मिति : २०८३ साउन ११ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बिद्यार्थीहरुमा नेतृत्व र व्यवहारिक क्षमतालाई प्रोत्साहन गर्दै लर्डबुद्ध इन्टरनेशनल स्कुलको दोस्रो वसन्त उत्सव

by By: रामधुनी खबर
फागुन ७, २०८०
384

रामधुनी खबर संवाददाता
झुम्का, फागुन ७ । लर्ड बुद्ध इन्टरनेशनल स्कुलले बिद्यार्थीहरुमा नेतृत्व र व्यवहारिक क्षमतालाई प्रोत्साहन गर्दै सोमवार दोस्रो वसन्त उत्सव सम्पन्न गरेको छ । बिज्ञान तथा कला एवंम परम्परागत सिप मौलिक खाद्य परिकारमा थप ज्ञानका लागि प्रदर्शनी सहित वसन्त उत्सव सम्पन्न गरेको हो ।
प्रेमप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजित वसन्त उत्सव कार्यक्रममा स्कुलका बिद्यार्थीहरुले आफै औपचारिक तथा अनौपचारिक कार्यक्रम संचालन गरेका छन् । कक्षा नर्सरी देखि कक्षा ९ सम्मका बिद्यार्थीहरुको नृत्य प्रस्तुतीले उत्सवको थप रौनक बढाएको थियो । बिद्यार्थीहरुले पकाएका परम्परागत तथा मौलिक थारु, नेवार र मिश्रित खाद्य परिकार प्रदर्शनी सहित स्वाद समेत चखाएका छन् । यसले बिद्यार्थीहरुमा अतिरिक्त कृयाकलापको ज्ञान प्राप्त गरेको उपस्थित अभिभावकहरुले बताएका छन् ।
शिक्षाको मन्दिरमा आएर यहाका बिधार्थीहरुले नेतृत्वकला, सार्वजानिक कार्यक्रममा बोल्न सक्ने क्षमता, साना बालबालिकाहरुमा नृत्य गर्ने क्षमता, कविता वाचन, संगीत साधनाको प्रस्तुती र प्रदर्शनी उत्कृष्ट रहेको अभिभावक सचिन चौधरीले बताए । बिद्यालयले प्रदान गरेको कला र क्षमताले बिद्यार्थीहरुमा भबिष्यको सुनौलो आधार प्राप्तगरेको अभिभावक चौधरीले बताएका हुन् ।
किताबको ज्ञानले मात्र नभएर लर्ड बुद्ध इन्टरनेशनल स्कुलले हाम्रा बालबालिकालाई अभ्यासगत जिवन उपयोगी कलाहरु प्रदानगरी समय अनुसार नेतृत्व गर्न अवसर जुटाएकोमा स्कुल तथा संचालक समिति लगायत शिक्षक शिक्षिकामा धन्यवाद ब्यक्त गर्दै यस स्कुलको शिक्षा सिकाईमा उत्कृष्ट लागेको कार्यक्रममा उपस्थित अभिभावक चन्द्रकला चौधरीले बताइन् ।
वसन्त उत्सव कार्यक्रममा बिद्यार्थीको तर्फबाट आकृति कट्वालले निर्धक्क रुपले स्पष्ट मन्तब्य राखिन् । बिद्यार्थी कट्वालले मन्तब्य राख्दै भनिन् “बिद्यार्थीलाई सफलताको शिखर चुम्नका लागि पखेटा प्रदान ग¥यो, यस बिद्यालयको बिद्यार्थी हुन पाउँदा म, आफु निकै गौरवान्वित भएको महशुस गरेकी छु, यस बिद्यालयले बिद्यार्थीहरुलाई साकारात्म परिवेसमा ढाल्दैछ त्यस्तो परिवेस अन्य बिद्यालयहरुमा बिरलै भेटिन्छ, यस बिद्यालयका अनुभवी बिषयगत सदस्यहरुले प्रत्येक कक्षाका प्रत्येक बिद्यार्थीहरुलाई ब्यक्तित्व विकासमा गर्ने पहल अतुलनिय रहेको छ, यसको उदाहरण हो स्वयम म, कक्षा ३ मा पहिलो पटक प्रवेश गर्दा शिक्षक शिक्षिका संग समेत बोल्न डराउने म, आज यस बिद्यालयको यसै मञ्चमा उभिएर बिद्यालयको बारेमा भन्न सक्ने क्षमता यसै बिद्यालयले प्रदान गरेको छ, जिवन एउटा परिक्षा हो, र त्यस परिक्षामा उर्तिण हुनुछ भने हारलाई जित तर्फ लैजाने एउटा बाटो मान्नु पर्छ भन्ने भनाई हाम्रो प्रद्यानाध्यापक अर्जुन प्रसाद न्यौपाने ज्युको रहेको छ, उहाँको यहि दनर्शनिक बिचारले गर्दा हामीले हाम्रो बिद्यालयमा जित्नु भन्दा पनि हारबाट सिकेर अगाडी बढ्न सिकाइन्छ, यहि अवधारणा र आत्साथ गरेर यस बिद्यालयबाट उर्तिण भएका कयौँ बिद्यार्थीहरुले देश विदेशमा सफलता हासिल गर्न सफल भएका छन्,हाल नासामा कार्यरत प्रभात कट्टेल र प्रदिप कट्टेल, जिव बिज्ञानमा नेपाल टपर सुजन चौधरी, देशलाई कृषिमा आधुनिकिकरण एवं व्यवसायिककरण गर्ने कार्यमा आबद्ध निसु चौधरी र आयसना चौधरी, मानव सेवामा कार्यरत मनिष कार्की लगायत डाक्टर सुस्मिता केशी घिमिरे लर्ड बुद्ध स्कुलको रत्नहरु हुन्, यी रत्नहरु लर्ड बुद्ध स्कुलले बर्षेनी उत्कृष्ट नतिजाका साथ उत्पादन गर्ने गरेको छ,” भन्दै स्कुलले गरेको शिक्षण सिकाइका लागि गरेको व्यवस्थापनका बारेमा बिद्यार्थी कट्वालले निर्धक्क मनतब्य दिदै आफनो धारणा राखिन् ।
बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको सभापतित्वमा आयोजित सो कार्यक्रममा शिक्षक भगतलाल चौधरी र सोनु जयन्तिलाई सम्मान गरेको छ । कार्यक्रमबाट हिसान स्पोर्टस मिट २०८० मा बिजेता बिद्यार्थीहरुलाई बिद्यालयबाट सम्मान र कक्षा १२ का बिद्यार्थीहरुलाई बिदाई गरेको प्रद्यानाध्यापक अर्जुन प्रसाद न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा अतिथीहरु तथा उपस्थित अभिभावक बिद्यार्थीहरुलाई होमनाथ ढकालले स्वागत मन्तब्यले स्वागत गरेका थिए । कविता वाचन ऐश्वर्य सुवेदी, स्वस्तिका कट्वाल, प्रकृति खतिवडा, लेलिसा कट्वालले वाचन तथा प्रस्तुत गरेका थिए भने कार्यक्रम संचालन हिमानी चौधरी, आरोही बिष्ट, प्रजिला खड्का लगायतका बिद्यार्थी बालबालिकाहरुले कार्यक्रम संचालन गरेका थिए । लर्ड बुद्ध इन्टरनेशनल स्कुल रामधुनी ५ स्थित रहेको छ ।

अगाडिकाे पाेस्ट

बिजय गच्छदारलाई लगाएको आरोपमा न्यायलयले गरेको फैसलामा था.क.स.सुनसरीद्धारा स्वागत

अर्काे पाेस्ट

रामधुनी एक्स्पो प्रभावित गर्ने समाचार प्रति अध्यक्ष चौधरीको खण्डन, उधेश्य अनुरुप संचालन भएको दावी

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft