मिति : २०८३ साउन १० गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

दिगो विकास लक्ष्यको १७ वटा सुचकमा छलफल गर्दै राष्ट्रिय कार्यढाँचा र युनेस्को बिषयमा गोष्ठी सम्पन्न

by By: रामधुनी खबर
माघ २५, २०८०
353

रामधुनी खबर संवाददाता
झुम्का,माघ २५ । संयुक्त राष्ट्र संघले घोषणा गरेको दिगो विकासको लक्ष्यको १७ सुचकमा छलफल गर्दै राष्ट्रिय कार्यढाँचा र युनेस्को बिषयमा गोष्ठी सम्पन्न भएको छ । विश्वले सन् २०३० सम्ममा सो लक्ष्य प्राप्ती गर्ने अवधारणा अनुसारको कार्यन्वय र अवस्थाको बारे राष्ट्रिय योजना आयोगको आयोजनामा सुनसरीको रामधुनीमा दुई दिवसीय गोष्ठी सम्पन्न भएको हो ।
राष्ट्रिय योजना आयोग नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयनका लागि मुख्य सरकारी निकाय हो । आयोगको सचिवालय समितिले दिगो विकास लक्ष्य सुचकको बारेमा जानकारी दिदै सुनसरीमा दिगो विकास लक्ष्यको अवस्था र रामधुनी नगरपालिकाको शिक्षा र संस्कृतिका बारेमा जानकारी लिएका छन् ।
दिगो विकास लक्ष्यको सुचक गुणस्तरीय शिक्षा अनुसार सुनसरीमा भएको अवस्थाका बारेमा जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले जानकारी दिए । जिल्ला शिक्षा अधिकारी सुवेदिका अनुसार सुनसरीमा हालको अवस्थामा गुणीतरीय शिक्षा क्षेत्रमा दयनिय अवस्था रहेको बताए । खगेन्द्रले सुनसरीमा ४ सय ६६ वटा सामुदायिक बिद्यालय र २ सय ५४ निजि बिद्यालय लगायत मदरसा, गुम्बाको समेत गुणस्तर शिक्षाको अवस्था सुरधार हुन नसकेको जानकारी दिए भने रामधुनी नगर अन्तर्गतको गुणस्तर शिक्षामा उन्मुख रहेको बारेमा शिक्षा शाखा प्रमुख राजन गेलालले जानकारी दिए ।
शिक्षामा परिवर्तका लागि शिक्षक तथा अभिभावकहरु शिक्षा नीति अनुसार व्यवहारमा उर्तिनु पर्ने रामधुनी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम ढकालले बताए । गोष्ठीकोे समापनमा अधिकृत ढकालले शिक्षा गुणस्तरीयका लागि उचित बजेट ,नीति तथा कार्यक्रम लगायत बिद्यार्थीहरुमा शिक्षा र संस्कारका बिषमा अध्ययन गराउनु पर्ने धारणा ब्यक्त गरेका छन् ।
अन्राष्ट्रिय क्षेत्रमा शिक्षा, बिज्ञान, संस्कृति, मानव समाज विज्ञान र आमसञ्चारमा युनेस्कोले उठाएका बिषयमा सचिवालय समितिले युनेस्को र राज्य बिच समन्वय गर्दै आएको छ । सचिवालयका सचिव हरी खनालले सो बिषयमा सहजिकरण गरेका थिए । खनालले बिद्यार्थीहरु शिक्षाको साथै संस्कारको बिषमा पनि जानकार हुनु पर्ने जोड दिदै सहजिकरण गरेका थिए ।
दिगो विकास लक्ष्यको सुचकमा गरिबी, भोकमरी, स्वास्थ्य, शिक्षा, लैंगिक समानता, खानेपानी, ऊर्जा पहुँच, आर्थिक वृद्धि, पूर्वाधार, असमानता न्यूनीकरण, बसोवास, उत्पादन र उपभोग, जलवायु परिवर्तन नियन्त्रण, प्राकृतिक स्रोत तथा वातावरण संरक्षण, र समावेशी समाज यसका प्रमुख सम्बोधन क्षेत्र हुन् ।

अगाडिकाे पाेस्ट

इटहरीमा थारु साँस्कृतिक भूमि संरक्षण र सदुपयोग गर्दै परम्परागत थारु बसघरा घर शिलान्यास

अर्काे पाेस्ट

बुद्धधर्म थारुको हो भने थारुजातिले किन पूजा गरिदैन प्रश्नमा,डा.गोपाल दहितको जबाफ

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft