मिति : २०८३ साउन १३ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

कन्ट्रोल रुमबाट सुरु भएको आगलागी थ्रीडी म्याजिक सिनेमाहल पुर्ण क्षति, संचालक र प्रहरी घाइते

by By: रामधुनी खबर
भदौ १२, २०७८
1121

सुनिल चौधरी
झुम्का, भदौ १२ । कन्ट्रोल रुमबाट बिधुत सट भई अचानक आगलागीहुदा थ्रीडी म्याजिक सिनेमाहल पुर्ण क्षति भएको छ । रामधुनी नगरपालिका वडा नं. ५ झुम्का बजार स्थित रहेको सुविधा समपन्न म्याजि सिनेमा थ्रिडि मल्टिप्लेक्स सिनेमाहलमा आगलागीबाट २ करोड बराबरको क्षति भएको इलाका प्रहरी पकलीले जनाएको हो ।
आगलागी डेढ घण्टामा नियन्त्रणमा आएको थियो । इलाका प्रहरी पकलीका प्रमुख प्रकाश श्रेष्ठका अनुसार “हामीलाई बिहान ९ः०५ बजे जानकारी आएकोमा प्रहरी खटिगई बारुण यन्त्रको सहायताले बिहान १०ः३० बजे नियन्त्रणमा लिएका हौँ” । “खबर गर्ना साथ इनरुवा, इटहरी, धरान, बराहक्षेत्र, कोशी, दुहबीको बारुण यन्त्र समयमै आइपुगेकोले नियन्त्रण लिन सक्यौँ” भनेर इलाका प्रहरी पकलीका प्रमुख श्रेष्ठले बताए ।
मल्टिप्लेक्समा लागेको आगो निभाउने क्रममा संचालक प्रशुराम चौधरी र प्रहरी युवराज पोख्रेल घाईते भएका छन् । संचालक चौधरी मल्टिप्लेक्सको कार्यालयमा बिहान काम गरिरहेको अवस्थामा एका–एक इन्भटर बन्द भयो । इन्भटर बन्द भएपछि संचालक चौधरी बिधुत डिभाइडर हेर्न बाहिर निस्किदा सिनेमाहलको कन्ट्रोल रुममा आगो लागी सकेको देखे । कन्ट्रोल रुम जहाबाट फक्सिङ्ग, साउन्ड, हलको लाइट, बत्ति नियन्त्रण गर्ने हुन्छ । त्यस रुमबाट हल भित्रको बिधुत बितरण गर्ने प्रमुख स्थान र सिनेमाहलको मुटुनै मानिन्छ । कन्ट्रोल रुमबाट बिधुत डिभाइ गर्ने भएकोले त्यहीबाट आगलागी सुरु हुदा बिधुत सट भएको अनुमान गरिएको छ ।
आगो लागेको अवस्थामा सिनेमाहल भित्र रहेको फाइर कन्ट्रोल ग्यास लिएर आगो निभाउन खोज्दा झन आगो बढेर संचालक चौधरीको दुवै हाथ पोलेर घाईते भएको प्रहरीले जानकारी दिए । यसैक्रममा बारुण यन्त्रबाट आगो निभाउन सहयोग गरिरहेको अवस्थामा प्रहरी पोख्रेललाई हाथमा चोट लागेर घाईते भएको प्रहरी सुमन श्रेष्ठले बताए । आगो छिटो बढ्नुको कारण सिनेमा हल भित्र रहेको प्लाई, जिप्सन, कार्पेट, कुर्सिको फमले आगो अनियन्त्रित बनाउने कारण भएको प्रत्यक्ष खटेका प्रहरी श्रेष्ठको भनाईछ ।
तेस्रो तल्लामा रहेको मल्टिप्लेक्समा दमकल, प्रहरी, सशस्त्रको अथक प्रयासले आगलागी नियन्त्रणहुदा भुइ तल्ला र दोस्रो तल्लामा रहेको पसल क्षति हुनबाट जोगिएको छ । भुइ तल्लामा कपडा पसल, शैलुन, खाजा नास्ता पसल, वल्र्डलिंकको प्राविधक कक्ष तथा कार्यालय, दोस्रो तल्लामा सहकारी संस्था, ट्युशन सेन्टर रहेको छ ।
पाँच बर्ष अगाडी मात्र मल्टिप्लेक्स संचालनमा ल्याएको थियो । म्याजिक सिनेमा मल्टिप्लेक्स दर्शको रोजाईमा पर्दै गएको थियो । कोरोना कहरका कारण दुई बर्ष देखि भने पुर्ण रुपमै ठप्प रहेको थियो । मनोरञ्जनकालागी २ करोडको लगानीमा निर्माण गरीएको म्याजि सिनेमा थ्रिडि मल्टिप्लेक्समा डल्बि डिजिटल साउन्ड सिस्टम, पिक्चर क्वालिटी, फुल एसि, फराकिलो आरामदायी सिट सहित बिशेष सुबिधाहरु रहेको थियो । यस सिनेमा हलमा तल्लो श्रेणिमा र माथि बाल्कोनी गरी एक सय पचासओटा आरामदायी सिट रहेको थियो ।
संचालक प्रशुराम चौधरी फिलम क्षेत्रमा लामो समय देखि आबद्ध रहेका छन् । थारु भाषाका फिलमका महानायक रहेका कलाकार चौधरी खस भाषाको फिलमा समेत योग्दान दिएका छन् । पत्रकारितामा पनि अग्रज हुन् । रेडियो, टेलिभिजन, पत्रिकामा आबद्ध हुदै नेपाल टेलिभिजनबाट थारु भाषाका कार्यक्रम समेत संचालन गर्दै आएका छन् ।

अगाडिकाे पाेस्ट

रामधुनी ८ र ९ नं. वडा संगै बालमैत्री नगर घोषणा गर्न जिल्ला समन्वय समिति सुनसरीको अनुमती

अर्काे पाेस्ट

रामधुनी नगरको बजेट र विकास/पारित ऐन, नीति, नियमको कार्यान्वयन र प्रभाव

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft