मिति : २०८३ असोज १९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरमा बिश्वकर्मा समुदाय नगर स्तरीय संगठित

by By: रामधुनी खबर
मंसिर १६, २०७७
504

झुम्का, विभेद र जातिय छुवाछुत बिरुद्ध शसक्त जनजागरण गर्ने प्रमुख उधेश्यले शनिवार रामधुनी नगरमा बिश्वकर्मा समुदाय संगठित भएका छन् । नयाँ नेपालमा नयाँ ऐन, कानुन आएपनि बिभेद र छुवाछुत यथावतनै रहेकोले शसक्त जनजागरणबाट सचेतना दिने तथा बिश्वकर्मा समुदाय एकबद्धताकालागी रामधुनी नगर स्तरीय भेलाबाट संगठित भएका हुन् ।भेलाबाट बिश्वकर्मा एकता समाज नेपाल नगर समिति पुनर गठन गरेको छ । समाजका केन्द्रिय उपाध्यक्ष राजकुमार गजमेर, महिला उपाध्यक्ष प्रमिला लकान्द्रि, सचिव दुर्गेश बिश्वकर्माको उपस्थितीमा १५ सदस्य समिति रहनेगरी पुनर गठन गरेको हो । वडा नं. १ निवासी मान बहादुर बिश्वकर्माको सभापति रहनेगरी समिति पुनर गठन गर्दै उपाध्यक्ष मोहन बिश्वकर्मा, महिला उपाध्यक्ष चन्द्र माया बिश्वकर्मा, सचिव प्रकाश चन्द्र लवागुन, सहसचिव मिलन लकान्द्रि र अनिल बिश्वकर्मा चयन भएको हो । निबर्तमान अध्यक्ष टंकबहादुर सुनुवारलाई भेलाबाट बिदाई गर्दै बर्तमान अध्यक्ष मानबहादुर बिश्वकर्माले समुदाय र संगठनको हकहितमा योजनाहरु अगाडी बढाउने प्रतिबद्धता जनाए । रामधुनीमा बिश्वकर्मा समुदायको दुइ सय घरधुरी रहेको स्थानिय रामधुनी निवासी समेत रहेको केन्द्रिय सचिव दुर्गेश बिश्वकर्माले जानकारी दिए । भेला कार्यक्रममा केन्द्रिय समितिका महिला उपाध्यक्ष प्रमिला लकान्द्रिले राज्यको बिभेदकारी निति र ब्राहमणवाद सोचले बिश्वकर्मा समुदाय माथी हेपहा प्रबृति लादिएको बताइन् । यस प्रबृतिको अन्तयकालागी सम्पुर्ण बिश्वकर्मा समुदाय एकता हुनु आवश्यक रहेको लकान्द्रिले सुझाव ब्यक्त गरिन् । बिश्वकर्मा समदायको पेशा कृषि बिकासमा प्रत्यक्ष भुमिका रहेकोले समाजमा उच्च स्थान हुनुपर्नेमा बागडोर समहालेका टाठाबाठाहरुका कारण तल्लो जात भनेर समुदायलाई सदियौ देखि छुवाछुत ब्यवहार गरेको केन्द्रिय महा सचिव लोकेन्द्र गदालले बताए । समुदाय प्रति बिभेद भए मुद्धा दर्ता नहुने समस्याहरु जिउदै रहेको छ, राज्यको संयन्त्रमा सम्मान सहभागीता, समानुपातिक प्रति निधित्व, बिभेद भए क्षतिपुर्ति हुनु पर्ने महासचिव गदालले उठान गरे । केन्द्रिय उपाध्यक्ष राजकुमार गजमेर, मोरंग अध्यक्ष राज तिरुवाले भने समुदाय संगठितले अधिकार प्राप्तीमा सहज हुने बताए । कार्यक्रममा भेला औचित्यबारेमा दुर्गेश बिश्वकर्माले जानकारी गराएका थिए भने स्वागत मनतब्य मोहन बिश्वकर्माले दिएका थिए ।

अगाडिकाे पाेस्ट

इटहरी टेंग्राटोलको ऐतिहासिक जितिया घाटमा छठ माताको अर्घ अर्पण

अर्काे पाेस्ट

मौलिक संस्कृति परम्परालाई निरन्तरता दिदै इटहरीको चौधरी टोलमा कात्तिक पूर्णिमाको सामा–चकेवा विसर्जन

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft