मिति : २०८३ साउन ११ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरको कृषि,संस्कृति,पर्यटन तथा औद्योगिक प्रवद्र्धनका लागि“रामधुनी एक्स्पो”को तयारी

by By: रामधुनी खबर
माघ २८, २०८०
392

रामधुनी खबर संवाददाता
झुम्का,माघ २८ । झुम्का उद्योग बाणिज्य संघले “रामधुनी एक्स्पो २०८०” गर्ने तयारी गरेको छ । रामधुनी नगरको कृषि, संस्कृति, पर्यटन तथा औद्योगिक प्रवद्र्धनका लागि “रामधुनी एक्स्पो २०८०” गर्ने अन्तिम तयारीमा रहेको आइतवार पत्रकार सम्मेनगरी जानकारी दिइएको छ ।
झुम्का उद्योग बाणिज्य संघको आयोजनामा “रामधुनी एक्स्पो २०८०” फागुन ४ गते देखि फागुन १९ गते सम्म संचालन हुने बाणिज्य संघका अध्यक्ष नविन चौधरीले जानकारी दिए । एक्स्पोका लागि रामधुनी नगरपालिकाको सहकार्य र समन्वय रहने एक्स्पो आयोजक बाणिज्य संघले जनाएको छ ।
रामधुनी एक्स्पोले रामधुनी नगरकै पहिचान गर्ने बिशेष उधेश्य रहेको बताए । यहाका मुख्य पेशा तथा उत्पादन हुने कृषि उत्पादनलाई बजारीकरणगरी कृषकलाई प्रोत्साहन गर्ने जनाएको छ । रामधुनी नगरमा रहेको पर्यटकिय स्थल तथा धार्मिक पर्यटकिय स्थलहरुको परिचय, महत्वहरुको बारेमा जानकारी दिदै पर्यटक भित्र्याउने उधेश्य रहेको बाणिज्य संघका अध्यक्ष चौधरीले जानकारी दिए ।
एक्स्पोले रामधुनी मन्दिरको धार्मिक महत्व, झुम्का बजारको प्रवद्र्धन, बजारका व्यापारीहरुको व्यापारको चिनारी, पर्यटन क्षेत्रको पहिचान र रामधुनी नगरका प्रमुख कृषि उत्पादनको महत्वको बारेमा प्रर्दशनी रहने जनाएको छ । यसले यहाँका स्थानीय उत्पादनमा खरिद बिक्रीमा बृद्धि भई अर्थिक पाटोमा बढावा हुने बाणिज्य संघले अपेक्षा गरेको छ ।
एक्स्पोमा प्रत्येक दिन ३ हजार देखि ४ हजार सम्म दर्शकले अवलोकन गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुतीका साथै स्टलहरुमा कृषि उत्पादनमा व्यवसायिकरण गर्न कृषिमा आधुनिक कृषि औजार उपकरण र प्रविधिहरुको प्रदर्शनी, कृषि उत्पादनको लागि बजार व्यवस्थापन सम्बन्धि परामर्श, फुड स्टल, जातिय परिकार, साँस्कृतिक तथा जातिय भेषभुषा प्रर्दशनी, अटोमोबाइल तथा इलेक्ट्रोनिक्स सामानहरुको प्रदर्शनी, टेलिकम्युनिकेशन तथा बैंकीङ्ग संस्थाहरुके प्रर्दशनी, फुटवेयर, गारमेन्ट तथा इच्छुक अन्य कम्पनीहरुको प्रदर्शनी रहने जनाएको छ ।
रामधुनी एक्स्पो हाम्रो पहिलो प्रयास रहेकोले एक्स्पोमा अवलोकनमा आएका आगन्तुकहरुले जिवन उपयोगी स्रोत र साधनका उपायहरुको बारेमा सिकाइ उपलब्धि ग्रहण गर्ने सम्म खालका स्टलहरु व्यवस्थापन गर्ने आयोजकले जानकारी दिएका छन् । तसर्थ एकपटक प्रदेशका सम्पूर्ण जिल्लाका पर्यटकहरुमा अवलोकन गर्नहुन अनुरोध गरिएको छ ।
एक्स्पो उद्धघाटन संगै प्रत्येक दिन दिउँसो देखि साँस्कृतिक कार्यकक्रम संगै साँस्कृतिक प्रतियोगिताहरु संचालन हुने र साना बालबालिकाहरुको मनोरञ्जनका खेलहरु राटेपिङ्ग, ब्रेक डान्स, नाउ, झुला, ड्रागन रहने छन् भने रामधुनी एक्स्पो प्रत्येक दिन राती १०ः०० बजे सम्म संचालन रहने आयोजक संस्था झुम्का उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।

अगाडिकाे पाेस्ट

बुद्धधर्म थारुको हो भने थारुजातिले किन पूजा गरिदैन प्रश्नमा,डा.गोपाल दहितको जबाफ

अर्काे पाेस्ट

इटहरी १ आँपगाछी स्थित क्लवको नाममा अतिक्रमित ग्रामथानको जग्गा संरक्षणको आवाज उठाउँदा गहदारलाई छप्काउने धम्कि

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft