मिति : २०८३ साउन १३ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

अधिकार र संस्कृति प्राप्तीकालागी सुनसरीमा थारु महिलाहरुको भुमिका बिषयक अन्तरक्रिया

by By: रामधुनी खबर
पुष २३, २०७७
789

सुनिल चौधरी
झुम्का, पौष २३ । संसद बिघटनको बर्तमान अवस्था लगायत राजनितिक तथा सांस्कृतिक नेतृत्वमा अधिकार प्राप्तीकालागी थारु महिलाहरुको भुमिका बिषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको छ । रामधुनी नगरको पर्यटन क्षेत्र शंकरवेली सिमसारमा सुनसरीका थारु महिलाहरुको भेलाले महिलाहरु राजनितिक नेतृत्वमा अग्रसर र सामाजिक बिकृति बिरुद्ध लाग्नु पर्ने सुझाव आएको हो ।


महामारीले सम्बन्ध टुटेका र सुस्त भएका थारु अधिकारका सवालमा जागरुक बनाउने उधेश्यले प्रदेश १ मा पहिलो पटक थारु महिला सभा सुनसरीले कार्यक्रम गर्न सफल भएको छ । अन्तरक्रिया सहित बनभोज कार्यक्रमगरी अधिकार र सामाजिक बिचारहरु प्रष्ट्याउन महिला सभाले प्रयास गरेको हो । जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रम मार्फत तिन तहका सरकारले थारु महिलाहरुको छुट्टै आरक्षणको ब्यवस्थागरी अधिकार सम्पन्न बनाउनु पर्ने माग गरेका छन् । थारु अधिकारकालागी लड्दै राजबन्दि भएकाहरुको झुठा मुद्धा खारेज हुनुपर्ने, संबिधानमै ग्रामथान डिहवार उल्लेखगरी संरक्षणको ऐन र निति नियम ब्यवस्था हुनुपर्ने, थारु समुदायका युवा महिलाहरुमा आर्थिक समबद्र्धनका योजनाहरु ल्याउनु पर्ने उठानगरी माग गरेका हुन् । माग गरेका अधिकारहरुमा संस्थागत गर्न स्थानिय र प्रदेश सरकार संगको छलफल तथा स्थानिय स्तरमा सचेतनाका कार्यक्रम गर्ने सहभागीहरुले सुझाव ब्यक्त गर्दै सुझाव अनुसार थारु महिला सभाले प्रतिबद्धता समेत गरेका हुन् । अधिकार र संस्कृति संरक्षणकालागी थारु संघ सगठनको पनि प्रतिबद्धता हुन आवश्यक रहेको थारु महिला सभा सुनसरीकी अध्यक्ष शुसिला लेखीले बताइन् । यसैगरी थारु महिला सभा जिल्ला सचिव पार्वति चौधरी, सभा रामधुनी अध्यक्ष सिता चौधरी, महिला सभा केन्द्रिय सहसचिव शुसिला चौधरीले भनाईहरु राखेकी थिइन् ।


राजनितिक तवरले थारु महिलाहरु नेतृत्व लिन आ–आफनो क्षेत्रमा चासो बढाउनु पर्ने सहभागीहरुले बताएका छन् । अधिकारका सवालमा राज्यबाट थारु भाषाको प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् । मानक भाषा ब्यवस्थापनगरी पुर्व र पश्चिमको थारुहरुमा भाषागत रुपले एकरुपता ल्याउनु पर्ने थारु कानुन ब्यवसायी केन्द्रिय अध्यक्ष रामराज चौधरीले बताए । राजनितिक रुपमा थारु महिलाहरु मेयर र उपमेयरमा तयारी हुनु पर्नेमा जोड दिए । लोक सेवा, न्याय सेवा, प्रहरी लगायतका राज्यको सेवाहरुमा लाग्नु पर्ने र संस्कृतिमा पनि बिकृति रहेकोले न्युनिकरण गर्न महिलाहरुबाटनै सम्भव रहेकोले प्रभाव बढाउनु पर्ने कानुन ब्यवसायीले आफनो धारणा ब्यक्त गरेका हुन् ।


थारु महिलाहरुले राजनितिक पकड बनाउन चुनौती रहेको बताएका छन् । घर, ब्यवबहार, पारिवारिक बिश्वास, समाजिक दृष्टिकोणमा साकारात्मकताको अभाव रहेकोले थारु महिलाहरु नेतृत्वमा पकड जमाउन नसकेको भन्दै समस्या र चुनौतीको बारेमा सुझात्मक सल्लाहहरु केशीलाल चौधरीले उठान गरे । चौधरी महिला सभा जिल्लाका सल्लाहकार हुन् यसैगरी झुम्का खानेपानि सरसफाई मुलउपभोक्ता समितिका अध्यक्ष समेत हुन् । सल्लाहकार चौधरीले थारुका कतिपय पहिचान हुने खालका संस्कृति लोप हुने अवस्था रहेकोले थारु महिलाहरु संरक्षणको भुमिका निर्वाह गर्नु पर्ने भनाइहरु राखेका हुन् । पत्रकार तथा आदिवासी जनजाति पत्रकार महासंघ सुनसरी अध्यक्ष धिरेन्द्र चौधरीले महिला एकता हुनु पर्नेमा जोड दिए । सुनसरीमा महिला सभा दुई धारमा रहेकोले एकबद्ध भई अधिकार र संस्कृति संरक्षणमा लागे उपलब्धि प्राप्त गर्न सक्ने पत्रकार चौधरीले सुझात्मक भनाईहरु राखेका हुन् । थारु समदायमा परमपरागत रुपले मान्दै आएका संस्कृतिहरुमा बिकृतिको प्रभाव बढेकोले बिकृति न्युनिकरणमा थारु महिलाहरु जागरुक हुनु पर्ने भुमिकाको बारेमा थारु पत्रकार संघ नेपाल पुर्व केन्द्रिय सदस्य कुल्दिप चौधरीले उठान गरे । यसैगरी अधिकार र संस्कृति प्राप्तीकालागी थारु महिलाहरुको भुमिकाको बिषयमा तेजनारायण चौधरी, कालुराम चौधरीले अभिमुखिकरण सहितको भनाईहरु राखेका थिए ।

अगाडिकाे पाेस्ट

वल्र्डलिङ्क इन्टरनेटको शाखा सहित झुम्काको बिभिन्न स्थानमा सेवा संचालन

अर्काे पाेस्ट

जनभावना सहकारीको चौथो अधिवेशनबाट चौथो पटक श्रेष्ठ निर्बिरोध अध्यक्षमा चयन ः संस्थाको आफनै भवन, शेयर पुँजी रु १ करोड २२ लाख

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft