मिति : २०८३ असार २१ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

डेंगी नियन्त्रण गर्न रामधुनी नगरपालिकाले जनचेतना र सरसफाई अभियान संचालन गर्ने

by By: रामधुनी खबर
साउन ११, २०८०
381

राख संवाददाता
झुम्का,साउन ११ । बढ्दै गरेको डेंगी नियन्त्रण गर्न रामधुनी नगरपालिकाले जनचेतना र सरसफाई अभियान संचालन गर्ने भएको छ । स्वास्थ्य कार्यालय सुनसरीले रामधुनी स्वास्थ्य शाखाको समन्वयमा बिहिवार गरेको सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रममा आएको सुुझाव अनुसार विभिन्न माध्यमबाट जनचेतना जगाएर रोकथाम तथा नियन्त्रण गर्ने जनाएको हो ।
नगरप्रमुख शंकरलाल चौधरीको सभापतित्वमा आयोजित अन्तरक्रियामा सचेतना माइकिङ्ग, सामुहीक सरसफाई कार्यक्रम, ब्रोसर वितरण, बिद्यालय स्तरमा बिद्यार्थीलाई सचेतना, सुचनाको पहुच भन्दा बाहिर रहेका समुुदायहरुमा बैकल्पिक उपायबाट सचेतना गर्नु पर्ने सुुझाव आएको थियो ।
रामधुनी नगर क्षेत्रमा बर्षाको पानी निकासको अभावले जमेको पानीमा डेंगीको वासस्थान रहेको पाएको छ । गोठको फोहोर थुपार्ने स्थान माइनमा जमेको पानिमा डेंगी भेटिएको छ । नाला सरसफाईको अभाव, टायर, बोतल, गमलामा जमेको पानीमा डेंगी विस्तार हुने भएकोले अन्तरक्रियाबाट सतर्करहन सुुझाव आएको हो ।
औषधी छर्कीने फगिङ्ग मेसिनले मानव स्वस्थ्यमा दिर्घकालिन असर गर्ने भएको हुँदा सुुझाव अनुसार पनि जनचेतना र सरसफाई माध्यमनै उपयुक्त रही डेंगी नियन्त्रण गर्ने रामधुनी स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिए ।


बजार क्षेत्रमा ग्यारेज, कवाडीहरुमा बिशेष डेंगीको वास्स्थान रहने भएको हुँदा ध्यान दिनु पर्ने जिल्ला स्वास्थ्य प्रमुख सागर प्रसाईले जानकारी दिए । जमेको पानि निकासा हुन नसकेको ठाउँमा जलेको मोबिल छर्कीए डेंगी नष्टहुने भन्दै नियन्त्रणका उपायहरुको बारेमा सचेतना गराएका थिए ।
रामधुन नगरमा ३९ जनालाई परिक्षण गर्दा ५ जनामा डेंगी पोजिटिभ भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उर्मिला राईले डेंगी बिरुद्ध सहजिकरण गदै रामधुनीमा समेत डेंगी देखिएकोले स्थानीयतह, समुदाय सतर्क हुनुुपर्ने बताइन् । राईका अनुसार प्रदेश १ मा सुनसरी डेंगी रोगको जोखिम जिल्ला रहेको जानकारी दिइन् ।


अन्तरक्रिया कार्यक्रममा ९ नं. वडा अध्यक्ष घनश्याम चौधरी, वडा सदस्य रामभरोसी साह, राजनीतिक दलका डिल्ली गुरागाई, संघ सस्थाबाट पुुष्प कार्की, रोहीत पाण्डे, प्रदिप खनाल लगायतका सहभागी सरोकारवालाहरुले डेंगी नियन्त्रणका लागि सुुझाव ब्यक्त गरेका थिए ।
नेपालमा बि.सं.२०६१ सालमा पहिलो पटक देखा परे यता क्रमस बढ्दै गएको छ । बेला बेलामा महामारी हुने गरेको छ । हाल सम्म बागमती प्रदेशमा बढी रोगी पाएको छ भने लुुम्बिनी दोस्रो र कोशी प्रदेश तेस्रोमा डेंगी रोगी रहेका छन् । पुुरुष ५३ प्रतिशत संक्रमित छन् भने महिला ४७ प्रतिशत छन् ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरका किसान प्रोत्साहनका लागि ५० प्रतिशत अनुदानमा कृषि उपकरण बितरण

अर्काे पाेस्ट

दादुरा–रुबेला रोग बिरुद्ध रामधुनी नगरमा श्रावण २२ देखि २६गते सम्म खोप संचालन गर्ने

सम्बन्धित अरु

समाचार

सुनसरी मोरङ्ग सिचाई आयोजना एस.एस.जे झुम्काको १५ औँ साधारण सभा सम्पन्न

भदौ १३, २०८२

चन्द्रकला चौधरीझुम्का, भदौ १४ । सुनसरी मोरङ्ग सिचाई आयोजना जल उपभोक्ता समन्वय समिति एस.एस.जे झुम्काको सुक्रवार साधारण सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को गतिविधिहरु सार्वजानिक गर्दै १५...

समाचार

रामधुनी नगरपालिकाको १७ औँ नगर सभाबाट संशोधन र थप कार्यक्रम पारित

पुष २९, २०८१

रामधुनी खबर संवाददाताझुम्का,पौष २८ । रामधुनी नगरपालिकाको १७ औँ नगर सभा सम्पन्न भएको छ । आ.ब.२०८१÷०८२ को बजेट रकम र योजनामा संशोधन र थप कार्यक्रम पारित गर्दै शनिवार १७ औँ...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft