्य सडकहरुलाई स्तरउन्नती गर्दै छौँ, स्तरउन्नतीका लागि रु चार करोडको कालोपत्रे गर्न योजनामा रहेको बताउनुभयो । नगरपालिकाको पर्यटन र पूर्वाधारमा प्राथमिक्ता हो, धार्मिक पर्यटनका लागि रामधुनी मन्दिरमा जनकपुरी मोडेलमा मण्डप तयारी गर्न लागेको छ, राम भगवानको मुर्ति ६० फिटको निर्माण हुनेछ, ऐतिहासिक रामधुनी मन्दिरमा भएको अमर आगो कतै नभएको यहा छन्, यस ऐतिहासिक कार्य समपन्नका लागि प्रदेश सरकारले समन्वय गर्नहुन अनुरोध गर्नु भयो ।


झुम्का उद्योग बाणिज्य संघका अध्यक्ष नविन चौधरीको अध्यक्षतामा आयोजित एक्स्पोमा नेकपा एमाले जिल्ला सहसचिव राम कोइराला, इटहरी उद्योग बाणिज्य संघ अध्यक्ष, लायन्स क्लव रामधुनी अध्यक्ष लगायतका अतिथीहरुले आफनो धारणा राखेका थिए । एक्स्पो सुरुवातको प्रारम्भमा विभिन्न जातजातीहरुको भेषभुषा सहितको झाँकी प्रस्तुत गरिएको थियो ।
एक्स्पो १५ दिन सम्म चल्ने छन् । प्रत्येक दिन चर्चित गायक, गायिका कलाकारहरुकोे प्रस्तुती रहने आयोजक झुम्का उद्योग बाणिज्य संघले जनाएको छ ।

अगाडिकाे पाेस्ट

इटहरी १ आँपगाछी स्थित क्लवको नाममा अतिक्रमित ग्रामथानको जग्गा संरक्षणको आवाज उठाउँदा गहदारलाई छप्काउने धम्कि

अर्काे पाेस्ट

रामधुनीमन्दिरमा कार्कीले गैरकानूनी कार्यगरेको अदालतको फैसलामा महन्तद्धारा न्याय कार्यन्वयनको माग

सम्बन्धित अरु

समाचार

रामधुनी–४ मा १६० जना जेष्ठनागरिक, गरिब, दलितहरुलाई ब्ल्याङ्केट वितरण

असोज २२, २०८३

रामधुनी खबर संवाददाता झुम्का,असोज २२ । रामधुनी ४ नं. वडा कार्यालयले वडाका जेष्ठनागरिक, गरिब, दलितहरुमा मंगलवार ब्ल्याङ्केट वितरण गरेका छन् । जाडो मौसमको सुरुवात संगै चिसो मौसममा हुन सक्ने जोखिम...

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft