मिति : २०८३ असोज २१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बुद्ध जयन्तीको अवसरमा लर्ड बुद्ध इन्टरनेशनल स्कुलबाट ४४ जना विद्यार्थीलाई छात्रवृती प्रदान

by By: रामधुनी खबर
जेठ ११, २०८१
469

रामधुनी खबर संवाददाता
झुम्का,जेष्ठ ११ । लर्ड बुद्ध इन्टरनेशनल स्कुलले ४४ जना बिद्यार्थीलाई छात्रवृती प्रदान गरेको छ । २५६८ औँ बुद्ध जयन्तीको अवसरमा बिहिवार नव आगन्तुक बिद्यार्थीलाई स्वागत सम्मान गरिएको छ भने उत्कृष्ट विद्यार्थीलाई छात्रवृती प्रदान गरेको लर्ड बुद्ध इन्टरनेशनल स्कुलका प्रिन्सिपल अर्जुन न्यौपानेले जानकारी दिए ।
रामधुनी नगरका शिक्षा शाखा प्रमुख राजन गेलालको प्रमुख आतिथ्यतामा विद्यालयले कक्षा १ देखि ९ सम्मका रु ५,००० देखि ४५,६०० का दरले छात्रवृती प्रदान गरेको छ । कक्षा १ का बिद्यार्थी मान्यता चौधरीले रु ३०,००० छात्रवृती ग्रहण गरेकी छन् । कक्षा १ का अरोल्सा चौधरीले रु १५,००० यसैगरी अनुरागी तिम्सिनाले रु ७,५०० छात्रवृती पाएका छन् । यसरी कक्षा १ देखि ९ सम्मका ४४ जना विद्यार्थीलाई छात्रवृती प्रदानबाट शिक्षा प्रोत्साहन पाएका छन् ।
रामधुनी वडा नं. ५ स्थित रहेको स्कुलले नव आगन्तुक विद्यार्थीलाई झोला, व्याग, बिद्यालय पोशाक भेष्ट प्रदानगरी स्वागत गरेका छन् । बिद्यालयले पूर्व विद्यार्थी प्रभात कट्टेल र स्वर्णिम खड्कालाई सम्मान गरेको छ । बुद्ध जयन्तीको अवसरमा रामधुनी नगर क्षेत्र रहेर कृयाशिल पत्रकार धिरेन्द्र चौधरी, सुनिल चौधरी, राजन भट्टराई, शिशिर भट्टराई, सुमन भट्टराई र ज्योती पोख्रेललाई समेत सम्मान गरेको छ ।
बिद्यार्थीलाई चौतर्फी विकासका लागि विद्यालयले गरेको कृयाकलापहरु उत्कृष्ट रहेको शिक्षा शाखा प्रमुख राजन गेलालले बताए । रामधुनी नगरको संस्थागत विद्यालय मध्ये लर्ड बुद्ध इन्टरनेशनल स्कुल अब्बल दर्जाको विद्यालयको रुपमा मानिन्छ । यसले यस विद्यालयका बिद्यार्थीहरुमा भविष्य निर्धारण गर्न सहज हुने गरेको शिक्षा शाखा प्रमुख राजन गेलालले बताए ।
पूर्व विद्यार्थी प्रभात कट्टेल हाल संयुक्त राज्य अमेरिकामा खोज विद्यामा कार्यरत छन् । उन्ले यसै लर्ड बुद्ध इन्टरनेशनल स्कुलबाट कक्षा १० सम्म अध्ययन पुरागरी उच्च शिक्षा लिदै अमेरिका स्थित हार्वड युनिभर्सिटीमा खोज अनुसन्धान विद्यामा कार्यगर्दै आएको छ । जस्मा मानव जिवन जिउनका लागि शरिरमा आवश्यक पर्ने तत्वहरुको बारेमा खोज गरिरहेको बताए । यस यात्राको सफल तुल्याउन लर्ड बुद्ध इन्टरनेशनल स्कुलले विभिन्न अवसरको प्रदानले प्रेरित गरेको बताए ।
मनोविज्ञ परामर्शदाता पिताम्बर न्यौपानेले बिद्यार्थीलाई माया, प्रशंसा, अतिरिक्त कृयाकलाप, खेल्कुदको व्यालेन्स राख्नु पर्ने बताए । पढाई मात्रले विद्यार्थीमा विकास नहुने भन्दै बालबालिकाको जिवन बिरुवा जस्तै रहेकोले विरुवालाई जसरी ब्यालेन्स अनुसार पानी, मल, घाम आवश्यक रहेकोले सोही अनुसार बालबालिकामा व्यवहार गर्नु पर्ने बताए ।
स्वगत सम्मान तथा छात्रवृती प्रदान कार्यक्रम विद्यार्थीको हौसला र प्रोत्साहनको प्रयासको लागि आयोजना गरेको प्रिन्सिपल अर्जुन न्यौपानेले जानकारी दिए । विद्यालयलाई अरु भन्दा फरक गर्नका लागि र आफनै पहिचानमा कुदाउन सम्पूर्ण टिम कृयाशिल रहेको बताए । अरु भन्दा राम्रो बनाउने होइन आफनो कसरी बनाउनेमा प्रतिबद्ध रहेको उठान गरे । बालबालिकालाई पढाउनका लागि होइन, पढ्का लागि प्रेरित गर्नुपर्ने आवश्यक्ताको बारेमा विद्यालयका प्रिन्सिपल न्यौपानेले बताए ।
प्रिन्सिपल न्यौपानेले भने, “हामीले धेरै पढायौँ बालबालिका लाई, पढाउने काम नगरौँ पढ्नको लागि प्रेरित गरौँ, पढाउन खोज्छौँ नानीले पढ्दैन समस्या त्याहा छन्, त्यसकारण नानीलाई कसरी हुन्छ बुझाउनु पर्छ, हामिले पढाउने होइन, नानीले पढ्नु परो, नानीले आफै उत्प्रेरित भएर पढ्दैन तब सम्म हामिले खोजेको उत्कृष्टता हामीले पाउँदैनौ, पढ्नु पर्छ भन्ने संस्कृती सिकाउँ मात्रै सफल हुन्छौँ” भन्दै अभिभावकहरुमा ध्यानआकर्षण गराए ।
कार्यक्रममा स्वागत मन्तवय केशिका वास्तोलाले राखेकी थिइन् भने कार्यक्रममा उद्घोषण विद्यार्थी एभान्जली चौधरी र योजन गौतमले संचालन गरेका थिए ।

अगाडिकाे पाेस्ट

परम्परागत थारु हस्तकला सीप विकासगर्न रामधुनी नगरपालिकाको सहयोगमा १५ दिने तालिम सुरु

अर्काे पाेस्ट

आँखा तथा कान उपचार केन्द्र झुम्कामा निःशुल्क जाँच शिविरबाट २०६ जनाले सेवालिए

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft